बैतडी । बैतडीमा घाँस काट्न गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ। जिल्लाको सूर्नया गाउँपालिका–८ ढोले रातापानीकी २४ वर्षीया सरिता बोहराको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु हो।

शुक्रबार बिहान करिब ९ बजे भालुपण एकलकट्टा भन्ने भिरबाट लडेर उनको मृत्यु भएको वडा– ८ का अध्यक्ष भानबहादुर बोहराले बताए। भिरबाट झण्डै डेढ सय मिटर तल खसेर घटनास्थलमा नै मृत्यु भएको हो।
उनका एक सात वर्षीय र अर्का छ महिनाका छोरा छन्। उनी दुई वर्षअघि पनि भिरबाट लडेर गम्भीर घाइते भएकी थिइन्। शुक्रवार भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएपछि ६ महिने छोराको बिचल्ली भएको छ।
सामाग्री श्रोत :
