२०८२ जेष्ठ १० शुक्रबार
२०८२ जेष्ठ १० शुक्रबार

अब फोनबाटै डेस्कटपको अनुभव, यस्तो छ एन्ड्रोइड १६ को नयाँ सुविधा

काठमाडौँ । गुगलले आफ्नो बहुप्रतीक्षित एन्ड्रोइड १६ मा डेस्कटप मोड ल्याउने घोषणा गरेको छ । कम्पनीले यो फिचरको प्रारम्भिक झलक गुगल आई/ओ २०२५ मा प्रस्तुत गरेको छ ।

सामसङसँगको सहकार्यमा विकास गरिएको यो मोड विशेषगरी डेक्स (DeX) अनुभवबाट प्रेरित रहेको बताइएको छ । सामसङले सन् २०१७ मा ग्यालेक्सी एस८ सिरिजमार्फत डेक्स सुरु गरेको थियो । यस अनुसार फोनको स्क्रिन ठुलो हुनासाथ त्यसको इन्टरफेस र एपहरूलाई डेस्कटपजस्तै स्वरूपमा रूपान्तरण गर्न सकिन्छ ।

गुगलले प्रस्तुत गरेको भिडिओमा एन्ड्रोइडको डेस्कटप मोडको इन्टरफेस क्रोम ओएससँग मिल्दोजुल्दो देखिन्छ । जसमा तलपट्टि टास्कबारमा जिमेल, क्रोम, युट्युब, गुगल फोटोजजस्ता विभिन्न एपहरू पिन देखिन्छ । त्यस्तै स्क्रिनको माथिल्लो बाँया कुनामा समय, दाहिनेपट्टि वाई-फाई सिग्नल र ब्याट्री देखिन्छ ।

एन्ड्रोइड १६ मा समावेश गरिने एडाप्टिभ एप्सको सहायता लिन सकिने र ती एपहरू स्क्रिनभर फैलिन सक्ने तथा सार्न सकिने विशेषता डेमोमा देखाइएको थियो । 

यस मोडमा विन्डोइङ क्षमतामा सुधार गरिने र एडाप्टिभ एपहरू स्वचालित रूपमा डेस्कटप मोड, एन्ड्रोइड अटोमोटिभ तथा एन्ड्रोइड एक्सआरमा आफैँ स्केल हुने गुगलले पुष्टि गरेको छ ।

यस अपडेटसम्बन्धी ब्लग पोस्टमार्फत थप जानकारी गुगलले एन्ड्रोइड १६ ले फोल्डेबल, ट्याब्लेट, क्रोमबुक, मिक्स्ड रियालिटी वेयरेबल्स तथा गाडीहरूमा पनि एपहरू सहज रूपमा चल्ने सुनिश्चित गर्ने जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ ८, २०८२ ७:२३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट