२०८२ असार २७ शुक्रबार
LATEST NEWS
२०८२ असार २७ शुक्रबार

कास्की। देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरूष भलिबल क्लब लिग’ सुरू भएको छ।

नेपाल भलिबल संघको आयोजनामा पहिलोपटक राजधानी बाहिर पोखरा रंगशालाको बहुउद्देशीय कभर्ड हलमा खेल सञ्चालन भएको हो। प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक समारोहबीच उद्घाटन गरे।

प्रतियोगिताअन्तर्गत आजका खेलमा पुरूषतर्फ नेपाल पुलिस क्लब, टिपटप हेल्प नेपाल, गण्डकी प्रदेश र नेपाल एपिएफ क्लब विजयी भए। महिलातर्फ भने एभरेष्ट भलिबल क्लब र एपिएफले विजयी सुरूआत गरे।

पुरूषतर्फ मणिमुकुन्द भलिबल क्लबलाई पुलिसले सोझो सेटमा हराउँदै विजयी सुरूआत गरेको छ। पुलिसले २९-२७, २५-२० र २६-२४ ले जित दर्ता गर्न सफल भयो।

हेल्प नेपालले त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्न सफल भयो । हेल्प नेपालले ३०-२८, २५-२१ र २५-२० ले खेल जित्यो। घरेलु टोली गण्डकीले प्रतिस्पर्धात्मक खेलमा कोशी प्रदेशलाई ३-१ ले हरायो। गण्डकीले २५-१५, २५-२१, २५-२२ र २५-२० ले खेल आफ्नो पक्षमा पार्न सफल भयो। यसैगरी एपिएफले सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराएको हो। एपिएफ २५-१९,२५-१६,२५-१६ ले विजयी भएको थियो।

महिलातर्फको खेलमा एभरेष्टले त्रिभुवन आर्मी क्लबलाई २२-२५, २५-१९, २५-१७ र २५-१३ ले हरायो। यसैगरी एपिएफ क्लबले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। एपिएफले २५-१०,२५-१०, २५-१५ को सहज जित निकालेको हो।

प्रतियोगितामा पुरूषतर्फ आठ र महिलातर्फ छ टोलीले सहभागिता रहेको छ। पुरूषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल संघ, सुदुरपश्चिम प्रदेश र मणिमुकुकन्द भलिबल क्लब बुटबलले प्रतिस्पर्धा गर्नेछन्।

यसैगरी महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब, त्रिभुवन आर्मी, एभरेष्ट भलिबल क्बल र कर्णाली प्रदेश भलिबल टोलीको सहभागिता रहेको छ।

प्रतियोगितामा महिला तथा पुरूष दुवैतर्फका उपाधि विजेताले नगद रू आठ लाखका दरले पुरस्कार पाउनेछन्। यसैगरी उपविजेताले समान रु चार/चार लाख तथा तृतीय हुने टोलीले समान रु दुई लाखका दरले पुरस्कार पाउने नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए।

यही जेठ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद रु ५०/५० हजार र विद्यागत उत्कृष्ट खेलाडीहरूले जनही नगद रु २५/२५ हजार प्राप्त गर्नेछन्।


सामाग्री श्रोत :

पोखरामा ‘प्रधानमन्त्री कप’ महिला तथा पुरूष भलिबल लिग सुरू

पोखरा–जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई धरौटीमा छोड्न आदेश दिएको छ।

न्यायाधीश कृष्णजंग शाहको इजलासले उनलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको हो।

Ncell 2
Ncell 2

धरौटी माग गरेपनि उनले नबुझाएपछि उनलाई अदालतले नियमाअनुसार थुनामा राख्न पत्र पठाएको छ। नेपाली हाल बागलुङ कारगारमा छन्। उनलाई ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा जिल्ला अदालत बागलुङले थुनामा पठाउन आदेश दिएको थियो। 

सोही आदेशअनुसार कारागार पठाइएको हो। उनीविरुद्ध कास्की अदालतमा इमेज सहकारी ठगी प्रकरणको पनि मुद्दा छ। उनलाई आइतबार उपस्थित गराउने पत्र पठाइएको कास्की जिल्ला अदालतले जनाएको छ।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ


ताप्लेजुङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेकी ५१ वर्षिया विष्णुमाया लिङ्देनको खोलाले बगाएर मृत्यु भएको छ। मेहेलेस्थित फावाखोला तर्ने क्रममा खोलाले बगाएर लिङ्देनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको शव बगेर बेपत्ता भएको ठाउँदेखि करिब १५० मिटर टाढा फेला परेको हो। खोलाले बगाएपछि सिदिङ्वा–६ का वडाध्यक्ष रत्नकुमार लिङ्देनले इलाका प्रहरी कार्यालय तेल्लोकमा खोजी गर्न खबर […]
सामाग्री श्रोत :

खोलाले बगाउँदा महिलाको मृत्यु

काठमाडौँ । अब उपभोक्ताले आफ्नै घरमै डेलिभरी हुने मह वा अन्नबाली प्रयोग गर्दा त्यो सामान साँच्चै स्थानीय हो कि होइन भनेर शङ्का गर्नु पर्दैन । प्याकेटमा भएको क्यूआर स्क्यान गरेर नै त्यो सामान कस्तो हो भनेर जानकारी पाउन सक्छन् । मोबाइलबाट क्यूआर स्क्यान गरेर खाद्यान्न कसले, कहाँ र कसरी उत्पादन गर्‍यो भन्ने जानकारी सजिलै पत्ता लगाउन सक्छन् ।

यसरी नेपाली किसानले उत्पादन गरेका सामग्री र कथालाई उपभोक्ताको ‘डिनर टेबल’ सम्म पुर्‍याउने उद्देश्यका साथ काम गरिरहेको छ, दैलो कृषिले । जसले उत्पादित कृषि उपजको बजार नपाएर कर्जामा डुबेका कृषक र लोकल खानेकुरा खान चाहनेलाई एक अर्कासँग जोड्ने काम गरिरहेको छ ।

दैलो कृषिलाई झापाका धिरज चापागाई (१९) र चितवनका आशिष गैरे (१९) ले नेपाली एग्रोटेक कम्पनीको रूपमा स्थापित गर्ने प्रयास गरिरहेका छन् । धिरज र आशिष दुबै डिजिटल वालेट खल्तीका पूर्वकर्मचारीसमेत हुन् । तर उनीहरूबिचको मित्रता भने त्योभन्दा पनि पुरानो हो ।

उनीहरू सन् २०२१ मा अनलाइनमार्फत जोडिएका थिए । अध्ययनको सिलसिलामा आशिष चितवनबाट काठमाडौँ आएपछि मित्रता थप झाङ्गियो । त्यसपछि उनीहरूले खल्तीमा सँगै काम गरे ।

गत वर्ष असोजतिर एक दिन झापाको श्री सतासी महिला मौरी पालन सहकारीका अध्यक्षसँग धिरजका बुबा फोनमा कुरा गरिरहेका थिए । उक्त सहकारीमा २५० भन्दा धेरै महिला किसानले मह उत्पादन गर्दै आएको, तर बिक्री गर्न समस्या भएको उनले सुनाइरहेकी थिइन् । साथै, काठमाडौँमा कतै बिक्री हुन्छ कि भनेर बजार खोज्न सहयोग गर्न आग्रह गरेकी थिइन् । उक्त टेलिफोन संवाद धिरज पनि सुन्दै थिए ।

आफ्नै व्यवसाय गर्न मन भएका उनले बजार खोज्न समस्या भएका किसानलाई सघाउने गरी काम गर्ने निर्णयमा पुगे । अनि यो कुरा बुबालाई सुनाए । त्यसपछि झापा पुगेर उक्त सहकारीका सदस्यहरूलाई भेटे । अनि ‘दैलो कृषि’ नाममा कम्पनी पनि दर्ता गराए । त्यसपछि सहकारीका सदस्यहरू दैलो कृषिसँग मिलेर बजारीकरण गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर गर्न काठमाडौँ आए ।

“मेरो हजुरआमाको उमेरका तीन जना आमाहरू सहकारीको ब्याचसहित सारी लगाएर भेट्न आउनु भएको थियो । सम्झौता भएपछि किसानहरूको भिडिओ खिच्न जाँदा २०० बढी किसानसँग भेट भयो,” धिरजले पुराना दिन सुनाए ।

किसानहरूसँग भेटघाट भएपछि ठुलो जिम्मेवारी आफ्नो काँधमा लिएको महसुस गरेका थिए रे उनले । “सबै काम एक्लैले गर्न सक्ने अवस्था थिएन,” उनले भने, “मैले ग्राफिक डिजाइनका लागि आशिषको सहयोग लिँदै आएको थिएँ । उसलाई सँगै मिलेर काम गरौँ भन्दा उसले पनि ‘हुन्छ’ भन्यो ।”

त्यसयता उनीहरू मिलेर किसानका कथाहरू क्यामेरामा कैद गरेर सामाजिक सञ्जालमा प्रस्तुत गर्नेदेखि लिएर उपभोक्ताबाट अर्डर लिने र डेलिभरी गर्ने काम समेत गर्दै आएका छन् ।

सतासी सहकारीसँग दैलो कृषिले सम्झौता गर्दा सहकारीले उत्पादन गर्ने सामग्रीको बजारीकरण गर्ने, किसानहरूलाई भिजिबल बनाउने काम गर्ने प्रतिबद्धता जनाएको थियो । यसका लागि विभिन्न खुद्रा-होलसेल पसलसम्म पुगेर सामान बिक्री गरे । यस्तै सामाजिक सञ्जालबाट प्रचारप्रसार गरेर समेत बिक्री गर्दै आएका छन् ।

सतासी सहकारी मात्र नभएर नेपालमा रहेका करिब हजार कृषि सहकारीले उत्पादित कृषि उपजको बजार नपाउने समस्या रहेको धिरजले सुनाए । “सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण योजना अनुसार किसानलाई उत्पादनका लागि मसिनलगायतका सुविधा त दिन्छ । तर बजार खोज्न सघाउने काम गरेको छैन । त्यही भएर किसानले बजार नपाउने, कर्जामा डुब्ने समस्या भोगिरहेका छन्,” उनले भने ।

यस्ता किसानहरूलाई सघाउने र उपभोक्तालाई सहकारीले उत्पादन गरेको खाद्य पदार्थ घरसम्म पुर्‍याउने काम दैलो कृषिले गर्ने उनले बताए । उनले भने, “हामी किसानलाई नै चिनाउन चाहन्छौँ । किसानदेखि ग्राहकसम्म खाद्यान्न पुर्‍याउने सहजकर्ता बन्छौँ ।”

नेपालको फरक भौगोलिक अवस्था अनुसार त्यहाँका विशेष किसिमका फल पाइन्छन् । मुस्ताङको आलु, गोरखाको सुन्तला, झापाको मह लगायत भूगोल अनुसार परिचित सामानहरू भान्सामा दैलो कृषिमार्फत उपलब्ध गराउन खोजेको उनले बताए ।

काठमाडौँमा ल्याएर क्यूआर राखेर देशभरि डेलिभरी

हाल दैलो कृषिसँग जोडिएका सहकारीका उत्पादित सामग्रीलाई प्याकेजिङ गरेर काठमाडौँ ल्याएर देशभरि डेलिभर गरिँदै आएको छ । ललितपुरमा भण्डार गर्ने कोठा लिइएको छ । सतासी सहकारीबाहेक हाल १० ओटा सहकारीले उत्पादन गरेका खाद्यान्नहरू परीक्षणका रूपमा बिक्री गरिरहेको धिरजले बताए । ती सहकारीको उत्पादन गुणस्तर पाइएमा सम्झौता नै गरेर बिक्री गर्ने उनले सुनाए ।

हाल किसानबाट थोरैथोरै सामग्री ल्याएर बिक्रीका लागि राखिएको छ । किसानबाट उधारो सामान ल्याएर बिक्री गरेपछि भुक्तानी गर्दै आएको उनले बताए । “सामान क्यास अन डेलिभरी गर्छौँ । डेलिभरी भएपछि आएको पैसा हामी किसानलाई उपलब्ध गराउँछौँ । किसानले सामान पठाएको एक महिनाभित्र उहाँहरूको हातमा सामानको पैसा पुगिसक्छ ।”

किसानले उत्पादन गरेका सामान काठमाडौँ ल्याएको एक हप्तासम्ममा नै बिक्री भइसकेका छन्, जसले गर्दा ताजा सामान नै उपभोक्ताले पाउँदै आएका छन् ।

एकै स्थान र समयमा उत्पादित भएका सामानको क्यूआर उस्तै

दैलो कृषिले प्याकेजिङका क्रममा क्यूआरमार्फत उक्त सामान कसले र कसरी उत्पादन गर्‍यो भनेर हेर्न मिल्ने सुविधा उपलब्ध गराएको छ । त्यसका लागि कृषि सहकारीहरू आफैंले क्यूआर राख्न समस्या भएकाले काठमाडौँमा ल्याएर नै क्यूआर राख्ने काम भइरहेको धिरज र आशिष बताउँछन् ।

उक्त सामग्रीमा प्रोडक्टको नामसँगै क्यूआरमा उत्पादित क्षेत्र र किसानका कथाहरू समेत हेर्न पाइन्छ । यसरी राखिने क्यूआरमा एक स्थानमा एउटै मौसममा उत्पादित सामग्रीको ब्याच एउटै राखिन्छ । धिरज भन्छन्, “झापाको सतासी सहकारीले एउटा मौसममा उत्पादन गरेको महलाई सङ्कलन गरेपछि ल्याब परीक्षण गरिन्छ । ल्याब जाँच भइसकेपछि त्यो ब्याचको सतासीको महको एउटै क्यूआर राख्छौँ ।”

दुई महिना पहिले उनीहरूले दैलो कृषिको वेबसाइट बनाएका छन् । उक्त वेबसाइटबाट वैशाख महिनामा १० ओटा अर्डर वेबसाइटमार्फत प्राप्त भएको थियो । उनीहरूले फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत समेत अर्डर लिन्छन् ।

काठमाडौँदेखि गुल्मी, ताप्लेजुङसम्मबाट पनि अर्डर आउने गरेको उनले सुनाए । “टाढाबाट एक केजी सामानको अर्डर आउँदा पनि हामी सकेसम्म कम छिटो डेलिभरी गर्ने प्रयास गर्दै आएका छौँ ।”

लगानी नपाए पार्ट टाइम काम गरेर पनि कम्पनीलाई स्थापित गर्ने योजना

विगत तीन महिनादेखि भने दैलो कृषिमार्फत उनीहरू आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडको ‘डिजिटल इनोभेसन इन एग्रिकल्चर एन्ड लजिस्टिक्स (DIAL)’ एक्सिलेरेटर कार्यक्रममा सहभागी छन् । उक्त तालिमबाट कम्पनीलाई कसरी सञ्चालनमा ल्याउने भनेर बुझ्न धेरै मद्दत पुर्‍याएको छ ।

उनीहरू भन्छन्, “पहिले हाम्रो आइडिया पूर्ण रूपमा अघि बढिसकेको थिएन । आध्यन्तबाट तालिम लिन थालेपछि कसरी अघि बढ्ने भन्ने कुरा बुझ्न धेरै सजिलो भएको छ । त्यहाँ पुगेपछि नै अब हामी व्यवसाय नै गर्ने भन्ने निर्णयमा पुगेका छौँ ।”

तालिम लिएपछि नै व्यवसायलाई पूर्ण समय दिने भन्दै आशिषले करिब एक महिनाअघि क्रियटिभ डिजाइनरको काम छाडे । यस्तै धिरजले प्रोडक्ट टिममा दुई वर्ष काम गरेपछि खल्ती छाड्ने निर्णय गरे ।

खल्तीमा काम गरेको अनुभवलाई उनीहरूले दैलो कृषिको जिम्मेवारीमा बाँडफाँट गरेका छन् । कम्पनीको अपरेसन र वित्त धिरज तथा ब्रान्ड र मार्केटिङ आशिषले हेरिरहेका छन् । यस्तै दैलो कृषिको अनलाइन भुक्तानीका लागि खल्ती मोबाइल वालेटसँग सहकार्य गर्ने योजना समेत उनीहरूले बनाएका छन् ।

अहिले कम्पनीको लागि चाहिने खर्च आफ्नै खर्चले पुर्‍याइरहेको उनीहरू बताउँछन् । आध्यन्तबाट एक्सिलेरेटर तालिम पाएपछि त्यहाँबाट पनि सहयोग मिल्छ कि भन्ने उनीहरूको आशा छ । उनीहरू भन्छन्, “एक-दुई जना लगानीकर्ताले लगानी गर्न चासो पनि देखाउनु भएको छ । बिस्तारै फन्डिङ पाइन्छ होला । यदि कतैबाट पाइएन भने पनि बिहान बेलुका पार्ट टाइम काम गरेर भएपनि दैलो कृषिलाई चाहिँ निरन्तरता दिन्छौँ ।”

घरछेउका किराना पसलदेखि भाटभटेनी सुपरस्टोरसम्म प्रतिस्पर्धा

दैलो कृषिले किसानबाट कच्चा पदार्थ लिएर आफूलाई ब्रान्डिङ गर्ने काम भन्दा किसानले उत्पादन गरेको सामान बिक्री गरेर किसानलाई नै प्रचार गर्ने बताएका छन् । “हाम्रो ब्रान्ड एम्बेसडर नै किसान हुन् । उपभोक्ताले सामान किन्दा क्यूआर स्क्यान गरेर किसानकै बारेमा जान्न सक्नुहुन्छ । भान्सामा खाना पाकिरहँदा ती खाद्यान्न उत्पादन गर्ने किसान र उपभोक्ताबिच विश्वास बढाउने काम गरिरहेका छौँ ।”

तर उपभोक्तासँग घरछेउको किराना पसलदेखि भाटभटेनी सुपरस्टोरसम्म खाद्यान्न किन्ने विकल्प हुने कुरामा उनीहरू जानकार छन् । त्यसैले अरूले उत्पादित सामग्री दिने मूल्य र समयमा नै स्थानीय उत्पादन उपभोक्ताको भान्सामा पुर्‍याउने लक्ष्य राखेको उनीहरू बताउँछन् ।

आफूले बिक्री गरेको सामानको गुणस्तर राम्रो भएको भन्दै ग्राहकले प्रतिक्रिया दिने गरेको धीरजले सुनाए । उनले भने, “हामीले बिक्री गरेको महमा छुट्टै नेचुरल राग आउँछ भन्नुहुन्छ ।”

बिरामीदेखि बच्चाहरूलाई समेत खुवाउन मह बिक्री भइरहेका छन् । फापर, जङ्गली, तोरी, लिची महहरू बिक्री भइरहँदा उक्त मह कसले खान हुन्छ, कसले खान हुँदैन भन्ने लगायतका जिज्ञासाहरू पनि थुप्रै आउने गरेका छन् । त्यसले आफ्नो उत्पादित सामग्रीले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भनेर जानकारी दिने काम पनि सुरु गरेका छन् । क्यूआरमार्फत नै एफएक्यूमा त्यस्ता प्रश्नको जवाफ दिने तथा भिडिओ नै बनाएर पनि सचेतना दिने कामलाई प्राथमिकतामा राखेको उनले बताए ।

हरेक दिन राति ८ बजे कामको बारेमा छलफल

विगत दुई महिनादेखि दैलो कृषिमा उनीहरूको टिममा सञ्जिका परियार पनि जोडिएकी छिन् । जहाँ उनी कस्टमर सपोर्टको काम पार्ट टाइम गर्छिन् । हाल तीनै जनाले फरक फरक समयमा दैलो कृषिको लागि काम गर्दै आएका छन् । तर हरेक दिन के काम भयो भनेर एक अर्कालाई अपडेट दिन उनीहरू छुटाउँदैनन् ।

उनीहरूले भने, “अहिले हामीसँग अफिस छैन । त्यसैले घरबाट नै आफ्नो समय काम गर्छौँ । बेलुका आठ बजे अनलाइन मिटिङ बसेर दिनभरि के के गर्यौँ र भोलि के गर्नुपर्ने छ भनेर छलफल गर्छौँ । इमर्जेन्सीमा ह्वाट्सएपमार्फत कुराकानी गर्छौँ ।”

यस्तै, किसानका कथा प्रस्तुत गर्नका लागि टिम पनि बढाउन चाहिरहेको र फन्डिङ मिलेपछि थप कर्मचारी राखेर अघि बढ्ने योजना रहेको उनीहरूले सुनाए ।

पछिल्लो अध्यावधिक: जेठ ८, २०८२ २२:४३





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी–सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्यामा करिब आधाले कमी आएकोे बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ।

सन् २०२३ को डिसेम्बरको तुलनामा सन् २०२४ को सोही अवधिमा यो सङ्ख्या घटेर चार लाख ३१ हजार पुगेको छ।कोभिड–१९ महामारीपछि बेलायत आउने र बाहिरिनेको सङ्ख्याबीचको अन्तर अर्थात् कुल आप्रवासनमा यो सबैभन्दा ठूलो गिरावट हो।

ओएनएसले आफ्नो पछिल्लो प्रतिवेदनमा भनेको छ, “दीर्घकालीन कुल आप्रवासनमा करिब ५० प्रतिशतले कमी आएको छ।”“हामीले काम र अध्ययनसँग सम्बन्धित भिसामा आउनेहरूको सङ्ख्यामा कमी देखिरहेका छाँैं,” विज्ञप्तिमा भनिएको छ।

सन् २०२४ को डिसेम्बरसम्मको १२ महिनाको अवधिमा विशेषगरी काम र अध्ययन भिसामा रहेकाहरूको आप्रवासनमा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।

यसअघिको कन्जरभेटिभ सरकारले यस्तो भिसाका लागि आवेदन दिने व्यक्तिका लागि नियम कडा बनाएको, उच्च तलबमा जोड दिएको र मानिसहरूलाई आफ्ना परिवारलाई आफूसँगै ल्याउन अनुमति दिन अस्वीकार गरेको थियो।

आप्रवासन बेलायतको राजनीतिमा एक महत्वपूर्ण मुद्दा बनेको छ र स्टार्मरले मे १२ मा कडा नयाँ नीतिहरू सार्वजनिक गर्दै बेलायतको सीमामा ‘अन्ततः नियन्त्रण फिर्ता लिने’ प्रतिज्ञा गरेका थिए। 

यी उपायहरूमा विदेशी हेरचाह कामदारहरू कटौती गर्ने, आप्रवासीहरू बसोबासका लागि योग्य हुन सक्ने समयको लम्बाइ दोब्बर गर्ने र विदेशी अपराधीहरूलाई निर्वासित गर्ने नयाँ शक्तिहरू समावेश छन्।

बेलायतलाई युरोपेली सङ्घमा रहिरहनुपर्ने पक्षमा मतदान गरेका स्टारर्मलाई मे महिनामा भएको स्थानीय चुनावमा आप्रवासन विरोधी (सुधारवादी पक्ष) ले आश्चर्यजनक रूपमा बहुमत प्राप्त गरेपछि आप्रवासन नियन्त्रणका लागि नयाँ दबाब परेको छ।

Ncell 2
Ncell 2

उनले आफ्नो सम्बोधनमा बेलायत ‘अपरिचितहरूको टापू’ बन्ने खतरा रहेको बताएका थिए। यसले आफ्नै लेबर पार्टीभित्रैबाट उनको कडा बयानबाजीको लागि तीव्र आलोचना सुरु गरेको थियो।

नयाँ कदमको उद्देश्य सन् २०२९ मा संसदको अन्त्यसम्ममा वार्षिक एक लाखसम्म भिसा सङ्ख्याघट्ने गरी कुल आप्रवासनमा उल्लेखनीय कमी ल्याउनु रहेको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आन्तरिक मामिलामन्त्री यवेट कूपरले भने, “गत संसद्मा यो सङ्ख्या चार गुणाले घटेर झण्डै १० लाखमा झरेपछि निर्वाचनपछि कुल आप्रवासनमा आएको तीन लाखको गिरावट महत्वपूर्ण र स्वागतयोग्य छ।”

जुलाईमा भएको आम निर्वाचनपछि बेलायतको तटमा साना डुङ्गामा आएका करिब ३० हजार शरणार्थीलाई आफ्नो मूल देश फर्काइएको उनले बताए। 

यद्यपि, सन् २०२३ को डिसेम्बर सम्ममा शरणार्थीका लागि पर्ने आवेदनको सङ्ख्या ८० हजार रहेकोमायो सङ्ख्या सन् २०२४ को डिसेम्बरमा ९५ हजार पुगेको तथ्याङ्कले देखाएको छ।

फरक फरक तथ्याङ्कले अनियमित आप्रवासीहरूको सङ्ख्यामा वृद्धि देखाएको छ। वर्षको सुरुदेखि अहिलेसम्म १३,५०० भन्दा बढी बेलायत आइपुगेका छन् भने उनीहरूमध्ये अधिकांश धेरै साना डुङ्गाहरूमा इङ्लिस च्यानल पार गरेर बेलायत पुगेका तथ्याङ्कले देखाएको छ। 

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले दिगो संरक्षणका लागि प्रकृतिमा आधारित समाधानलाई विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

चीनको बेइजिङमा अन्तरराष्ट्रिय बाँस तथा बेत संगठन (इन्बार) को सचिवालयको मुख्यालयमा आयोजित इन्बार परिषद्को १३औँ बैठकको आज उनले अध्यक्षता गरेका थिए। उनले विश्वका जल्दाबल्दा चुनौती, जलवायु परिवर्तनका प्रभाव, जैविक विविधता संरक्षण, दिगो जीविकोपार्जन र हरित आर्थिक वृद्धिलाई सम्बोधन गर्न बाँस तथा बेतको रूपान्तरणकारी क्षमता आवश्यक रहेकामा जोड दिएको चीनस्थित नेपाली दूतावासले जनाएको छ।

उनले सदस्य राष्ट्रहरूबीच ज्ञान र विशेषज्ञता आदानप्रदानले विश्वव्यापी दिगोपनाका प्रयास सुनिश्चित गर्दै प्रकृतिमा आधारित समाधानलाई विस्तार गरिने उल्लेख गरे।

बैठकमा मन्त्री शाहीले अध्यक्षताका क्रममा नेपालप्रति दर्शाएको विश्वासका लागि जनवादी गणतन्त्र चीन सरकार, सबै सदस्य राष्ट्रहरू र इन्बार सचिवालयप्रति आभार व्यक्त गरेका थिए।

सो अवसरमा मन्त्री शाहीले उरुग्वे र डोमिनिकन गणतन्त्रलाई इन्बारको नयाँ सदस्यका रूपमा स्वागत गरे। कार्यक्रममा चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले नेपालमा पाइने बाँस तथा बेतका विभिन्न प्रजातिको महत्त्वमाथि प्रकाश पार्दै माटो तथा पानी संरक्षण र जनताको जीविकोपार्जनमा सुधारका लागि बाँस तथा बेत महत्त्वपूर्ण रहेको बताए।

परिषद्को बैठकमा इन्बारका सदस्य राष्ट्रहरू तथा पर्यवेक्षक राष्ट्रहरूका प्रतिनिधिहरूको सहभागिता थियो। सन् १९९७ मा स्थापित, अन्तरराष्ट्रिय बाँस तथा बेत संगठन एक अन्तरसरकारी विकास संगठन हो, जसले बाँस तथा बेतको प्रयोग गरी वातावरणीय रूपमा दिगो विकासलाई प्रवर्द्धन गर्दै आएको छ।

मन्त्री शाही नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही जेठ १० गते स्वदेश फर्कने कार्यक्रम छ। नेपाल हाल इन्बारको अध्यक्ष राष्ट्र हो।


सामाग्री श्रोत :

‘दिगो संरक्षणका लागि प्रकृतिमा आधारित समाधान’

जनकपुरधाम–मधेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनलगत्तै जनमत पार्टीका नवनियुक्त मन्त्री बसन्त कुशवाहा र संजय यादवले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

मधेस भवनस्थित मुख्यमन्त्री निवासमा नवनियुक्त उद्योग वाणिज्य तथा पर्यटन मन्त्री कुशवाहा र वन तथा वातावरण मन्त्री यादवले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्। उनीहरुलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन्।

मुख्यमन्त्री सतिशकुमार सिंहले जनमतका दुई मन्त्री हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।

Ncell 2
Ncell 2

नवनियुक्त मन्त्रीद्वयले शपथग्रहण लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्।

यादव सिरहाबाट निर्वाचित सांसद हुन्। उनी यसअघि कृषि राज्यमन्त्री बनेका थिए।कुशवाहा समानुपातिक सांसद हुन्। उनी यसअघि कृषि मन्त्री भइसकेका छन्।

प्रमुख प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवले मन्त्री हेरफेर तथा मन्त्रिपरिषद् पुर्नगठन भएको सूचना जारी गरेका थिए। प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्ति, हेरफेर र कार्य विभाजनसहित मन्त्रिपरिषद्को पुनर्गठन गरेको सूचनामा उल्लेख छ।

जनमतबाट यसअघि उद्योगमन्त्री सकिल मिया अनन्सारी र वनमन्त्री त्रिभुवन साह थिए।एक वर्षको कार्यकाल मुल्यांकन गर्दै पार्टीको नीति अनुरुप मन्त्री हेरफेर गरिएको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रतिक्रिया दिइसकेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । रोजगारीका लागि आउने आप्रवासी श्रमिकको स्वास्थ्य उपचारको जिम्मेवारी सम्वन्धित रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव नेपालले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मा लैजाने भएको छ । सो प्रस्ताव नेपालले आगामी वर्ष हुने विश्व स्वास्थ्य संगठन अन्तर्गतको विश्व स्वास्थ्य सम्मेलनमा लैजाने तयारी गरेको हो ।
विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भई बिहीबार स्वदेश फर्किएका स्वास्थ्यमन्त्री प्रदीप पौडेलका अनुसार अन्य देशहरूमा कामदार पठाउने मुलुकहरूले आफ्ना नागरिकमाथि भएको स्वास्थ्य समस्याको विकराल स्थिति रहेको कुरालाई मध्यनजर गरी त्यसलाई हल गर्न आगामी वर्ष रोजगारदाता राष्ट्रमा श्रम गर्न गएका जुनसुकै देशका नागरिकहरूको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव नेपालले लैजाने गरी तयारी गरेको हो । यसबाट नेपालजस्ता विपन्न राष्ट्रहरूलाई प्रत्यक्ष लाभ पुग्ने मन्त्री पौडेलले बताए ।मन्त्री पौडेलले यस वर्ष यसबारे जानकारी गराएको र वर्षभर त्यसको प्रक्रिया अगाडि बढ्ने बताए । ‘नेपाल प्रस्तावक भएर श्रम भिसाअन्तर्गत जुनसुकै देशमा गएका जुनसुकै देशका नागरिकहरूको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगार दाता राष्ट्रले लिनुपर्ने व्यवस्थाका निम्ति नेपालले प्रस्ताव गर्दैछ । त्यसको तयारी गरेका छौँ ।’
यो प्रस्ताव डब्ल्युएचओबाट पास हुने स्थिति बन्यो भने विदेश जानुभन्दा पहिला, गइसकेपछि र फर्किंदा स्वास्थ्य सहयोग हुनेछ भने स्वास्थ्य अवस्थाका बारेमा सम्बन्धित राष्ट्रले नै जानकारी गराउने स्थिति बन्ने उनले बताए ।
‘अहिलेसम्म महाव्यधि भएको अवस्थामा अनिवार्य रूपबाट डब्ल्यूएचओले सहयोग गर्नुपर्ने अवस्था बनेको थिएन,’ उनले भने, ‘यो सभासभापछि महामारी भएको मुलुकमा अनिवार्य रूपमा डब्ल्यूएचओले सहयोग प्रदान गर्ने स्थिति यो प्रस्ताव पास भएपछि बनेको छ ।’ यसपटकको सम्मेलनमा नै नेपालले त्यसबारे जानकारी गराएको उनले जानकारी दिए ।
‘हामीले धेरै लामो समयपछि नेपाल मात्र होइन, अन्य देशहरूमा कामदार पठाउने मुलुकहरूले आफ्ना नागरिकमाथि भएको स्वास्थ्य समस्याको विकराल स्थितिलाई हल गर्न आगामी वर्ष रोजगारदाता राष्ट्रमा श्रम गर्न गएका जुनसुकै देशका नागरिकहरूको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव नेपालले आगामी वर्ष लैजाने गरी तयारी गरेको छ,’ उनले भने ।
‘अहिले उपचार नपाएर फर्किएर आउनुपरेको स्थिति छ । उपचार गर्दा खर्चको कारणले पूर्ण रुपमा उपचार नहुने स्थिति छ । कतिको खर्चका कारणले उपचार नहुने स्थिति छ । कतिपयलाई मृत्यु भएपछि शव सम्बन्धित देशमा पठाउन नसक्ने स्थिति छ,’ उनले भने, ‘रोग बोकेर आउनुपर्ने स्थिति र बाध्यतालाई अन्त्य गर्न श्रम गर्न गएको देशले नै उसको स्वास्थ्यको सम्पूर्ण जिम्मा लिनुपर्ने स्थिति बनाउनका निम्ति प्रस्ताव लैजान खोजिरहेका छौँ ।’

सामाग्री श्रोत :
deshparadesh

कास्की। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पोखरालाई खेलकुदको हब बनाउने गरी आवश्यक पूर्वाधार निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिने बताएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले पोखरा फुटबल मैदानको मर्मत सम्भार र क्रिकेट रंगशालाका लागि बजेट विनियोजन गरिने बताए।

‘चालू आर्थिक वर्षमा पोखरामा खेलकुद पूर्वाधारका बजेट भएन, त्यसैले काम गर्न सकेनौँ। पोखरालाई खेलकुदको हब बनाउन पहिलेभन्दा बढी विनियोजन हुन्छ’, मन्त्री चौधरीले भने।

पोखरा रंगशालामा धेरै खेलकुदका पूर्वाधार एकै ठाउँमा रहेकाले पोखरा ‘स्पोर्टस् हब’ बन्न सक्ने उनको भनाइ छ। ‘खेलकुद मन्त्रालयले पोखरालाई पूर्वाधार निर्माणका लागि प्राथमिकतामा राखेको छ’, उनले भने।

मन्त्री चौधरीले खेलाडी तथा युवाहरुलाई विदेशपलायन हुनबाट रोक्ने कार्यक्रम ल्याउन लागेको जानकारी दिए। खेलकुद क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत यस क्षेत्रमा परिर्वतन ल्याइने उनले बताए।

खेलकुदमन्त्री चौधरीले दशौँ राष्ट्रिय खेलकुदका लागि पर्याप्त तयारी गरेर मात्र मिति घोषणा गरिने बताए।


सामाग्री श्रोत :

पोखरालाई ‘खेलकुद हब’ बनाउने गरी बजेट व्यवस्था गरिन्छः खेलकुदमन्त्री

काठमाडौँ । नेपालमा आयोन इलेक्ट्रिक सवारीहरूको आधिकारिक बिक्रेता सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई ‘आयोन भी’ को आधिकारिक ब्रान्ड इन्डोर्सरको रूपमा नियुक्त गरेको छ । योसँगै कम्पनीले उनलाई गाडीसमेत हस्तान्तरण गरेको छ ।

नेपाली ईभी सेग्मेन्टमा आयोन भीले नवीनतम प्रविधि, अत्याधुनिक डिजाइन, उच्चतम सुविधा तथा आरामदायी अनुभवमार्फत नयाँ मापदण्डहरू स्थापित गर्दै आएको सीजीको दाबी छ । यस्तोमा वर्षा राउतलाई आयोन भीको ब्रान्ड इन्डोर्सरको रूपमा स्वागत गर्न पाउँदा उत्साहित भएको ​सीजी मोटर्सका जीएम–सेल्स सुशील क्षेत्रीले बताए ।

“वर्षा राउतको अग्रगामी सोच, आधुनिक जीवनशैली र सस्टेनेबिलिटीप्रतिको प्रतिबद्धता आयोन भीको पहिचानसँग पूर्ण रूपमा मेल खान्छ । हामी मिलेर नेपालमा विद्युतीय सवारीको भविष्य पुनः परिभाषित गर्ने आशा राख्छौँ ।”

यस गाडीमा ८–प्वाइन्ट मसाज सिट, इनबिल्ट फ्रिज र हिटर, पानोरोमिक सनरूफ जस्ता फिचरहरू रहेका छन् । ७५.३ किलोवाट क्षमताको ब्याट्री रहेको गाडीले ६५० किलो मिटर रेन्ज प्रदान गर्नेछ ।

ब्रान्ड इन्डोर्सर बनेपछि अभिनेत्री राउतले भनिन्, “आयोन भी केवल गाडी होइन, यो त एक अनुभव हो । यसको लक्जरी, स्मार्टनेस र व्यावहारिकता मेरो जीवनशैलीसँग गहिरो रूपमा मेल खान्छ। मसाज सिट, हिटिङ–कुलिङ, इनबिल्ट रेफ्रिजरेटर जस्ता फिचरहरूले यो गाडीलाई अरू सबैभन्दा फरक बनाएको छ । यस्तो ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा म गर्व महसुस गर्दैछु ।”

नेपालमा आयोन ईभीको आधिकारिक बिक्रेताको रूपमा सीजी मोटर्सले २० भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरहरू र २६० भन्दा बढी चार्जिङ स्टेसनहरूमार्फत आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ । 

पछिल्लो अध्यावधिक: जेठ ८, २०८२ १६:८





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट