२०८२ बैशाख ३० मंगलवार
LATEST NEWS
२०८२ बैशाख ३० मंगलवार

साढे ३ वर्षपछि पहिलो पटक राप्रपा कार्यालय पुगे कमल थापा

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापा साढे तीन वर्षपपछि आइतबार राप्रपाको पार्टी कार्यालय धुम्बाराही पुगेका छन्। 

उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेका छन्। भेटपछि समसामयिक विषयमा छलफल भएको बताइएको छ। केही समय यता थापा र लिङ्देन नजिकिएका छन्।

थापा धुम्बाराही पुगेको तस्बिर सेयर गर्दै लिङ्देनले आजको तस्बिर भन्दै आफूसहित थापाको फोटो राखेका थिए।

Ncell 2
Ncell 2

२०७८ सालको महाधिवेशनमा तत्कालीन राप्रपाको अध्यक्षमा प्रत्याशी बनेका थापाले राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पार्टी नै परित्याग गरेर राप्रपा नेपाल बनाएका थिए। 

महाधिवेशनमा पराजित बनेसँगै उनी दरबारले आफूलाई हराएको भन्दै आक्रोशित बनेका थिए। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले महाधिवेशन गराउने अध्यक्षको रूपमा थापाले मंसिर १५ गते राति अबेरसम्म पार्टी कार्यालयबाटै काम गरेको स्मरण गरे। तर, महाधिवेशनपछि र त्यसपछि पनि थापा कार्यालयमा नगएको उनको भनाइ छ।

shivam cement
shivam cement

‘२०७८ मंसिर १६–१९ गते राप्रपाको महाधिवेशन हुँदै थियो। महाधिवेशन गराउने अध्यक्षको रूपमा मंसिर १५ गते राति अबेरसम्म पार्टी कार्यालयमा तयारीमा खट्नुभएका कमल थापा महाधिवेशनपछि र त्यसपछि पनि विविध कारणले राप्रपा कार्यालय फर्कनुभएन’, श्रेष्ठले फेसबुकमा भनेका छन्, ‘राजसंस्था पुनःस्थापनाको लागि संयुक्त जनआन्दोलनको मिति घोषणा भइसकेको सन्दर्भमा ३ वर्ष ६ महिनापछि राप्रपा नेपालको अध्यक्षको रूपमा उहाँ आज आन्दोलनको तयारी बैठकलाई सम्बोधन गर्न राप्रपा केन्द्रीय कार्यालय पुग्नुभयो।’

सो क्रममा पार्टीका पूर्वअध्यक्ष समेत रहेका थापालाई अध्यक्ष राजेन्द्र लिङ्देनले न्यानो स्वागत गरेको श्रेष्ठले बताएका छन्। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट