
चितवन । सम्झौता म्याद सकिन आठ महिना बाँकी रहँदा मुग्लिन–मलेखु सडक स्तरोन्नतिको २९ प्रतिशत मात्र काम भएको छ।
वि.सं. २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा सडक खण्डलाई तीन खण्ड बनाएर बोलपत्र आह्वान गरिएको हो। यो तेस्रो प्याकेजमा पर्दछ। नागढुङ्गा–मुग्लिन सडक योजना, पश्चिम खण्डका इञ्जिनियर विजय दरैका अनुसार हालसम्म २९ प्रतिशत प्रगति भएको छ। यो प्याकेजमा ३८ दशमलव ८६ किलोमिटर पर्दछ।
शर्मा–जेडआइसिजीले चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो। दरैका अनुसार यस सडक खण्डको रमाइलो डाँडादेखि इच्छाकामना गाउँपालिका कार्यालय अघिसम्म ४.५ किमी चार लेन सडक दुईतर्फी कालोपत्र भइसकेको छ छ। चुम्लिङटारमा २०० मिटर र फिस्लिङ बजारमा चार लेनमा १५० मिटर सडक कालोपत्र गरिएको उहाँले जानकारी दिनुभयो। विशालटार र मझिमटारमा कालोपत्र गर्नुअघिको ग्राभेल भइरहेको छ।
सो खण्डमा पर्ने ६ वटा पुलमध्ये चारवटा पुलमा बिम राख्ने तयारी गरिएको छ। दुईवटा पुलको फाउन्डेसनको काम भइरहेको छ। चितवनतर्फको बारवाङ् र मौवा खोला एवं धादिङतर्फको गौमती र खतौटीको पुलमा बिम राख्ने तयारी गरिएको छ। धादिङतर्फका चरौँदी र हुग्दीमा फाउन्डेसनको काम हुँदैछ।
नागढुङ्गा–मुग्लिन सडक योजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले पछिल्लो समय कामले गति लिएको दाबी गर्नुभयो। विभिन्न बाधा अड्चनका कारण समयमा काम हुन नसकेको उहाँले स्वीकार गर्नुभयो। उहाँका अनुसार स्थानीय तहबाट आवश्यकताअनुसार निर्माण सामग्री नपाउनु ढिलो हुनाको प्रमुख कारण भएको हो।
काम सुरु गर्दा सर्भे डिजाइनका क्रममा सात महिना ढिला भएको, अझै पनि विद्युत्को पोल सार्न नसकिएको, निर्माण कम्पनीले ठूला उपकरणहरु परिचालनमा ढिलाइ गरेको, घरटहराको क्षतिपूर्ति समयमा दिन नसकिएकोलगायतका कारण काममा ढिलाइ भएको उनको भनाइ छ।
असारसम्ममा चारवटा पुल सम्पन्न गर्ने र १० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको नेपाल बताउनुहुन्छ। यससँगै असारसम्ममा ४५ प्रतिशत काम सम्पन्न हुने उहाँको भनाइ छ। यो खण्डमा २.२ किलोमिटर ६ लेन सडक बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । चार लेन सडक ७.२ किलोमिटर हुनेछ। यो रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ।
उकालो–ओरालो खण्डमा तीन लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन २.३ किलोमिटर हुनेछ। बाँकी सडक डेडिकेटेड दुई लेनको हुने नेपालले बताउनुभयो। यो सडक विश्व बैङ्कको सहयोगमा बनाइएको हो। रासस
सामाग्री श्रोत :
दाङ –क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन बैद्यले कम्युनिस्ट पार्टीहरु एक ठाउँमा आए मात्रै समाज रुपान्तरणको अभियानले सार्थकता पाउने बताएका छन्।
पार्टीको ४ नम्बर ब्यूरो (राप्ती)ले घोराही–१५ रतनपुरद्वारा आयोजित कार्यक्रममा महासचिव वैद्यले क्रान्तिकारी शक्तिहरु एक भएपछि मात्रै समाज रुपान्तरणको अभियान सुदृढ हुने बताएका हुन्।
उनले भने, “क्रान्ति अझै अधुरो छ । कम्युनिष्ट आन्दोलनमा विभाजन छ । सङ्घीय जनगणतन्त्रको स्थापना गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने अभियान पूरा गर्न सबै कम्युनिष्ट शक्ति एकताबद्ध हुनुपर्छ ।”
कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कँडेलले केही कम्युनिष्ट पार्टीहरु सत्ता स्वार्थमा लिप्त भएको आरोप लगाए। कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्यहरु चन्द्रहरि सुवेदी, क्रान्तिकारी महिला सङ्घकी अध्यक्ष अम्विका मुडवरीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
भक्तपुर । भन्सार छलेर ल्याएको ७२ लाख बरावरको अवैध सामानसहित प्रहरीले ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले काभे्रपलाञ्चोकबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ७६० नम्बरको सेतो ट्रकमा उक्त रकम बरामद गरेको हो। प्रहरीले जगातीस्थित चेकप्वाइन्टमा जाँच गर्ने क्रममा उक्त सामानसहित चालकलाई पक्राउ गरेको हो।
प्रहरी वृत्त जगातीको टोलीले चेकजाँच गर्ने क्रममा ट्रकमा परालको भुसभित्र रहेको कुर्तासुरुवाल, धाराको पार्टपुर्जालगायतका करिब रु ७२ लाख बराबरका सामान बरामद गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए। उनका अनुसार प्रहरीले कुर्तासुरुवाल तीन हजार ८८७ थान, पाइन्टको कपडा ३२ रोल, सर्ट ३५६ थान, सर्टको कपडा २८० रोल, ब्लाउज एक हजार ८७५ थान, पर्दाको कपडा ९९ रोल, साडी १५९ थान तथा धाराको पार्टपुर्जा ३९८ थान बरामद गरिएको छ।
ट्रकमा परालभित्र राखेर अवैध रुपमा भन्सार छलेर ती समानसँगै अवैध ओसार–पसारमा संलग्न सवारीसाधन र दोलखा कालिन्चोक गाउँपालिका–२ बस्ने ४७ वर्षीय लक्ष्मण थामीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। रासस
सामाग्री श्रोत :
काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई एकीकृत, सरल र प्रभावकारी बनाउने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र प्रणाली र नागरिक एपलाई आपसमा जोड्ने तयारी गरेको छ । आइतबार संसदमा पेस गरिएको आगामी आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा सबै प्रकारका सार्वजनिक सेवाबिच अन्तर आबद्धता बढाइने उल्लेख गरिएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा उक्त प्रस्ताव पेस गर्दै डिजिटल नेपाल अवधारणा अन्तर्गत नागरिकलाई लक्षित सेवा प्रवाहलाई सहज, छरितो र पारदर्शी बनाउने कार्यलाई तीव्रता दिने बताए ।
सरकारको योजना अनुसार अब नागरिक एप र राष्ट्रिय परिचयपत्र प्रणाली एकआपसमा समन्वय गरी नागरिकले एकैपटकमा विभिन्न सेवा पहुँच गर्न सक्नेछन् । यस्तो एकीकृत प्रणाली लागु भएपछि सेवाग्राहीले फरक–फरक निकायमा अनेकन कागजात लिएर जानुपर्ने अवस्था हट्ने सरकारको विश्वास छ ।
पछिल्लो अध्यावधिक: बैशाख २८, २०८२ २१:३५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापा साढे तीन वर्षपपछि आइतबार राप्रपाको पार्टी कार्यालय धुम्बाराही पुगेका छन्।
उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेका छन्। भेटपछि समसामयिक विषयमा छलफल भएको बताइएको छ। केही समय यता थापा र लिङ्देन नजिकिएका छन्।
थापा धुम्बाराही पुगेको तस्बिर सेयर गर्दै लिङ्देनले आजको तस्बिर भन्दै आफूसहित थापाको फोटो राखेका थिए।
२०७८ सालको महाधिवेशनमा तत्कालीन राप्रपाको अध्यक्षमा प्रत्याशी बनेका थापाले राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पार्टी नै परित्याग गरेर राप्रपा नेपाल बनाएका थिए।
महाधिवेशनमा पराजित बनेसँगै उनी दरबारले आफूलाई हराएको भन्दै आक्रोशित बनेका थिए। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले महाधिवेशन गराउने अध्यक्षको रूपमा थापाले मंसिर १५ गते राति अबेरसम्म पार्टी कार्यालयबाटै काम गरेको स्मरण गरे। तर, महाधिवेशनपछि र त्यसपछि पनि थापा कार्यालयमा नगएको उनको भनाइ छ।
‘२०७८ मंसिर १६–१९ गते राप्रपाको महाधिवेशन हुँदै थियो। महाधिवेशन गराउने अध्यक्षको रूपमा मंसिर १५ गते राति अबेरसम्म पार्टी कार्यालयमा तयारीमा खट्नुभएका कमल थापा महाधिवेशनपछि र त्यसपछि पनि विविध कारणले राप्रपा कार्यालय फर्कनुभएन’, श्रेष्ठले फेसबुकमा भनेका छन्, ‘राजसंस्था पुनःस्थापनाको लागि संयुक्त जनआन्दोलनको मिति घोषणा भइसकेको सन्दर्भमा ३ वर्ष ६ महिनापछि राप्रपा नेपालको अध्यक्षको रूपमा उहाँ आज आन्दोलनको तयारी बैठकलाई सम्बोधन गर्न राप्रपा केन्द्रीय कार्यालय पुग्नुभयो।’
सो क्रममा पार्टीका पूर्वअध्यक्ष समेत रहेका थापालाई अध्यक्ष राजेन्द्र लिङ्देनले न्यानो स्वागत गरेको श्रेष्ठले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। काठमाडौंको कलंकीस्थित होटेल मेन्सको कोठामा छिरेर प्रहरी हो भन्दै डरधम्की दिँदै डाँका गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले ३ लाख ६३ हजार ठगी गरेको आरोपसमेत छ।
पक्राउ पर्नेहरूमा नवलपरासी गैँडाकोटका २४ वर्षीय अनिष केसी, चितवन भरतपुरका २५ वर्षीय अतीत क्षेत्री, २४ वर्षीय सन्दीप बिक, नवलपुर दिपचुलीका २३ वर्षीय सन्दीप परियार, नवलपुर गैँडाकोटका २५ वर्षीय विवेक मल्ल ठकुरी, चितवन भरतपुरका २२ वर्षीय बादल तामाङ, लमजुङ उदिपुरकी १९ वर्षीया सक्रिया खनिया र धरानकी २४ वर्षीया कविता राई छन्। ती सबैको हालको बसोबास काठमाडौं महानगरपालिका वडा नं. २६ ठमेल, टोखा र कपन क्षेत्रमा रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूबाट ९ थान मोबाइल, निलो रंगको रॉयल एनफिल्ड मोटरसाइकल र नगद ५२ हजार रुपैयाँ रकम बरामद गरिएको छ।
सामाग्री श्रोत :
काठमाडौंबाट डरधम्की दिँदै डाँका गर्ने ८ नक्कली प्रहरी पक्राउ
महोत्तरी –वैशाख पहिलो साताको वर्षालगत्तै अचाक्ली गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी बढेको छ। वैशाखको हालसम्म ४७ सर्पदंशका बिरामीको उपचार गरिएको छ।
बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रका उपचार टोली प्रमुख सैनिक प्राविधिक भोला चौधरीले वैशाख पहिलो सातामा दुई पटक वर्षा भएपछि त्यसयता गर्मी बढेसँगै सर्पदंशका घटना बढेका बताए। “सर्पदंशका घटना सबै महिनामा धेरथोर हुन्छन्, यहाँ साउनमा बढी हुने गरेको पाइएको छ”, उनले भने।
केन्द्र सञ्चालन भएयता विगत १० वर्षको तथ्याङ्कअनुसार साउनमा बढी पानी परेकाले सर्पको बिगबिगी पनि बढ्छ। यहाँ २०७१ साउन ३१ गते स्थानीयको पहलकदमीमा सर्पदंश उपचार केन्द्र स्थापना भएको हो। नेपाली सेनाको गौरीडाँडास्थित रेडियो नेपाल सुरक्षा वेसमा खटिएको नेपाली सेनाको क्याम्पले उपचारकार्यका लागि तालिम प्राप्त ६ दक्ष प्राविधिकलाई केन्द्रमा खटाएको छ। व्यवस्थापन भने सर्पदंश उपचार केन्द्र बर्दिबासको कार्यसमितिले गर्दै आएको छ।
वर्षेनी सर्पदंशबाट मानवीय क्षति बढ्दै गएपछि स्थानीयको पहलकदमीमा संस्था नै दर्ता गरेर उपचार प्रबन्ध थालिएको हो। “प्रारम्भमै नेपाली सेनासँग उपचार गर्ने प्राविधिक टोली माग गर्यौँ, सैनिक मुख्यालयले नै प्राविधिक टोली उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि उपचार थालिएको हो”, केन्द्र सञ्चालनको व्यवस्थापन गर्ने कार्यसमितिका अध्यक्ष कृष्ण देवकोटा भन्नुहुन्छ, “प्रतिबद्धताअनुसार सेनाको साथ पाएपछि केन्द्रलाई व्यवस्थित गरेका छौँ।”
केन्द्रले २०७१ साउन ३१ यता हालसम्म ३१ हजार १४७ जनाको उपचार गरिसकेको छ। आर्थिक वर्ष २०८०/८१ सम्ममा ३० हजार ८४७ जनाको तथा चालू आव २०८१/८२ को हालसम्म ३०० जनाको केन्द्रले उपचार गरेको छ। वैशाख महिनाको हालसम्ममा मात्र ४७ जनाको उपचार गरिएको प्राविधिक टोली प्रमुख चौधरीले बताए।
केन्द्रमा महोत्तरीका अतिरिक्त सिन्धुली, सर्लाही, धनुषा, रामेछापलगथायतका जिल्लाका सर्पदंशका बिरामी उपचार गर्न आउने गरेका छन्। केन्द्रले औषधि, कार्यालय सञ्चालन र व्यवस्थापनको चाँजोपाँजो मिलाउने र नेपाली सेनाले उपचार गर्ने दक्ष प्राविधिक टोली उपलब्ध गराएपछि उक्त सेवाले निरन्तरता पाउँदै आएको छ।
“नजिकमा भरपर्दो उपचार पाएर नयाँ जीवन पाइयो”, गोमन सर्पले डसेर केन्द्रमा उपचार गराइरहेका गौशाला–१ रामनगरका ४२ वर्षीय सुरेशकुमार महतो भन्छन्। आर्थिक वर्ष २०८०/८१ मा ८८४, आव २०७९/८० मा ८७८, आव २०७८/७९ मा दुई हजार ९३१, आव २०७७/७८ मा चार हजार १९१, आव २०७६/७७ मा तीन हजार ९४७, आव २०७५/७६ मा तीन हजार ६४१, आव २०७४/७५ मा तीन हजार ५४२, आव २०७३/७४ मा तीन हजार ३९४, आव २०७२/७३ मा तीन हजार ३१० तथा आव २०७१/७२ मा तीन हजार १२८ सर्पदंशका बिरामीले उपचार लिएका केन्द्रले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को औपचारिक शुभारम्भ गरेको छ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रूपमा कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् ।
नेपाल लाइफले पाँच अर्ब रुपैयाँको लगानीमा सहायक कम्पनीका रूपमा नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेको हो । बीमा बजारमा २५ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले यो नयाँ यात्रा सुरु गरेको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले नेपाल लाइफले २५ औं वर्ष प्रवेश गर्दै गर्दा सर्वाधिक विश्वासिलो र करिव ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको बताएका छन् ।
नेपाल लाइफले प्रत्येक परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न जीवन बीमाको माध्यमबाट महत्वपूर्ण भूमिका खेल्दै आएको छ भन्दै उनले उच्च प्रतिफल प्रदान गर्न तथा बजारका चुनौतीहरूलाई न्यूनिकरण गर्न कम्पनीले नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरिएको बताए ।
“लगानी विविधिकरण हाम्रो मूल उद्देश्य हो, यही उद्देश्यका साथ हामीले सहायक कम्पनी स्थापना गरेका हौं,” उनले स्पष्ट पारे । संघईले नियामक निकायका नियमहरूअनुसार अगाडि बढ्दै कम्पनीले स्थापना गरेको नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले उदाहरणीय कम्पनीको रूपमा आफूलाई स्थापित गर्न सक्ने विश्वास व्यक्त गरे। साथै, संस्थागत सुशासन कायम राख्दै उच्चतम प्रतिफल प्रदान गर्न सकिनेमा पनि उनले आशा व्यक्त गरे ।
नेपाल लाइफ इन्स्योरेन्सले लगानीको विविधिकरण गर्दै सुरु गरेको नयाँ प्रयासप्रति नेपाल बीमा प्राधिकरणले प्रशंसा व्यक्त गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले उक्त प्रयासलाई बीमा क्षेत्रको दीर्घकालीन सुदृढीकरणका लागि एक महत्वपूर्ण कदम भएको बताएका छन् ।
कार्यक्रममा सम्बोधन गर्दै सुवेदीले जनताको बचत र सम्पत्तिबाट संकलित बीमा कोषको सही संरक्षण र सदुपयोग बीमा कम्पनीहरूको गम्भीर जिम्मेवारी भएको उल्लेख गरे ।
उनले भने, “मिहिनेत, पसिना बगाएर वा व्यापार व्यवसाय मार्फत कमाइएको जनताको पैसा अन्ततः बीमा कोषमा जम्मा हुन्छ । त्यसैले यो केवल आम्दानी होइन, जिम्मेवारी पनि हो ।” उनले एकै ठाउँमा पूँजी केन्द्रित गर्दा जोखिम बढ्ने भएकाले लगानीको विविधिकरण अपरिहार्य भएको बताए ।
“एउटै ‘बास्केट’मा सबै पैसा राख्दा जोखिम बढ्छ । विभिन्न ‘बास्केट’ मार्फत जोखिम न्यूनीकरण गर्नु नै विविधिकरण हो, जुन नेपाल लाइफले आज आत्मसात् गरेको छ,” सुवेदीले उल्लेख गरे ।
नेपाल लाइफद्वारा स्थापना गरिएको लगानी कम्पनी मार्फत ५ अर्ब रुपैयाँको अतिरिक्त लगानी जिम्मेवारी उठाउनु सकारात्मक भए पनि चुनौतीपूर्ण रहेको भन्दै उनले भने, “यो रकम स्थिर राख्न मिल्दैन, यसलाई वृद्धि गर्नुपर्छ ।
यसको लागि उत्कृष्ट उपकरण, नवीनतम प्रविधि र रणनीति आवश्यक पर्छ ।”“मार्केट लिडर बन्न सजिलो छैन, तर तपाईंहरूको हरेक कदम अरूका लागि उदाहरण बन्न सक्छ । तपाईंहरूले सुरु गर्नुभएको यो नवीन प्रयासको म उच्च प्रशंसा गर्छु,” सुवेदीले भने ।
कम्पनीका सञ्चालक समितिका सदस्य कमलेश कुमार अग्रवालले नेपाल लाइफ इन्स्योरेन्स विगत २५ वर्षको अवधिमा देशकै उत्कृष्ट बीमा कम्पनीको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै, लगानीकर्तादेखि बीमित र कर्मचारीसम्म सबैको योगदानले कम्पनीलाई यो स्थानमा पु¥याएको बताए ।
उनका अनुसार नेपाल लाइफले हालसम्म २ खर्ब २५ अर्ब रुपैयाँको जीवन बीमा कोष निर्माण गरिसकेको छ । कम्पनीसँग हाल १७ लाखभन्दा बढी बीमित र १ लाख ८६ हजार लगानीकर्ता रहेका छन्।
कम्पनीले आगामी पाँच वर्षभित्र जीवन बीमा कोष ५ खर्ब रुपैयाँ पु¥याउने लक्ष्य लिएको छ। उक्त लक्ष्य हासिल गर्न र बीमित तथा लगानीकर्तालाई अझ उत्कृष्ट प्रतिफल दिन ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गर्नु अपरिहार्य रहेको अग्रवालले बताए ।
उनले भने, “बीमा अब केवल सुरक्षा मात्रै नभई लगानीको प्रतिफल दिने माध्यम पनि बनेको छ । बीमितलाई दीर्घकालीन उच्च प्रतिफल दिने लक्ष्य सहित हामीले यो कम्पनी खोल्न लागेको हौं।
“नेपाल लाइफको मुख्य उद्देश्य बीमा सेवा प्रदान गर्नु हो भने, उच्च प्रतिफल सुनिश्चित गर्न विशेषज्ञ र विशिष्टीकृत संस्था आवश्यक भएको अग्रवालको भनाइ छ ।
नयाँ लगानी कम्पनीमार्फत कम्पनीले रियल इस्टेट, कृषि, पर्यटन, होटल, केवलकार, नविकरणीय ऊर्जा, जलविद्युत्, सौर्य ऊर्जा लगायतका क्षेत्रमा लगानी गर्न सक्नेछ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो साढे दुई दशकको यात्रा पार गर्दै बीमा बजारमा मार्केट लिडरको रुपमा स्थापित भइसकेपछि, अब संस्थागत रुपमा लगानी विविधिकरणलाई थप गति दिन ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले प्रष्ट पारेका छन् ।
पराजुलीका अनुसार यो कदम नेपाल लाइफको संरचनात्मक डिपार्चर हो, जसले कम्पनीको कोर भ्यालु बढाउने दिशामा महत्वपूर्ण टेवा पुर्याउनेछ ।“बीमा ऐनले लगानी विविधिकरणलाई नीतिगत रुपमा स्पष्ट पारेपछि हामीले पनि त्यसै अनुसार लगानीको दायरा फराकिलो बनाउँदै लगिरहेका छौं ।
नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको स्थापनाले यो नीतिलाई मूर्तरुप दिन यस्तो कार्यको सुरुवात गरेको हो,” पराजुलीले भने । उनका अनुसार लगानी एक पटकमा हुने प्रक्रिया होइन, जहाँ जोखिम पनि सँगै आउँछ ।
त्यसैले लगानीको राम्रो व्यवस्थापन, नियमित अनुगमन र सटिक निर्णयको लागि छुट्टै दक्ष जनशक्ति र विशेषज्ञ टिम आवश्यक हुने देखिएपछि कम्पनीले छुट्टै संस्था स्थापना गरेको हो ।
नेपाल लाइफले हेटौंडा र इटहरीमा भवन निर्माणका लागि आवश्यक जग्गा खरिद भइसकेको र विराटनगरमा पनि प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए। यस आर्थिक वर्षभित्र कम्तीमा ६ स्थानमा जग्गा खरिदको योजना रहेको उनले बताए।
नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास थापाले कम्पनीको प्राथमिक उद्देश्य नेपाल लाइफको लगानीलाई सुरक्षित गर्दै उच्च प्रतिफल प्रदान गर्नु रहेको बताए।
“हामी आन्तरिक र बाह्य मूल्याङ्कनका आधारमा विवेकशील ढंगले प्रिन्सिपलको प्रोटेक्सनलाई प्राथमिकता राखी राम्रो भ्यालू क्रिएसन गर्नेछौं,” उनले भने।
नायव प्रमुख कार्यकारी अधिकृत तथा नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष अमित कुमार कयालले संसारका विकसित मुलुकहरूमा जस्तै नेपालमा पनि छुट्टै लगानी कम्पनी स्थापना गरेर बीमा कोषको व्यवस्थापन गर्ने संस्कृति सुरु भएको बताए।
“ग्राहककै हितलाई केन्द्रमा राखेर लगानीको कार्य अघि बढाउनेछौं। योजना, कार्यान्वयन र नियमन जस्ता तीन पक्ष सम्हाल्दै हामी विश्वसनीयता कायम राख्नेछौं,” कयालले स्पष्ट पारे ।
सामाग्री श्रोत :
काठमाडौं । चिनियाँ प्रविधि कम्पनी बाइटडान्सको भिडिओ एडिटिङ एप क्यापकट निकै प्रभावकारी प्लेटफर्म हो । सामान्यदेखि स्तरीय फ्ल्यागशिपसम्म सपोर्ट हुने यो एप विज्ञापन र वाटरमार्कका कारण कम लोकप्रिय हुँदै गएको छ । शर्ट भिडिओ प्लेटफर्म टिकटकमा जोडिएकाले यो एप धेरैको रोजाइमा परेको थियो ।
त्यसैलाई चुनौती दिन फेसबुकको माउ कम्पनी मेटाले केही समयअघि आफ्नै भिडिओ एडिटिङ एप ‘एडिट्स’ सार्वजनिक गरेको थियो । अमेरिकी राष्ट्रपतिका रूपमा डोनल्ड ट्रम्पको दोस्रो कार्याकाल औपचारिक रूपमा सुरु भएकै दिन टिकटकसहित यसको मातृ कम्पनी बाइटडान्सद्वारा सञ्चालित एपहरू अमेरिकामा प्रतिबन्धमा परेका थिए । त्यही मौकामा मेटाले एडिट्स एप घोषणा गरेको थियो ।
यसबाट मेटाले आफ्नो प्रत्यक्ष प्रतिद्वन्द्वी टिकटक र क्यापकटसँग प्रतिस्पर्धा गर्न यो एप ल्याएको प्रष्ट थियो । त्यही एडिट्स एप अहिले विश्वभरका प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध भएको छ ।
क्यापकटभन्दा एडिट्स किन उपयुक्त हुनसक्छ ?
टिकटकमा मात्र भिडिओ कन्टेन्ट राख्नुहुन्छ भने तपाईंका लागि क्यापकट नै उपयुक्त हुन सक्छ । उपयुक्त यस सन्दर्भमा कि तपाईंले टिकटकमा आएका टेम्प्लेट प्रयोग गरेर आफ्नो भिडिओमा प्रयोग गर्न सक्नुहुन्छ । तर, त्यसमा पनि वाटरमार्क देखिन्छ । वाटरमार्क हटाउन र झन्झटिला विज्ञापनबाट मुक्ति पाउन तपाईंले एडिट्स प्रयोग गर्न सक्नुहुन्छ ।
क्यापटकमा सयौं ट्रान्जिजन र इफेक्ट्सहरू छन् । तर, अधिकांश प्रिमियम छन् । अर्थात् ती इफेक्स र ट्रान्जिसन प्रयोग गर्न पैसा तिर्नुपर्ने हुन्छ ।
यता एडिट्समा भने मेटाले क्यापकटकै झल्को दिने यूआई र इफेक्ट्स तथा ट्रान्जिसनहरू राखेको छ । एडिट्स एपबाटै इन्स्टाग्राम र फेसबुकमा भाइरल भइरहेका रिल्स हेर्न र तिनै टेम्प्लेट प्रयोग गर्न सक्नुहुन्छ । त्यसमा भएको अडियो प्रयोग गर्न सक्नुहुन्छ । यसमा रोचक फिचर के छ भने भिडिओको छेउमा प्लस (+) आइकन छ । त्यसमा ट्याप गरेर उक्त भिडिओ हेर्दा आफूलाई के आइडिया आएको छ त्यही लेख्न सक्नुहुन्छ । पछि त्यही आइडियालाई लिएर आफ्नो कन्टेन्ट बनाउन सकिन्छ ।
त्यस्तै भिडिओका लागि यसमा भएका विभिन्न ट्रान्जिसन तथा इफेक्ट पनि प्रयोग गर्न सकिन्छ । हालसम्म यसमा भएका सबै इफेक्ट र ट्रान्जिसन निःशुल्क उपलब्ध छन् ।
नेपाली प्रयोगकर्ताका लागि क्यापकट किन पनि अनुपयुक्त छ भने यसले देवनागरी भाषा सपोर्ट गर्दैन । डाउनलोड गरेको फन्ट राख्न सकिने भए पनि केही अक्षरमा भने समस्या देखिन्छ । युनिकोड फन्टमा पनि समस्या छन् ।
यता एडिट्समा अहिलेसम्म फन्ट अपलोड गर्ने सुविधा छैन । तर, यसले देवनागरी टेक्स्ट सपोर्ट गर्छ । यसमा भएको डिफल्ट फन्टमा देवनागरी अक्षर आकर्षक नै देखिन्छन् । टेक्स्ट एनिमेसनमा पनि विभिन्न अप्सन पाउन सकिन्छ ।
म्युजिकको सन्दर्भमा भने क्यापकटले टिकटकमा अपलोड भएका म्युजिक सपोर्ट गर्छ । त्यसबाहेक आफैँले म्युजिक अपलोड गरेर पनि प्रयोग गर्न सकिन्छ । टिकटकका लागि त्यहीँको म्युजिक प्रयोग गरेर तयार पारेको भिडिओ फेसबुक वा इन्स्टाग्राममा अपलोड गर्दा कपिराइट लाग्ने सम्भावना उच्च हुन्छ ।
यदि तपाईं फेसबुक र इन्स्टाग्रामका लागि भिडिओ बनाउँदै हुनुहुन्छ र कपिराइट नलाग्ने म्युजिक प्रयोग गर्न चाहनुहुन्छ भने एडिट्स एप नै प्रयोग गर्न सक्नुहुन्छ । त्यसबाहेक मिम, कमेडी भिडिओ, एक्सप्लेनर भिडिओ आदिका लागि आवश्यक पर्ने साउन्ड इफेक्ट पनि छन् ।
क्यापकट जस्तै एडिट्समा पनि ब्याकग्राउन्ड हटाउने सुविधा छ । त्यस्तै आफ्नै आवाज राखेर विभिन्न इफेक्ट प्रयोग गर्न सकिन्छ ।
यसरी तयार पारिएको एडिट्सको भिडिओ सोझै फेसबुक र इन्स्टाग्राममा शेयर गर्न सकिन्छ । त्यसबाहेक भिडिओ डिभाइसमै सेभ गरेर अन्य प्लेटफर्ममा शेयर गर्न सकिने सुविधा पनि छ ।
आकर्षक र सामान्य युजर इन्टरफेस, नेपाली टेक्स्टको सुविधा, उयपयुक्त साउन्ड इफेक्ट आदिका लागि एडिट्स प्रयोग गर्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख २८, २०८२ १४:२४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ – वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।
महोत्तरी बर्दिबास नगरपालिका–५ घर भएकी ३३ वर्षीया दीपा कुमारी पोख्रेल पक्राउ परेकी हुन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार पोख्रेलले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै २ लाख रुपैयाँ लिएकी थिइन्।
तर, उनी लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएकी थिइन्। पीडितले दिएको जाहेरी अनुसार उनलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ बाट पक्राउ गरिएको उपरीक्षक आचार्यले जानकारी दिए।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ