२०८२ जेष्ठ १० शुक्रबार
२०८२ जेष्ठ १० शुक्रबार

विद्युत आपूर्ति नहुँदा कर्णालीका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौँ । कर्णाली प्रदेशका विभिन्न स्थानमा नेपाल टेलिकमको सेवा प्रभावित भएको छ । कोहलपुर चिसापानी क्षेत्रमा आएको हावाहुरीका कारण कोहलपुर-सुर्खेत ३३ केभी विद्युत् लाइन अवरुद्ध भएपछि दूरसञ्चार सेवा प्रभावित भएको कम्पनीले जनाएको छ ।

नेपाल टेलिकम प्रादेशिक कार्यालय, सुर्खेतका अनुसार २०८२ जेठ ७ गतेदेखि कर्णाली प्रदेश अन्तर्गतका केही जिल्लाहरूमा वायरलेस (टुजी/थ्रीजी/फोरजी) तथा वायरलाइन (एफटीटीएच) सेवाहरू सञ्चालनमा कठिनाइ आएको हो ।

विद्युत् आपूर्ति नहुँदा आवश्यक ब्याट्री तथा पावर ब्याकअप उपकरणहरू न्यून भई केही सेवा अवरुद्ध भएको कम्पनीको भनाइ छ । सेवा सञ्चालनमा ल्याउने प्रयासस्वरूप कतिपय स्थानका उपकरणहरू सक्रिय गरिएको र अन्य स्थानमा पोर्टेबल जेनेरेटरको माध्यमबाट सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ८, २०८२ १६:३२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट