२०८२ जेष्ठ ११ शनिबार
२०८२ जेष्ठ ११ शनिबार

‘बाढीजन्य विपद् आगामी दिनमा नआउने नगरी पूर्वतयारी थाल्नुपर्छ’

काठमाडौं। काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डंगोलले गत असोजको वर्षाले सिर्जना गरेको बाढीजन्य विपद् आगामी दिनमा नआउने गरी पूर्वतयारी गर्नुपर्ने बताएकी छन्।

आज विश्व बैंकका प्रतिनिधिहरूसँगको बैठकमा उनले पूर्वतयारीका लागि आवश्यक काम तत्काल सुरुआत गर्नुपर्नेमा जोड दिँदै तथ्य संकलन र बाढी, पहिरोको प्रमुख कारण पत्ता लगाएर मध्यकालीन र दीर्घकालीन योजनाका तर्जुमा गर्नुपर्ने बताइन्। सरोकार भएका र साझेदारी निकायसँग समन्वय र सहकार्य गरी विगतमा भएका गल्ती सच्याउँदै जानुपर्ने उनको भनाइ छ।

‘काठमाडौंका नदीमा यो तहसम्म पानीको बहाव देखेको थिएन र यस्तो समस्या भोग्नुपरेको पनि थिएन। उक्त दुःखद क्षणलाई सिकाइ मानौँ। आगामी दिनमा काठमाडौंले यस खालका विपद् भोग्नु नपरोस् भनेर पूर्वतयारी थालौँ’, उनले भनिन्।

सहरी विकासका विषय चुनौतीपूर्ण भए पनि सबै मिलेर समाधानका उपाय खोज्नुपर्ने उपप्रमुख डंगोलले उल्लेख गरिन्। आगामी दिनमा बाढीजन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि कामपाले नदी सुधार गुरुयोजना तयार पारिरहेको उनले जानकारी दिइन्।

सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीले भने, ‘बाढी व्यवस्थापन गर्न विश्वका सहरले गरेको प्रयत्न काठमाडौंका लागि सिकाइ नहुन सक्छ। काठमाडौंको भूगोल, सहरी बस्ती, नदी प्रणाली अन्य सहरभन्दा फरक छ।’

छलफलमा विश्व बैंकको पूर्वाधार क्षेत्रका कार्यक्रम प्रमुख गायत्री सिंहले कामपाले विकास, निर्माण र विकास व्यवस्थापनका क्षेत्रमा कार्यरत साझेदार तथा सरोकार भएकासँग समन्वय गरी विपद् जोखिम न्यूनीकरणका लागि योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा जोड दिइन्।

बैठकमा वर्षाको पानी व्यवस्थापन गर्न नसक्दा हुनसक्ने समस्याका बारेमा छलफल भएको थियो। फोहर व्यवस्थापन, फोहर पानीको प्रशोधन, सहरी पूर्वाधारमा नदी प्रणाली, नदी प्रणालीमा सहरी पूर्वाधारको सम्बन्धलगायत पक्षबाट जोखिम न्यूनीकरण गर्न सकिने विषयमा सरोकार भएकाहरूसँग छलफल भएको थियो।


सामाग्री श्रोत :

‘बाढीजन्य विपद् आगामी दिनमा नआउने नगरी पूर्वतयारी थाल्नुपर्छ’

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट