२०८२ असार २६ बिहीबार
LATEST NEWS
२०८२ असार २६ बिहीबार

मोबाइलमै डिजिटल ब्लुबुक चाहनुहुन्छ? यसरी लिनुहोस् क्यूआर कोड

काठमाडौँ । बागमती प्रदेश सरकारले सवारी साधनको ब्लुबुकमा क्यूआर कोड प्रणाली लागु गरेको छ । यसले सवारी धनीलाई भौतिक ब्लुबुक बोक्नुपर्ने झन्झटबाट मुक्ति दिने बताइएको छ । यो सेवा हाल बागमती प्रदेशमा दर्ता भएका सवारी साधनका लागि मात्र उपलब्ध छ । यहाँ हामी कसरी ब्लुबुकका लागि क्युआर कोड लिन सकिन्छ भन्ने विषयमा जानकाी दिंदैछौं:

क्यूआर कोड प्राप्त गर्ने प्रक्रिया

डिजिटल ब्लुबुक अर्थात् क्यूआर कोड लिनका लागि निम्न प्रक्रिया अपनाउन सकिन्छ:

  • सबैभन्दा पहिले बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको आधिकारिक वेबसाइटमा जानुहोस् । त्यसका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

  • वेबसाइटको होम पेजमा ‘हाम्रा सेवाहरू’ खण्डभित्र ‘ब्लुबुक क्युआर’ अप्सनमा क्लिक गर्नुहोस् ।

  • त्यसपछि खुल्ने पेजको बायाँतिर आफ्नो मोबाइल नम्बर राखी, क्याप्चा (captcha) भरेर अगाडि बढ्नुहोस् । तपाईंको मोबाइलमा प्राप्त ६ अंकको ओटीपी राखी ‘प्रमाणित’ गर्नुहोस् ।

  • अब ‘नयाँ ब्लुबुक क्युआर अनुरोध फारम’ खुल्नेछ । यसमा निम्न विवरणहरू भर्नुपर्नेछ:

    – नम्बर प्लेटको विवरण, यातायात कार्यालय लट नम्बर, सिम्बोल नम्बर, सवारी नम्बर, गाडीको किसिम, निर्माता कम्पनी, मोडल, बनेको मिति, सिलिन्डर सङ्ख्या, हर्ज पावर, चेसिस नम्बर, इन्जिन नम्बर, सवारीको रंग, सिट सङ्ख्या, इन्धनको किसिम, प्रयोगको छनौट, प्रज्ञापनपत्र नम्बर र मिति र ब्लुबुक नम्बर ।

  • सवारी दर्ता मिति, नवीकरण म्याद पुग्ने मिति । (यी सबै विवरण तपाईंको भौतिक ब्लुबुकमा उपलब्ध हुन्छन्।)

  • व्यक्तिगत विवरण जस्तै नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर (भएमा) र जन्म मिति पनि राख्नुपर्ने हुन्छ ।

कागजात अपलोड र अपोइन्टमेन्ट

सवारी धनीको फोटो तथा तोकिए बमोजिम ब्लुबुकका पानाको स्पष्ट फोटो खिचेर अपलोड गर्नुहोस् । यति गरेपछि कार्यालय भ्रमणका लागि आफूलाई अनुकूल हुने मिति छान्नुहोस् र बुकिङ ‘कन्फर्म’ गर्नुहोस् ।

कार्यालय भिजिट र क्यूआर प्राप्ति

आवेदन सफलतापूर्वक दर्ता भएको मेसेज आएपछि बुक गरिएको मितिमा आफ्नो सक्कल ब्लुबुक र परिचय खुल्ने सरकारी कागजात (नागरिकता/लाइसेन्स) सहित छनोट गर्नुभएको यातायात कार्यालयमा जानुहोस् ।

कार्यालयका कर्मचारीले तपाईंको विवरण रुजु गर्नेछन् । रुजु प्रक्रिया सफल भएपछि तत्कालै तपाईंको मोबाइलमा क्यूआर कोडसहितको लिङ्क प्राप्त हुनेछ । लिङ्क क्लिक गरेपछि ब्लुबुकको डिजिटल क्यूआर कोड देखिनेछ जसलाई मोबाइलमा सुरक्षित राख्न वा प्रिन्ट गर्न सकिन्छ ।

सेवाको अवस्था र फाइदा

यो क्यूआर कोड प्राप्त भएपछि सवारी धनीले भौतिक ब्लुबुक बोक्नुपर्ने बाध्यता हट्ने बताइएको छ । यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधाराका सूचना अधिकारी गोविन्दराज शिवाकोटीका अनुसार सेवा सुरुवाती चरणमा रहेकाले कार्यालयमा सेवाग्राहीको खासै भीडभाड छैन र कर्मचारीहरू सेवाग्राहीको प्रतीक्षामा छन् ।

यसअघि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोक्ने झन्झटबाट मुक्ति मिलेजस्तै अब ब्लुबुक बोक्ने झन्झटबाट पनि मुक्त हुने विभागको अपेक्षा छ । यसले सरकारी सेवालाई डिजिटल माध्यमबाट सहज र छरितो बनाउने अपेक्षा गरिएको छ । इच्छुक सवारी धनीले अनलाइन आवेदन दिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८२ ७:४५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट