२०८२ जेष्ठ ७ मंगलवार
२०८२ जेष्ठ ७ मंगलवार

सरकारी कार्यक्रममा एकपटक नआउनेलाई फेरि नबोलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि सहभागी नहुनेहरूलाई अर्को पटकदेखि नबोलाउन निर्देशन दिएका छन्।

सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।

उनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै सधैँ कार्यक्रममा बोलाइरहनुपर्ने तर कहिल्यै नआउने गरेको टिप्पणी गरेका हुन्। कुनै पनि सरकारले आयोजना गरेका कार्यक्रमहरूमा सधैँ नाम राखेर बोलाइरहने तर नआउने गरिएको उल्लेख गर्दै उनले यस्ता व्यक्तिहरूको रेकर्ड हेरेर आगामी कार्यक्रमहरूमा नाम नराख्न निर्देशन दिएका हुन्।

Ncell 2
Ncell 2

कुनै अर्थ र महत्त्व नै नबुझ्नेहरूको नाम सधैँ झुन्ड्याइरहने काम राम्रो नभएको उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले भने, ‘कहिले पनि नआउने, नाम राखिरहनुपर्ने। मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि के हो। कोही–कोही मान्छे हरेक फङ्सनमा राख्ने गर्दछौँ, कहिल्यै देखा पर्दैन। त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् कि जस्तो लाग्छ। कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने, कुनै अर्थ छैन, महत्त्व नै छैन, अर्थ नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ। आउनुपर्ने नआइदिने, बोलाउने सधैँ बोलाइराख्नुपर्ने – यस्तो हुँदैन। अर्को पल्टसम्ममा सोधी खोजी गर्नुहोला। हेर्नुहोला, रेकर्ड – को एक पटक पनि आउँदैन। त्यो रेकर्ड हेरेर आउने हो कि होइन, सोधेर आउने नभए नाम नराख्नु होला। हरेक पटक इतिहास बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने।’

shivam cement
shivam cement

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस जनस्तरमा मनाउनुपर्ने र केवल सरकारी कार्यक्रममा मात्रै भर पर्न नहुने धारणा पनि राखेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट