२०८२ जेष्ठ २ बिहीबार
२०८२ जेष्ठ २ बिहीबार

लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु

लुम्बिनी। लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेश सरकार मन्त्रिपरिषद्को यही वैशाख २५ गतेको बैठकले वैशाख ३१ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने गरेको थियो ।

संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गर्नुभएको हो । आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी दिने, प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउने कार्यसूची रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले राससलाई जानकारी दिए।

आगामी जेठको पहिलो साता प्रदेश सरकारले नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी गरेको छ ।


सामाग्री श्रोत :

लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट