२०८२ जेष्ठ ६ सोमबार
२०८२ जेष्ठ ६ सोमबार

विश्वकप ग्लोबल छनोटको लागि यूएईसँग निर्णायक खेल खेल्दै नेपाल

काठमाडौँ –आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सुपर थ्रीमा नेपालले आफ्नो पहिलो खेलमा यूएई संग खेल्दैछ । यी दुई टिमबीचको खेल सोमबार बिहान ८ः१५ देखि बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा सुरु हुनेछ । 

नेपाल यूएईलाई हराउँदै ग्लोबल छनोटमा पुग्न चाहन्छ । तर, यूएई विजयी भएमा नेपालले अन्तिम खेलमा थाइल्याण्डलाई हराए पनि अंक पर्याप्त हुने छैन । 

Ncell 2
Ncell 2

हाल यूएईको ६ र नेपालको ५ अंक छ । यदि सोमबारको खेल वर्षाका कारण रद्द भएमा नेपालको ६ अंक हुनेछ । त्यसपछि ग्लोबल छनोटमा पुग्न नेपालले अन्तिम खेलमा थाइल्याण्डलाई हराउनै पर्ने समीकरण बन्ने छ ।   

shivam cement
shivam cement

पछिल्लो समय यूएईविरुद्ध नेपालले राम्रो प्रदर्शन गर्दै आएको छ । यी दुई टिमले अन्तिमपटक गत वर्षको १९ जुलाईमा एकअर्काको सामना गरेका थिए । सो खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायो । नेपाल यसपालि पनि सोही लय नतिजा दोहोर्याउने लक्ष्यमा छ । 

जारी प्रतियोगितामा समूह चरणमा नेपालको प्रदर्शन मिश्रित रह्यो । ग्रुप स्टेजमा नेपालले हङकङसँग एक खेलमा हार बेहोर्दा पहिलो म्याचमा वर्षाका कारण अंक बाँड्यो । नेपालले बहराइनलाई भने दुवै खेलमा पराजित गरेको थियो । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट