
विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकक्षमा प्रवेश गर्नेहरूलाई साथमा मोबाइल बोकेर जान निषेध गरिएको छ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही समययता मोबाइल लिएर मुख्यमन्त्रीलाई भेट्न जान रोक लगाएको हो।
मुख्यमन्त्री कार्कीको कार्यकक्ष बाहिर सूचना टाँसेर ‘मोबाइल यता’ भनेर देखाइएको छ। जहाँ मोबाइल राख्नका लागि प्लाष्टिकको एउटा बकेट राखिएको छ।
मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले यस्तो अभ्यास गरेको धेरै समय भइसकेको दाबी गरे। तर, मुख्यमन्त्री कार्यालयको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूले भने यो चलन भर्खरै सुरू भएको जानकारी दिए।
जनसम्पर्क सल्लाहकार खनालले मोबाइल बोकेर मुख्यमन्त्रीको कार्यकक्षभित्र प्रवेश गर्नेहरूले फोटो खिचेर समय लिइदिने गरेका कारण निषेध गरिएको बताए।
‘सुरक्षा वा अरू कुनै कारणले होइन, फोटो खिच्न खोज्नेहरूका कारण समय खर्च धेरै भयो। समय बचतका लागि यस्तो गरिएको हो,’ उनले भने।
मुख्यमन्त्रीको सचिवालयले धेरै समयदेखि यस्तो अभ्यास गरिएको दाबी गरे पनि यो प्रबन्ध सर्वसाधारणका लागि मात्रै लागु भएको छ। नेता, कर्मचारीहरूका हकमा भने यो प्रबन्ध लागु भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–१ का ३५ वर्षीय प्रेम बहादुर साउद र सुर्खेतको सिम्ता गाउँपालिका– ८का २१ वर्षीय ललित बोहरा रहेका छन्।
साउदले आयरल्यान्ड पठाइदिने भन्दै ४१ लाख ९० हजार रुपैयाँ र ललित बोहराले बेलायत पठाइदिने भनि १० लाख रुपैयाँ ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।
उनीहरूले लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितहरूले दिएको जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
सामाग्री श्रोत :
deshparadesh
काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भण्डारी सर्जिकल हाउसलाई जरिबाना तिराएको छ।
विभागबाट मंगलबार गएको टोलीले अनुगमनका क्रममा भण्डारी सर्जिकल हाउसले कानुनविपरित काम गरेको फेला पारेपछि जरिबाना तिराएको हो।
विभागको टोलीले अनुगमनका क्रममा भण्डारी सर्जिकल हाउसले सर्जिकल सामान, मेडिकल उपकरणमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाएको थियो। टोलीले उक्त कार्य गरेको फेला पारेपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको जनाएको छ।
अनुगमनपछि काठमाडौं महानगरपालिका–११ को भण्डारी सर्जिकल हाउस प्रालिलाई २ लाख १ हजार जरिबाना तिराएको विभागले जनाएको छ।
यस्तै विभागले बूढानीलकण्ठ नगरपालिका–७ मा रहेको एभरग्रिन होम डेकोरलाई ५० हजार रुपैयाँ र मध्यपुर थिमी नगरपालिका–१ नरेफाँटको जिरे खुर्सानी रेट्रोलाई १५ हजार रुपैयाँ जरिबाना तिराएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
लन्डन। बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा मन्दीका थप संकत देखाएको छ। हालै सार्वजनिक गरिएको सरकारी तथ्यांकअनुसार तलब वृद्धिको दर केही घटेको, बेरोजगारीमा सामान्य वृद्धि देखिएको र रोजगार अवसरहरू पनि घट्दै गएका छन्।
राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) का अनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा रोजगारी दर ७५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा थोरै उच्च हो। यद्यपि, बेरोजगारी दर भने अघिल्लो वर्षको तुलनामा केहि बढेको देखिएको छ।
फेब्रुअरीदेखि मार्च महिनाको अवधिमा कम्पनीहरूको तलब सूचीमा रहेका कर्मचारी सङ्ख्या ४७ हजारले घटेको छ भने प्रारम्भिक अनुमानअनुसार अप्रिल महिनामा थप ३३ हजारले कमी आउने सम्भावना देखिएको छ। हालसम्म करिब तीन करोड तीन लाख कर्मचारी तलब सूचीमा रहेका छन्।
तलब वृद्धिदर पनि केही मन्द भएको देखिएको छ। बोनस बाहेकको औसत साप्ताहिक आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढेको छ, जुन अघिल्लो त्रैमासिकको ५.९ प्रतिशतभन्दा केही कम हो। बोनससहितको कुल तलब ५.५ प्रतिशतले बढेको देखिएको छ। मुद्रास्फीतिसँग समायोजन गर्दा वास्तविक तलब वृद्धिदर १.८ प्रतिशत रहेको छ।
अर्कोतर्फ, रोजगारको अवसर पनि घट्दै गएका छन्। अप्रिलसम्मको तीन महिनामा रोजगारीका अवसरहरू ४२ हजारले कमी आएका छन्। यो क्रम ३४ औं पटक लगातार त्रैमासिक गिरावट हो। अहिले कुल रोजगारीको अवसर सात लाख ६१ हजार पुगेको छ, जुन महामारीपूर्वको स्तरभन्दा थोरै कम हो।
आर्थिक विश्लेषकहरूले श्रम बजारमा देखिएको मन्दी पछाडि उच्च तलब कर र हालै गरिएको न्यूनतम तलब वृद्धिलाई मुख्य कारणका रूपमा औंल्याएका छन्। खुद्रा तथा आतिथ्य सेवाका क्षेत्रहरूमा विशेष गरी मार्च र अप्रिल महिनामा रोजगारीमा कटौती देखिएको छ।
विश्लेषकहरूको धारणा अनुसार श्रम बजारमा आएको चिसोपन केवल आन्तरिक नीति परिवर्तनले मात्र नभई, विश्वव्यापी व्यापारिक अनिश्चितताहरूका कारण व्यापारिक विश्वासमा परेको प्रभावको परिणाम पनि हो।
सामाग्री श्रोत :
बेलायतको श्रम बजारमा मन्दीको संकत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि
काठमाडौँ । नेपालका मौलिक चित्रकला थाङ्का र पौभाको संरक्षण तथा पहिचानका लागि ब्लकचेन र एआई प्रविधिको प्रयोग सुरु गरिएको छ । हिमालयन आर्ट काउन्सिलले मङ्गलबार ललितपुरमा एक कार्यक्रम गर्दै नेपालका ५० भन्दा बढी कलाकारका थाङ्का चित्रकला ब्लकचेन प्रविधिमा दर्ता गरिएको जानकारी दिएको हो ।
ती चित्रकला बिहीबारदेखि शनिबारसम्म पाटन सङ्ग्रहालयमा आयोजना हुने प्रदर्शनीमा राखिनेछ । काउन्सिलका अनुसार ब्लकचेन प्रविधिमार्फत प्रत्येक चित्रकलाको डिजिटल प्रमाणपत्र तथा स्वामित्व रेकर्ड सुरक्षित रूपमा दर्ता हुनेछ । साथै, एआईको सहायताले कलाकारको मौलिक शैली, रङ प्रयोग तथा सूक्ष्म विवरणको विश्लेषणमार्फत चित्रकला पहिचान गर्न सकिने बताइएको छ ।
क्युरेटर मीना लामाका अनुसार कलाकृति दर्ता नहुँदा कलाकारहरूले उचित श्रेय तथा मूल्य नपाउने अवस्था छ । “आफ्नो कला अर्कोले कपी गर्छ कि भन्ने डरले हाम्रा कलाकार गुमनाम रहन्छन्,” लामाले भनिन्, “कुनै विदेशीले उक्त चित्रकला किनेर विदेशमा बेचिसक्छ । त्यतिबेलासम्म यो कसले बनाएको भन्ने थाहा नै हुँदैन । अर्थात् कलाकारले पाउनुपर्ने उचित श्रेय नै पाउँदैन । किनभने त्यसलाई कहीं पनि दर्ता भएको हुँदैन ।”
कलाकार, क्युरेटर तथा आर्टुडियो नेपालका संस्थापक कैलाश के श्रेष्ठ यस प्रविधिले नेपाली कलाकृतिलाई जीवन्त राख्ने भनाइ राखे । “नेपालका मौलिक कलाकृतिलाई ब्लकचेन प्रविधि र एआई प्रविधिमा ल्याउँदा त्यसको उचित डकुमेन्टेसन हुन्छ,” श्रेष्ठले भने, “ब्लकचेनले कलाकृति कहिले, कसले बनाएको हो, यसको मूल्य र अर्थ के हो भन्ने विवरण राख्न मद्दत गर्छ । त्यसैले पनि कुनै कलाकारले बनाएको कलाकृति सधैं जीवन्त रहन्छ ।”
नेपालका मौलिक चित्रकला थाङ्का र पौभामा कसरी जोडिन्छ ब्लकचेन र एआई प्रविधि ?
क्रिप्टोग्राफिक लेजर प्रविधि प्रयोग गरिएको यस प्रणालीमा दुई पक्षीय प्रमाणीकरण प्रक्रिया हुनेछ । साउथ पार्क कमन्सका फेलो सिन ह्वेलका अनुसार यसका लागि ‘कसमस प्रोटोकल’मा आधारित निजी ब्लकचेन अपनाइएको छ । यो प्रणाली स्मार्ट कन्ट्र्याक्टमा आधारित भएपनि क्रिप्टोकरेन्सी प्रयोग गर्नु नपर्ने उनले बताए ।
काउन्सिलले यसका लागि ‘कोसमस प्रोटोकल’मा आधारित निजी ब्लकचेन प्रणाली प्रयोग गरेको छ । यसमा क्रिप्टोग्राफिक लेजर पद्दति प्रयोग हुने भएकाले नेपालका लागि उपयुक्त हुने ह्वेलको भनाइ छ ।
“नेपाली थाङ्का र पौभा चित्रकलाका लागि हामी जे गरिरहेका छौं त्यो प्राविधिक रूपमा निजी ब्लकचेन सञ्चालन गर्नु हो । यसको अर्थ सम्झौता (स्मार्ट कन्ट्र्याक्ट) कार्यान्वयन गर्न कुनै क्रिप्टोकरेन्सी प्रयोग गर्नु पर्दैन । यस प्रणालीमा दुई पक्षीय प्रमाणीकरण (डुअल अथेन्टिकेसन) हुन्छ,” उनले भने ।
ह्वेलका अनुसार यो प्रविधि एनएफटी (नन-फन्जिबल टोकन) सँग मिल्दोजुल्दो भए पनि निजी लेजरमा सञ्चालन हुनेछ । त्यस्तै एआईको प्रयोग कलाकृतिको मौलिकता पहिचान गर्न र जालसाजी वा नक्कल पत्ता लगाउन गरिनेछ ।
एआईले कलाकारको चित्र बनाउने मौलिक शैली, रङको प्रयोग र सूक्ष्म विवरणहरूको विश्लेषण गरी कुन कृति कुन कलाकारको हो भनेर छुट्याउन मद्दत गर्नेछ । “म नेपालका मौलिक कलाकृति विश्लेषण गरेर यो कसले बनाएको हो भन्ने पहिचान गर्न सक्छु । तर, सर्वसाधारण वा कलाका पारखीले छुट्याउन नसक्लान । त्यसका लागि मैले यो पहिचान गर्न जे जस्ता विधि अपनाउँछु त्यो डेटाबाट एआईलाई तालिम दिइन्छ । र, एआईले त्यसैका आधारमा चित्रकला पहिचान गर्न सक्छ,” क्युरेटर लामाले थपिन् ।
अझ सरल तरिकाले भन्नुपर्दा थाङ्का चित्रकलामा कलाकारले हस्ताक्षर नगर्ने परम्परा भए पनि उनीहरूको काम गर्ने शैली (आइकनोग्राफी र आइकन्योमेट्री) मा एक विशिष्ट ढाँचा हुन्छ । त्यसैलाई एआईले पहिचान गर्न सक्छ । यसका लागि कलाकार, कलाकृति र त्यससँग सम्बन्धित कथाको वृहत् डेटाबेस तयार पारिनेछ ।
यो प्लेटफर्मले कलाकारलाई आफ्नो कृतिको उचित श्रेय र पहिचान दिलाउन, क्युरेटरलाई आफ्नो सङ्ग्रहको मूल्य, इतिहास र स्वामित्वको जानकारी सुरक्षित राख्न र शोधकर्ता तथा कलाप्रेमीलाई नेपाली कलाको गहिराइमा पुग्न मद्दत गर्ने काउन्सिलको विश्वास छ ।
सुरुवाती चरणमा काउन्सिलले परिचित कलाकारको कलाकृतिलाई म्यानुअल्ली ब्लकचेनमा दर्ता गरिरहेको छ । भविष्यमा कलाकार आफैँले आफ्नो कलाकृति स्व-प्रमाणित गर्न सक्ने प्रणाली विकास गरिने काउन्सिलको तयारी छ । हाल ५० नेपाली कलाकारहरू यस प्रक्रियामा सहभागी भइसकेका छन् ।
काउन्सिलले जीवित कलाकारका कृतिलाई प्राथमिकता दिने र निजी सङ्कलकसँग सहकार्य गरेर ऐतिहासिक कलाकृति दर्ता गर्ने लक्ष्य राखेको छ । यस प्रविधि आगामी १ जेठदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याइने बताइएको छ । विस्तृत जानकारी काउन्सिलको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८२ २१:४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
गत १५ चैतमा पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौंपटक म्याद थपका लागि मंगलबार काठमाडौं जिल्ला अदालतमा लगिएको थियो ।
राजावादीले १५ चैतमा काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ ।
मिश्रसँगै पक्राउ परेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणालाई स्वास्थ्य अवस्थाको कारण देखाएर प्रहरीले थुनाबाहिर राखेर अनुसन्धान गरिरहेको छ । पछि पक्राउ परेका आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईं पनि थुनामै छन् ।
मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ । प्रसाईंसहित केहीलाई भने कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग कसुर लगाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
बुटवल- सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलले नर्सिङ अधिकृत राधा हेम्चुरीलाइ सम्मान गर्दै २०५औं अन्तराष्ट्रिय नर्सिङ दिवस मनाएको छ।
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिएल नर्सिङ अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा नर्सिङ अधिकृत राधा हेम्चुरीलाई दोशाल्ला र मायाको चिनोले सम्मान गरिएको हो।
कार्यक्रममा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्राचार्य सरिता रावलले समग्र नर्सिङ पेसाको इतिहास र अहिलेसम्मको विकासका बारेमा छोटो डकुमेन्ट्री प्रस्तुत गरेकी छिन्।
यस्तै सिद्धार्थ बाल तथा महिला अस्पतालकी मेट्रोन कल्पना विश्वकर्माले नर्सिङ पेसाको महत्वको र यस वर्षको नाराको बारेमा प्रस्ट पारिन्।
सम्मानित नर्स राधा हेम्चुरीले विद्यार्थीहरुलाई आफ्नो २४ वर्षे कार्य अनुभवबाट सिकेका कुराहरु नर्समा हुनुपर्ने गुण, बिरामीप्रतिको व्यवहार र सेवा भावको स्वभावको बारेमा बताइन्।
कार्यक्रममा सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रशासकीय अधिकृत ज्ञानेन्द्र नेपाल, नर्सिङ प्रशिक्षकहरु र विद्यार्थीहरुको उपस्थिति थियो।
हरेक वर्ष नर्सिङ पेशाकी जननी फ्लोरेन्स नाइटिङ्गेलको जन्म दिन पारेर मे १२ का दिन अन्तराष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ।
सामाग्री श्रोत :
swasthyakhabar
नयाँ दिल्ली। भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा अवैध रक्सी सेवनका कारण २१ जनाको दुःखद निधन भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्।
भारतमा वर्षेनी सयौं मानिसहरूले घरेलु स्तरमा बनाइने सस्तो रक्सी सेवन गर्दा ज्यान गुमाउने गरेका छन्। यस्ता रक्सीहरूलाई अझै बलियो बनाउने उद्देश्यले मेथानोल मिसाउने गरिन्छ, जसले आँखाको दृष्टि गुम्नु, कलेजोमा क्षति र मृत्युसम्म निम्त्याउन सक्छ।
उक्त घटना सोमबार राति अमृतसर जिल्लाको पाँच वटा गाउँमा घटेको हो। मेथानोल मिसाइएको रक्सी सेवन गरेपछि स्थानीय बासिन्दाहरू बिरामी परेका थिए।
जिल्लाका वरिष्ठ प्रहरी अधिकारी मनिन्दर सिंहका अनुसार ती २१ जनाको ज्यान गएको पुष्टि भएको छ । घटनापछि प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
पञ्जाब प्रहरीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै घटनाको विस्तृत छानबिन भइरहेको र दोषीहरूलाई कानूनी दायरामा ल्याइने जनाएको छ।
पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले पनि घटनामा संलग्न सबैलाई कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिए।
गत वर्ष मात्रै पनि भारतको दक्षिणी राज्य तामिलनाडुमा यस्तै घटनामा ५३ जनाको मृत्यु भएको थियो।
सामाग्री श्रोत :
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले कार्डमा आधारित ‘सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे’ सेवा सुरु गरेको छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग सहकार्य गरी ल्याइएको यो सेवाबाट सिद्धार्थ बैंकमा खाता भएका व्यवसायी (मर्चेन्ट)हरूले भिसा र मास्टर कार्डमार्फत नेपाल तथा विदेशमा रहेका ग्राहकहरूबाट सजिलै अनलाइन भुक्तानी स्वीकार गर्न सक्ने बैंकले जनाएको छ ।
‘सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे’ मार्फत विद्यालय, अस्पताल, होटल, ट्राभल एजेन्सी, गैरसरकारी संस्था (एनजीओ) लगायतका ईकमर्स सेवा प्रदायकहरूले देश तथा विदेशबाट सहज रूपमा अनलाइन भुक्तानी प्राप्त गर्न सक्ने बताइएको छ ।
यस गेटवेको प्रयोगले कार्ड भौतिक रूपमा प्रस्तुत गर्नुपर्ने झन्झट हटाउने र भुक्तानी प्रक्रिया छिटो, सुरक्षित र विश्वसनीय हुने बैंकको विश्वास छ । बैंकले यस सेवालाई चौबिसै घण्टा ग्राहक सहायता केन्द्रमार्फत सघाउने व्यवस्था समेत गरेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८२ १८:४८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेर महसुल नतिर्ने उद्योगीलाई प्रशासकीय पुनरावेदनका लागि पुनः सूचना जारी गरेको छ ।
मंगलबार प्राधिकरणले सूचना जारी गर्दै प्रशासकीय पुनरावेदन गर्न उद्योगहरूलाई जेठ मसान्तसम्मको समय दिएको छ ।
प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंक लानबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपयोग गरी महसुल बक्यौता रहेका ग्राहकहरूले २०८२ जेठ मसान्तसम्म प्राधिकरणको विद्युत वितरण विनियमावली २०७८ को विनियम ५५ को उपविनियम (२) बमोजिम महसुल रकमको ५ प्रतिशत बराबरको रकम वा सो बराबरको एक वर्षको म्याद रहने गरी जारी भएको ‘क’ वर्गको बैंक ग्यारेन्टी धरोटीबापत जम्मा गरी विनियमावलीको विनियम ५५ को उपविनियम (१) बमोजिम प्रशासकीय पुनरावेदनका लागि निवेदन दिनसक्ने म्याद कायम गरिएको व्यहोरा सञ्चालक समितिको वैशाख २१ को निर्णयअनुसार सम्पूर्णमा जानकारी गराइन्छ,’ ।
सञ्चालक समितिको मिति वैशाख २१ को निर्णयअनुसार म्याद गरिएको प्राधिकारणले सूचना जनाएको छ । प्राधिकरणले वैशाख २६ गते पनि सूचना जारी थियो। प्राधिकरणले विगत देखि नै उद्योगहरूलाई प्रशासकीय पुनरावेदनमा बोलाउँदै आएको छ तर उद्योगीहरु प्रशासकीय पुनरावेदन जान तयार अझै भएका छैनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ