२०८२ असार २९ आईतवार
LATEST NEWS
२०८२ असार २९ आईतवार

हमासले अपहरण गरेका इजरायली–अमेरिकी नागरिक अलेक्जेन्डर रिहा

एजेन्सी– हमासले अपहरण गरेको १९ महिनापछि इजरायली–अमेरिकी नागरिक एडन अलेक्जेन्डर सोमबार राति रिहा भएका छन् । रिहा भएलगत्तै उनको परिवारसँग भेटेका छन् । गाजामा इजरायली सेनामा आबद्ध २१ वर्षीय उनलाई ७ अक्टोबर २०२३ मा हमासले अपहरण गरेको थियो ।

सोमबार इजरायलले बन्दी हस्तान्तरण कार्य सहज होस् भन्नका खातिर अस्थायी रूपमा गाजामा आक्रमण रोकेको थियो ।

Ncell 2
Ncell 2

हमासका शीर्ष अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व भ्रमण अघि नै गरिएको यो रिहाइ नयाँ चरणको युद्ध विरामको बाटो तयार गर्न महत्त्वपूर्ण साबित हुने बताएका छन् । ट्रम्प मङ्गलबार मध्यपूर्व पुग्ने छन् ।

अलेक्जेन्डर हमासको साथमा रहेका अन्तिम जीवित अमेरिकी बन्दी भएको अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलेक्जेन्डरको परिवारलाई बधाई समेत दिएका छन् ।

अलेक्जेन्डरको परिवारले ट्रम्पलाई धन्यवाद दिँदै बन्दी रहेका अन्य ५८ जनाको रिहाइका लागि इजरायल र अन्य मध्यस्थ देशहरूलाई अनुरोध गरेको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट