२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

आज मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताद्वय मदनकुमार भण्डारी र जीवराज आश्रितको ३२ औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 

यस अवसरमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा गर्ने कार्यक्रम रहेको छ । एमालेका पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार बल्खुमा एमालेको केन्द्रीय कार्यालय बनाउन मदन भण्डारीले अगुवाई गरेका थिए । 

Ncell 2
Ncell 2

विसं २०४६ सालको जनआन्दोलन सफल भएसँगै खुला भएको तत्कालीन सो पार्टीले राजधानीको बागबजारस्थित नेकपाका संस्थापक नेता नारायणविलास जोशीको घरमा केन्द्रीय कार्यालय राखेको थियो । त्यसपछि सो कार्यालय बल्खुमा सारिएको थियो ।

shivam cement
shivam cement

विसं २०७२ को भूकम्पबाट कार्यालयमा क्षति पुगेकाले  प्रयोग नै गर्न नसकिने भएपछि भत्काएको थियो । उक्त  परिसरको मध्यभागमा मदन भण्डारीको प्रतिमा रहेको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?