२०८२ जेष्ठ ४ शनिबार
LATEST NEWS
२०८२ जेष्ठ ४ शनिबार

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा, दुई जनाको मृत्यु

काठमाडौं। काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा आज हावाहुरीसहितको वर्षा भएको छ। हावाहुरीका कारण जनजीवन केही प्रभावित समेत भएको छ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले नवलपरासी कञ्चनपुर, कैलाली, चितवन, उदयपुर, सङ्खुवासभा, बारा, कपिलवस्तुलगायत जिल्ला प्रभावित भएको बताए।

उनका अनुसार हावाहुरी र वर्षाका कारण केही जिल्लामा मानवीय क्षति र भौतिक सम्पत्तीमा समेत क्षति भएको छ। अहिले साँझसम्म प्राप्त विवरणमा दुई जनाको मृत्यु भएको र सात जना घाइते भएको जानकारी प्राप्त भएको पनि उनले बताए।

उनले नवलपरासी पश्चिममा हावाहुरीका कारण रुख ढल्दा दुई जनाको मृत्यु भएको जानकारी दिए। उनले बारामा एक, कैलालीमा दुई, कञ्चनपुरमा एक र नवलपरासीमा तीन जना घाइते भएका पनि जानकारी दिए। चितवनमा हावाहुरीले क्षति गराएको छ।

शनिबार पनि वर्षा तथा हावाहुरी ल्याउने प्रणाली कायम रहेको र उक्त प्रणाली पूर्वतर्फ सरिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनले जानकारी दिए। अहिले भने कोशी, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली भएको र ती प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ।

प्राप्त विवरणअनुसार पछिल्लो १२ घण्टामा पर्वतमा ४३.८, धादिङ ३७, म्याग्दी ३०.२ गोरखामा ३१।६, काभ्रे २९, स्याङ्जामा ३० र काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा १५.६ मिलिमिटर वर्षा भएको छ। काठमाडौंमा शनिबार अपरान्हतिर आजको जस्तै बदली हुने सम्भावना रहेको पनि मौसमविद् महर्जनले जानकारी दिए।


सामाग्री श्रोत :

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा, दुई जनाको मृत्यु

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट