२०८२ जेष्ठ ९ बिहीबार
२०८२ जेष्ठ ९ बिहीबार

टेस्ट टोली बंगलादेशविरुद्धको टी–२० सिरिज जित्दै यूएईले रच्यो नयाँ इतिहास

काठमाडौँ –बंगलादेशविरुद्धको टी–२० सिरिज आयोजक यूएईले जित्दै नयाँ इतिहास बनाएको छ । बुधबार राति सम्पन्न दोस्रो खेलमा पाहुना टिम बंगलादेशलाई ७ विकेटले स्तब्ध पार्दै यूएईले सिरिज २–१ ले जितेको हो ।

यूएईले पहिलोपटक टेस्ट टिमलाई हराउँदै सिरिज जितेको हो । तेस्रो तथा निर्णायक खेलमा बंगलादेशले दिएको १ सय ६३ रनको लक्ष्य यूएईले १९.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि अलिसान सराफुले ४७ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ६८ रन बनाए । यस्तै, आसिफ अलिले अविजित ४१, मोहम्मद जोहेबले २९ तथा राहुल चोपराले १३ रन जोडे । 

Ncell 2
Ncell 2

बंगलादेशका लागि शोरिफलु इस्लाम, रिसाल होसेन र तान्जिम हसनले मात्र एक÷एक विकेट लिए । त्यसअघि सारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनायो । 

उसका लागि जकर अलिले ४१, तान्जिद हसनले ४० र हसन मोहम्मदले अविजित २६ रन बनाए । यूएईका लागि हैदर अलीले चार ओभरमा एक मेडनसहित सात रन दिएर सर्वाधिक तीन विकेट लिए । 

सिरिजको पहिलो खेलमा २७ रनले पराजित यूएईले दोस्रो खेलमा बंगलादेशलाई २ विकेटले हराएको थियो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट