२०८२ जेष्ठ २ बिहीबार
२०८२ जेष्ठ २ बिहीबार

सार्वजनिक यातायाततर्फ नेपाली सडकमा १८ ओटा जुबाओ ईभी भ्यान गुड्ने

काठमाडौँ । नेपालका लागि जुबाओ ब्रान्डको विद्युतीय भ्यानको आधिकारिक बिक्रेता आक्र्स ग्रुपले आफ्नो पहिलो डेलिभरी गरेको छ । कम्पनीले भित्र्याएका १४ सिट क्षमताका विद्युतीय भ्यानमध्ये पहिलो चरणमा १८ थान गाडी स्वयम्भू हारती टुर्स एन्ड ट्राभल्स प्रालिलाई हस्तान्तरण गरेको हो ।

स्वयम्भू हारती टुर्सले यी भ्यानहरू काठमाडौंबाट चितवन, हेटौंडा, वीरगन्जलगायतका स्थानमा सार्वजनिक यातायातको रूपमा सञ्चालन गर्ने जानकारी दिएको छ ।

जुबाओ ईभी भ्यान चीनको एफएडब्लू जिलिन कम्पनीद्वारा उत्पादन गरिएको अत्याधुनिक विद्युतीय सवारी साधन हो । समूह यात्रा, शटल सेवा र व्यावसायिक यातायातका लागि यो उपयुक्त हुने कम्पनीको दाबी छ ।

आक्र्स ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठका अनुसार जुबाओ ईभी भ्यान ११ र १४ सिट क्षमतामा उपलब्ध छन् । उनले नेपालका सडक अवस्था, चार्जिङ सुविधा र सेवा सुविधाको अवस्था अध्ययन गरी सुलभ मूल्यमा बजारमा ल्याइएको जानकारी दिए ।

कम्पनीका अनुसार जुबाओ ईभी भ्यान हाल काठमाडौं उपत्यकासँगै धनगढी, नेपालगञ्ज, बुटवल, सुर्खेत, पोखरा, चितवन, इटहरी र विर्तामोडमा उपलब्ध छन् । यस्ता स्थानहरूमा सर्भिस र स्पेयर पार्ट्स पनि सहज रूपमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८२ १०:२१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट