२०८२ जेष्ठ १० शुक्रबार
LATEST NEWS
२०८२ जेष्ठ १० शुक्रबार

अमेजनले अब ड्रोनबाटै एक घण्टाभित्र ग्राहकको घरमा आईफोन डेलिभरी गरिदिने !

काठमाडौँ । अमेजनले ड्रोन प्रयोग गरेर आईफोन, सामसङ ग्यालेक्सी स्मार्टफोन, एप्पल एयरट्याग, एअरपड्स, रिङ डोरबेल, फुड थर्मोमिटर जस्ता सामान डेलिभरी गर्न थालेको छ । कम्पनीका अनुसार अहिले ६० हजारभन्दा बढी सामान ड्रोन डेलिभरीको सूचीमा परेका छन् । अर्डर गरिएको ६० मिनेटभित्र यी सामान ग्राहकसम्म पुग्ने कम्पनीको दाबी छ ।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले केही समयपहिले अमेजनको प्राइम एयर ड्रोनलाई यस्तो सेवाका लागि स्वीकृति दिएको थियो । अमेजनले पहिलो चरणमा यो सेवा टेक्सासको कलेज स्टेसन र एरिजोनाको फिनिक्स सहरको वेस्ट भ्याली क्षेत्रमा उपलब्ध हुने जनाएको छ । 

अमेजनले आफ्नो ड्रोन डेलिभरी प्रक्रिया पनि सहज बनाएको छ । यसअन्तर्गत ग्राहकलाई पाँच मिनेटको समय सीमासहित डेलिभरी समय दिइनेछ र पहिले जस्तो क्यूआर कोड बाहिर राख्नुपर्ने झन्झट हटाइएको छ । यो सेवाका लागि अतिरिक्त ४.९९ अमेरिकी डलर लाग्ने बताइएको छ । 

ड्रोन डेलिभरीका लागि ग्राहकले आफ्नो घरको हवाई दृश्यबाट डेलिभरी क्षेत्र छान्न सक्नेछन् । एक पटक छानेको ठाउँलाई  ग्राहकले परिवर्तन नगर्दासम्म प्रणालीले भविष्यमा पनि प्रयोग गर्नेछ । ​ड्रोनले करिब १३ फिटको उचाइबाट सामान खसाल्ने भएकाले डेलिभरीको समयमा घरपालुवा जनावर र साना बालबालिकालाई भित्र राख्न सुझाव दिइएको छ ।

हाल अमेजनले ‘MK30’ नामका नयाँ ड्रोनमार्फत सेवा दिइँदैछ, जुन दशकभन्दा बढी समयदेखि विकास गरिरहेको ड्रोन डेलिभरी योजनाको मुख्य अङ्ग हो । यी ड्रोनले पाँच पाउन्ड (२.२६ किलो) सम्मका सामान बोक्न सक्छन् भने अघिल्ला संस्करणभन्दा टाढासम्म उड्न सक्छन् । यी ड्रोन हल्का वर्षामा पनि उड्न सक्ने बनाइएका छन् । 

अमेजनले यो सुविधा सुरु गर्न दुई वर्ष लामो डिजिटल म्याप तथा सिस्टम विकास गरेको जनाएको छ । अब यसैका आधारमा ड्रोनले ठ्याक्कै कुन समयमा कुन ठाउँमा पुग्ने हो भनेर निर्धारण गर्न सक्छ । 

पछिल्लो अध्यावधिक: जेठ ८, २०८२ ९:१०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट