२०८२ आश्विन २८ मंगलवार
LATEST NEWS
२०८२ आश्विन २८ मंगलवार

भ्रष्टाचार गर्नकै लागि विमानस्थल बनाइयो: राजेन्द्र लिङ्देन

बुटवल– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो भ्रष्टाचार भएको आरोप लगाएका छन्। 

भ्रष्टाचार गर्नकै लागि यी दुई विमानस्थल बनाएको उनले दाबी गरे। शनिबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनबारे गरेको छलफलमा बोल्दै लिङ्देनले ठूला योजना ल्याउँदा ठूलै पैसा खान पाइन्छ भनेर विमानस्थल बनाइएको आरोप लगाए। 

प्रतिनिधि सभा सदस्य समेत रहेका लिङ्देनले चारसय बिघा जग्गा अधिग्रहण गरेर हुनेमा ८ सय बिघा बढी अधिग्रहण गरी गौतमबुद्ध विमानस्थलमा भ्रष्टाचार गरिएको दाबी गरे।

‘नागरिकको टाउकोमा ऋण थोपरेर ४०/४१ अर्ब खर्च गरेर विमानस्थल बनाउने तर नचलाउनेको खोजी गर्नुपर्ने बेला आएको छ,’ लिङ्देनले भने। 

लिङ्देनले सरकारले चाहे गौतमबुद्ध विमानस्थल सञ्चालन हुन सक्ने तर पोखरामा न्यारोबडी जहाज समेत सञ्चालनमा कठिनाइ हुनसक्ने बताए।

Ncell 2
Ncell 2

अब विमानस्थल पनि चलाउनुपर्ने र भ्रष्टाचार लगायत ऋण बोकाएर विमानस्थल बनाउनेलाई पनि कारबाही गर्नुपर्ने माग गरे।

भैरहवामा नियमित उडानका लागि बुद्धिष्ट मुलुकहरूमा उडान गरी धार्मिक तथा आध्यात्मिक पर्यटक भित्र्याउन सक्नुपर्ने उनको भनाइ छ। 

अध्यक्ष लिङ्देनले अहिले चलाइरहेको व्यवसाय टिकाउनै गाह्रो भएको र नयाँ व्यवसाय गर्छु भन्दा कयौं कार्यालय धाउन र घुस दिँदा समेत काम नहुने समस्या रहेको उल्लेख गरे।

shivam cement
shivam cement

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, संघका पूर्वअध्यक्षहरू कुलप्रसाद न्यौपाने, विष्णुप्रसाद शर्मा, सचिव मंगल भण्डारी लगायतका उद्योगी व्यवसायीले विमानस्थल नचल्दा निजी क्षेत्रको लगानी डुब्न लागेको, सरकारले आफै घोषणा गरेका कार्यालय समेत स्थापना नगर्दा उडान गरिरहेका एयरलाइन्सहरू पनि काठमाडौं केन्द्रित भएको गुनासो गरे। 

अझै पनि विमानस्थल सञ्चालन नहुने हो भने कयौं व्यवसायीले आत्महत्या गर्न बाध्य हुने उनीहरूको भनाइ छ।

पछिल्लो समय विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन छ। विमानस्थललाई लक्षित गरी गरिएको अर्बौं लगानी डुब्न लागेको भन्दै निजी क्षेत्र आन्दोलित छ। व्यवसायीले तत्काल विमानस्थल नचले आफूहरू उठ्नै नसक्ने गरी पलायन हुने जोखिममा पुगेको बताउँदै आएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट