काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकिएको बताएका छन्।

आज लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा उनले भारत र पाकिस्तानबीच झण्डै हात हालाहालकाे अवस्था भएकोमा आफूहरूले आग्रह गरेपछि त्यो रोकिएको अभिव्यक्ति दिएका हुन्।
प्रधानमन्त्री ओलीले संयम अपनाएकोमा भारत र पाकिस्तानलाई धन्यवाद पनि दिए। उनले भने,‘झण्डै-झण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो। तर त्यो हात हालाहाल बढ्न पाएनन्। संयमका लागि उहाँहरूलाई धन्यवाद छ।’
प्रधानमन्त्री ओलीले आफूहरूले सुरुदेखि हात हालाहालको स्थिति विस्तार हुन नपाओस् र लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गरेको बताए।

उनले भने,‘उहाँहरुसित पनि कुरा गर्यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ।’
उनले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको धारणा राखेका छन्। बुद्धका उपदेश, शान्तिका उपदेश, मानवताका उपदेश , करुणाका उपदेशलाई आत्मसात् गर्न हामी सबैले आवश्यक ठान्नुपर्नेमा समेत उनको जोड थियो।
प्रधानमन्त्री ओलीले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको बताए।
सामाग्री श्रोत :
प्रधानमन्त्रीले भने-आफूहरूले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो