२०८२ असार २१ शनिबार
२०८२ असार २१ शनिबार

तेस्रो जनकपुरधाम मेयरकपको उपाधी लखनउले जित्यो

जनकपुर। तेस्रो जनकपुरधाम मेयरकप २०८२ को उपाधी भारतको लखनउले हासिल गरेको छ। जनकपुरधामको निर्माणधिन रामजानकी बहुउद्देश्यीय क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न फाइनल खेलमा बारालाई ८ विकेटले पराजित गर्दै लखनउ टिमले उपाधी हात पार्न सफल भएको हो।

आजको अन्तिम खेलमा बारा टिमले पहिलो ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो।

बाराका लागि रवि साहले ५४, आदिल अंसारीले ५०, विवेक यादवले २२, पवन सर्राफलले १६, त्रित दासले ९ र निरंजन यादवले ७ रन जोडे भने अरनिको यादव शुन्य रनमै आउट भए। यता, लखनउका लागि सुभम यादव र मनिष सिंलेह २/२ तथा शैलेन्द सिंह र अस्मित मिश्राले १/१ विकेट लिए।

१६९ रनको विजयी लक्ष्य सहित ब्याटिंग गर्न मैदानमा ओर्लेकाे लखनउ टिमले १७ ओभर ४ बलमा २ विकेट गुमाएर १७३ रन बनायो। लखनउका लागि हर्षित यादवले ९८, सुमित पाठकले ५३, अंकित सिंहले १९ र सोमन महन्तीले २ रन जोडे।

बाराका पवन सर्राफ र साहब आलम १/१ विकेट लिए। कप विजेता लखनउ टिमलाई दुई लाख नगद र ट्रफी तथा उपविजेता बारा टिमलाई एक लाख २५ हजार नगद तथा ट्रफि प्रदान गरिएको छ।


सामाग्री श्रोत :

तेस्रो जनकपुरधाम मेयरकपको उपाधी लखनउले जित्यो

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट