२०८२ बैशाख ३० मंगलवार
२०८२ बैशाख ३० मंगलवार

पब्जी मोबाइल एसियन च्याम्पियनशीप २०२५ मा नेपाल तेस्रो, पाकिस्तान विजेता

काठमाडौँ । नेपाल ई-स्पोर्ट्स संघ (ईसान) को आयोजनामा सम्पन्न पब्जी मोबाइल एसियन च्याम्पियनशीप २०२५ मा नेपाल तेस्रो भएको छ । ९ मे देखी ११ मेसम्म चलेको उक्त खेलमा नेपाली टोली नेपाल ब्लु ‘डीआरएस गेमिङ’ तेस्रो भएको हो । 

डीआरएस गेमिङ नेपालले अन्तिम दिनमा उत्कृष्ट लयमा फर्किँदै दुई वटा चिकेन डिनर जितेर १५४ अंक सहित तेस्रो स्थानमा रहन सफल भएको हो । यस्तै १५ खेलमा १७३ अंक जोड्दै पाकिस्तान च्याम्पियनशीपको उपाधि हात पार्न सफल भएको छ । प्रतियोगितामा इन्डोनेसियाले १६९ अंक बनाउँदै दोस्रो स्थान हात पारेको छ । 

नेपाल रेड टोली (नेपेक्स ई-स्पोर्ट्स)ले ११८ अंक, मलेसियाले ११२ अंक, र जोर्डनले ९० अंक जोड्दै क्रमशः चौथो, पाँचौँ र छैठौँ स्थानमा समापन गरे। प्रतियोगितामा २१ अंक मात्र जोड्दै लेबनानले सबैभन्दा कमजोर प्रदर्शन गर्यो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि पाकिस्तानका फलकले प्राप्त गरेका छन् । प्रतियोगितामा १४ राष्ट्रका टोलीहरूको सहभागिता रहेको थियो, जसमा नेपालबाट नेपाल ब्लु (डीआरएस गेमिङ नेपाल), नेपाल रेड (नेपेक्स ई-स्पोर्ट्स) र नेपाल व्हाइट (होरा ई-स्पोर्ट्स) गरी तीन टोलीहरूले प्रतिस्पर्धा गरेका थिए।

कुल पुरस्कार राशि १० लाख रुपैयाँ निर्धारण गरिएको खेलमा शीर्ष ६ स्थान हासिल गर्ने टोलीले पुरस्कार राशी प्राप्त गरेका छन् । यसअन्तर्गत पाकिस्तानले चार लाख, इन्डोनेसियाले दुई लाख, नेपाल ब्लु टोलीले एक लाख ५० हजार, नेपाल रेड टोलीले एक लाख तथा मलेसिया र जोर्डनले ५०/५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । 

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८२ १३:३४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट