२०८२ जेष्ठ १२ आईतवार
२०८२ जेष्ठ १२ आईतवार

कक्षा १२ पछि के गर्ने ? आविष्कार केन्द्रले भोलि दिँदैछ अनलाइन करिअर काउन्सिलिङ

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि अनलाइन माध्यमबाट करिअर काउन्सिलिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

केन्द्रका अध्यक्ष महावीर पुनले शनिबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । उनका अनुसार आइतबार (भोलि) साँझ ८ बजेदेखि सञ्चालन हुने यो अनलाइन कार्यक्रममा विद्यार्थीका साथै अभिभावकले पनि सहभागिता जनाउन सक्नेछन् । 

“+२ पछिको अध्ययन र भविष्यका बारेमा अन्योलमा रहेका विद्यार्थीलाई विभिन्न करियर विकल्पहरू प्रस्तुत गरी सही मार्गनिर्देशन दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो,” अध्यक्ष पुनले आफ्नो पोस्टमा लेखेका छन्, “शैक्षिक संस्था, उद्योग, व्यवसाय लगायत विभिन्न क्षेत्रका विज्ञले सहभागीलाई आफ्नो अनुभव, ज्ञान र नवीनतम अवसरहरूबारे जानकारी गराउनुहुनेछ ।”

इच्छुक विद्यार्थी तथा अभिभावकलाई कार्यक्रममा सहभागी हुन अनलाइन फारममार्फत आवेदन दिन उनले आग्रह गरे । आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: जेठ १०, २०८२ १९:२६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट