२०८२ असार २१ शनिबार
LATEST NEWS
२०८२ असार २१ शनिबार

आईटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै सूचना प्रविधि विभाग, यसरी दिनुहोस् आवेदन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको सूचना प्रविधि विभागले सूचना प्रविधि (आईटी) क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । विभागले सोमबार एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीलाई आवेदन दिन आग्रह गरेको हो ।

विभागले छात्रवृत्ति सम्बन्धी कार्यविधि, २०८१ अनुरूप छात्रवृत्ति प्रदान गर्न लागेको जनाएको छ । यसमा स्वदेशी विश्वविद्यालय वा त्यस्तो विश्वविद्यालयको आङ्गिक वा सम्बन्धन प्राप्त शिक्षण संस्थामा सूचना प्रविधि विषय लिई स्नातक, स्नातकोत्तर, एमफिल वा विद्यावारिधि तहमा भर्ना भई अध्ययन गरिरहेका विद्यार्थीले आवेदन दिन सक्ने छन् । जसमा विद्यार्थीले जनही ५० हजार सम्मको छात्रवृत्ति प्राप्त गर्ने उल्लेख छ ।

विभागका अनुसार यसमा सहभागी हुन विद्यार्थीले आउँदो जेठ १२ गतेसम्म आवेदन दिनसक्ने छन् । आवेदन दिनका लागि सूचना प्रविधि विषयमा अध्ययनरत विद्यार्थीले छात्रवृत्ति सम्बन्धी कार्यविधि, २०८१ को अनुसूची १ को ढाँचा अनुसार निवेदन र आवश्यक कागजातहरू सहित यस विभागमा बुझाउनु पर्नेछ । अथवा दरखास्त र अन्य कागजातहरू स्क्यान गरी विभागको ईमेल ठेगाना [email protected] मा समेत पठाउन सकिने विभागले जनाएको छ ।

विभागका अनुसार आवेदन दिँदा विद्यार्थीले नागरिकताको प्रमाणित प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्र/लब्धाङ्कपत्रका प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ । साथै सरकारी वा सामुदायिक विद्यालयबाट एसईई/एसएलसी अध्ययन गरेको भए सम्बन्धित स्थानीय तहबाट सरकारी वा सामुदायिक विद्यालय हो भनी प्रमाणित सिफारिस पत्र र आर्थिक विपन्नताको हकमा स्थानीय तहको सिफारिश पत्र बुझाउनु पर्नेछ । त्यस्तै अध्ययनरत शिक्षण संस्थाबाट अध्ययन गरिरहेको र अन्य कुनै छात्रवृत्ति नलिएको सिफारिश पत्र समेत बुझाउनु पर्ने सूचनामा उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८२ १४:५६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट