
नगवा (पर्सा)। खानेपानीमन्त्री प्रदीप यादवले देशभरिका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताएका छन्
आज वीरगञ्ज महानगरपालिका–१६ मा नागवामा खानेपानी ट्यांकीको शिलान्यास कार्यक्रममा मन्त्री यादवले नेपाली जनतालाई शुद्ध र सुरक्षित खानेपानी वितरणका लागि प्रयाप्त बजेट विनियोजन गरिने उल्लेख गरे।
उनले भने, ‘नागरिकलाई शुद्ध, स्वच्छ र सुरक्षित खानेपानी वितरण गर्नु सरकारको प्रमुख लक्ष्य हो। खानेपानीका क्षेत्रमा प्रयाप्त बजेट विनियोजन हुन्छ। सबै नागरिकलाई सुरक्षित पानी वितरण गर्ने योजनासहित कार्य भइरहेको छ।’
आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासका लक्ष्य हासिल गरिने मन्त्री यादवले बताए। उनले भने, ‘आगामी वर्ष तराई–मधेस, हिमाल र पहाडका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी पु¥याउने उद्देश्यले सिंगो मन्त्रालय लागिपरेको छ। खानेपानीको पहुँच वृद्धि गरी स्थानीय तह र उपभोक्ताको सहलगानीमा खानेपानी आयोजना एकीकृत रूपमा सञ्चालन गर्नेछौँ।’
नागवा खानेपानी ओभरहेड ट्यांकी आयोजना १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताउँदै आफूले मन्त्रीको हैसियतले यथासमयमा काम सम्पन्न होस् भनेर नियमित अनुगमन गर्ने मन्त्री यादवले प्रतिबद्धता जनाए।
उनले भने, ‘मैले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई प्रत्यक्ष रूपमा लाभ पुग्ने एउटा ऐतिहासिक आयोजनाको शिलान्यास गर्न पाउँदा गर्व महसुस गरिरहेको छु। गाँस, बास, कपडा जस्तै पानी पनि मानव जीवनको आधारभूत आवश्यकता हो र आज हामी त्यो आधारभूत हक सुरक्षित गर्न एक कदम अघि बढेका छौँ।’
यस आयोजनाबाट वडा नं १५ र १६ का करिब तीन हजार पाँच सय घरधुरी लाभान्वित हुने खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले जानकारी दिए। उनका अनुसार हालसम्म खानेपानीको अभावमा दैनिक जीवनमा कठिनाइ भोगिरहेका यहाँका नागरिकलाई उक्त आयोजना सम्पन्न पश्चात् सहज, शुद्ध र पर्याप्त पानी आपूर्ति हुने विश्वास लिइएको छ।
खानेपानी वितरणका लागि करिब रु तीन करोड ५० लाखको लागतमा उक्त ओभरहेड ट्याङ्की निर्माण सुरु भएको नेपाल खानेपानी संस्थानले जनाएको छ। आजको उक्त कार्यक्रममा वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंह, वीरगञ्ज–१६ का वडासदस्यद्वय लवंगी देवी र प्रमोद यादव, वीरगञ्ज–१५ का वडाध्यक्ष रमेश यादव, जनता समाजवादी पार्टी (जसपा)का जिल्ला अध्यक्ष तथा बहुदरमाईका नगरप्रमुख सिङ्घासनसाह तेली, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, जसपा केन्द्रीय सदस्यद्वय जन्नत अन्सारी र पुरुषोत्तमलाल झालगायतको सहभागिता थियो।
सामाग्री श्रोत :
‘खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ’
नवलपरासी– यहाँको कावासोती नगरपालिका-१ लोकाहा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ ।
यहाँको मुण्डेबाट लोकाहातर्फ आउँदै गरेको लु १३ प ७०२ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका- ११ शान्तिटोलका २४ वर्षीय ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
सिरहा। सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा आज एक सुत्केरीको मृत्यु प्रकरणमा छानबिनका लागि अस्पताल सञ्चालकलाई नियन्त्रणमा लिइएर सोधपुछ गरेको छ।
मिर्चैया नगरपालिका–११ सीतापुरकी ३० वर्षीया रामकाशी यादवको मृत्यु भएपछि आफन्तले विरोध प्रदर्शन गरेपछि सञ्चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
शुक्रबार शल्यक्रिया गरेर बच्चा जन्माएकी यादवको अत्यधिक रक्तश्रावका कारण ज्यान गएपछि आफन्तले अस्पतालको लापरबाही भन्दै विरोध जनाइरहेका छन्। ‘सुत्केरीको अवस्था नाजुक हुँदै गएपछि हामीले अन्यत्र पठाउन पटकपटक आग्रह गर्दा पनि यतै ठीक भइहाल्छ भन्दै अल्झाएर राखियो’, मृतकका श्रीमान् सन्त यादवले भने, ‘बिरामीको अवस्था गम्भीर भएपछि आज बिहान करिब दुई बजेतिर मात्र विराटनगरका लागि रेफर गरिदियो। यतिबेलासम्म ढिलो भइसकेको थियो, विराटनगर लैजाँदै गर्दा बाटोमै मेरो श्रीमतिको मृत्यु भयो।’
घटनापछि मृतकका आफन्त र परिवारजनले अस्पताल अगाडि राजमार्गमा शव राखेर प्रदर्शनसमेत गरेका थिए। प्रदर्शनपछि प्रहरीले अस्पतालका सञ्चालकसमेत रहेका डा तेजशंकर यादवसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।
हाल शवपरीक्षणका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको र त्यसको प्रतिवेदनअनुसार थप कारबाही अघि बढाउने गरी आफन्तसँग कुरा भएको प्रहरी नायब उपरीक्षक पासवानले बताए।
सामाग्री श्रोत :
जनकपुर– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले मुलुकमा लोकतन्त्रविरोधी शक्तिहरुले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको टिप्पणी गरेका छन् ।
शनिबार जनकपुरधाममा समाजवादी महिला संघ नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीय गणतन्त्रलाई समाप्त गर्न सडकदेखि सदनसम्म लोकतन्त्रविरोधीहरुले षड्यन्त्र गरिरहेको बताए ।
उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र नभए समानता पनि नहुनेमा जोड दिए । विगतको २५० वर्षको निरङ्कुश शासनमा महिलाहरुका लागि समानता कतै नभएको उनले बताए ।
‘पहिलाको तुलनामा अहिले महिलाहरुले हरेक निकाय, क्षेत्रमा आफ्नो हकअधिकार पाइरहेका छन्, ती सबै मधेश आन्दोलनबाट प्राप्त संघीयताको उपलब्धि हो’, अध्यक्ष यादवले भने ।
उनले अहिले महिलाको ३३ प्रतिशत सहभागिता भए पनि राज्यको हरेक अंगमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्नेमा जोड दिए । समानताको परिकल्पना जनता समाजवादी पार्टीबाहेक अन्य कुनै पार्टीमा नभएको उनको भनाइ थियो ।
उनले मुलुक मन्त्री र प्रधानमन्त्रीले नभई बिचौलियाहरुले चलाइरहेको आरोप लगाएका छन् । कमिसनखोर, दलाल र बिचौलियाहरुले सबै नियुक्ति र बजेट निर्माणमा कब्जा गरेको उनले आरोप लगाए ।
सरकारले २६ खर्ब बढी वैदेशिक ऋण लिए पनि त्यो ऋण कहाँ खर्च हुँदैछ भन्ने कसैले बुझ्न नसकेको अध्यक्ष यादवले उल्लेख गरे ।
विश्व बैंकले खर्बौखर्ब रुपैयाँ अनुदान दिए पनि देश विकास हुन नसक्नुमा भ्रष्टाचार मुख्य कारण भएको उनको भनाइ छ ।
अध्यक्ष यादवले मुलुक अहिले राजनीतिक रुपमा संकट र आर्थिक रुपमा जर्जर अवस्थामा रहेको टिप्पणी गरे । सरकारले संविधान संशोधन गर्ने नाममा जनतालाई ठग्ने काममात्र गर्दै आएको उनले आरोप लगाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- संयुक्त राष्ट्र यौन तथा प्रजनन स्वास्थ्य एजेन्सी (युएनएफपी)लाई अमेरिकन सरकारले दिने अनुदान रोक्ने निर्णय गरेको छ। जसले मानवीय संकटमा परेका लाखौं मानिसहरूलाई प्रदान गरिँदै आएको अत्यावश्यक सहयोग कटौती हुनुका साथै मातृ स्वास्थ्यका क्षेत्रमका असर पर्ने जनाएको छ।
अमेरिकाले यो निर्णय ‘केम्प-कास्टेन संशोधन’लाई आधार बनाएर लिएको बताइएको छ। जसमा जबर्जस्ती गर्भपतन वा अनैच्छिक बन्ध्याकरणको कार्यक्रमको व्यवस्थापनमा संलग्न कुनैपनि संस्थालाई अमेरिकी रकम उपलब्ध गराउन नपाइने उल्लेख गरिएको छ। तर, चीनमा युएनएफपीएले जबर्जस्ती गर्भपतन वा अनैच्छिक बन्ध्याकरणमा संलग्न भएको भन्ने दावीहरू अमेरिकी सरकार र अन्य निकायहरूले गरेका मूल्यांकनहरूमा प्रमाणित नभएको पुष्टि भइसकेको छ।
युएनएफपीएकाका लागि अमेरिका एक महत्वपूर्ण साझेदार हो, जसले वार्षिक रूपमा औसत १८० मिलियन डलर अनुदान प्रदान गर्दै आएको थियो।
यस निर्णयसँगै, एनएफपीएले पहिले नै ४० भन्दा बढी मानवीय सहायता अनुदानहरूका लागि समाप्ति सूचना पाइसकेको बताएको छ। ती अनुदानहरूको कुल रकम करिब ३३५ मिलियन अमेरिकी डलर रहेको छ, जसले २० भन्दा बढी संकटग्रस्त देश तथा क्षेत्रहरूमा मातृ स्वास्थ्य सेवा, हिंसाबाट सुरक्षा, बलात्कारको उपचार र अन्य जीवनरक्षक सेवाहरू प्रदान गर्दै आइरहेका थिए।
यस किसिमको अनुदान कटौतीले विश्वभरिका महिला र किशोरीहरूमा गम्भीर प्रभाव पार्ने एनएफपीएको भनाइ छ। जस्तो, अफगानिस्तानमा ९ मिलियनभन्दा बढी महिलाहरू मातृ स्वास्थ्य सेवा र अन्य आवश्यक सेवाहरूबाट वञ्चित हुने उल्लेख छ। त्यस्तै, अधिकृत प्यालेस्टिनी क्षेत्रहरूमा, सुत्केरी महिलाहरूका लागि मोबाइल चिकित्सा इकाइ, सुरक्षित स्थलहरू, औषधिहरू तथा सुत्केरीपछिको देखभालका किटहरूको व्यवस्था रोकिने बताइएको छ।
‘यसले विश्वभर मानवअधिकार र महिला स्वास्थ्यमा दीर्घकालीन नकरात्मक असर पार्ने देखिन्छ,’ एनएफपीएले भनेको छ।
सामाग्री श्रोत :
swasthyakhabar
जनकपुरधाम। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकार तस्कर र बिचौलियाहरुले चलाएको आरोप लगाएका छन्।
जसपा नेपालको भातृ संगठन समाजवादी महिला संघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान सरकार जनताको नभई तस्कर र बिचौलियाहरुको रहेको आफैँले पुष्टि गरिसकेको दाबी गरे।
बजेट निर्माणको क्रममा मुख्यकक्षसम्मै बिचौलियाहरु पुगेको घटना प्रमाणित भईसकेको उल्लेख गर्दै उनले यस्तो सरकारसँग जनताले विकास र सुशासनको अपेक्षा राख्नु नै गलत हुने बताए।
अमेरिकी राष्ट्रपतिले आफनो संसदमै नेपाली नेताहरुलाई ‘फ्रड लिडर’ भनेर सम्बोधन नै गरिसकेको स्मरण गराउँदै उनले अहिलेको सरकार मुलुकमा मात्र नभई वैश्विक स्तरमै आफनो विश्वास गुमाई सकेको टिप्पणी गरे।
मुलुक अहिले वैदेशिक रेमिट्यान्सले संचालन भई रहदा समेत सरकारले वैदेशिक रोजगारमा रहेका श्रमिकहरुका लागि ठोस नीति ल्याउन नसक्नु राज्यकै लागि लज्जास्पद रहेको बताए।
संविधान संशोधनको नाउमा कांग्रेस कम्युनिष्टले संघीय लोकतान्त्रिक गणतन्त्रसँगै खेलाँची गर्ने षडयन्त्र गरिरहेको बताउँदै अध्यक्ष यादवले भने ,‘उनीहरु संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नभई यसलाई समाप्त पर्ने बाटो कुरी रहेका छन्। जुन दिन संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त गर्ने क्लु उनीहरुले पाँउछन त्यहि दिन संशोधनको बाटोमा जान्छ।’
परिवर्तन विरोधी शक्तिहरु मुलुकलाई प्रतिगमन तीर लैजाने षडयन्त्र गरि रहेको दावी गर्दै अध्यक्ष यादवले उनीहरु सडक, सदन र षडयन्त्र तीन वटै मोर्चामा भिडेको बताए। ऐतिहासिक जनआन्दोलन, जनयुद्ध र मधेश विद्रोहको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निमित परिवर्तनकारी शक्तिहरुलाई सचेत हुनुपर्ने बेला आएको बताए।
महिलाहरुलाई समानताको अधिकार नदिए सम्म मुलुकले विकास र समृद्धि प्राप्त गर्न नसक्ने बताउदै उनले अवसर, सम्पति, शिक्षा र न्यायालयमा समान पहुँचको आधार तय गर्नु पर्ने बताए।
सामाग्री श्रोत :
अहिलेकाे सरकारलाई बिचौलिया र तस्करले चलाएका छनः उपेन्द्र यादव
एजेन्सी– अफगानिस्तानको उत्तरी क्षेत्रमा तालिबान अधिकारीहरूले सत्ता सम्हालेयता प्रतिबन्धित वाद्यवादन र गीत गाउने १४ जनालाई शुक्रबार पक्राउ गरेको प्रान्तीय प्रहरीले शनिबार जनाएको छ।
तालिवान सरकारले सन् २०२१ मा सत्ता कब्जा गरेदेखि नै इस्लामी कानुनप्रतिको उनीहरूको कठोर दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने कानून र नियमहरू निरन्तर लागू गर्दै आएको छ।
प्रतिबन्धित गीत सङ्गितलाई सार्वजनिक रूपमा प्रत्यक्ष प्रदर्शनदेखि लिएर जमघटमा, रेस्टुरेन्टमा, कारमा वा रेडियो र टिभीमा बजाउनसमेत निषेध गरिएको छ ।
प्रहरीले एक विज्ञप्ति जारी गर्दै बिहीबार राति उत्तरी तखार प्रान्तको राजधानीमा ‘रातको समयको फाइदा उठाउँदै’ एक आवासीय घरमा भेला भई चौध जनाको एक समूहले बाजा बजाइरहेका थिए र गीत गाइरहेका थिए । प्रशासनले ती गीतले जनतामा अशान्ति पैदा गरेको आरोप लगाइएको छ ।
पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बताइएको छ ।
तालिबानले अफगानिस्थानको सत्ता आफ्नो कब्जामा लिएपछि अधिकारीहरूले सङ्गीत विद्यालयहरू बन्द गरेका थिए र सङ्गीतले ‘नैतिक भ्रष्टाचार’ र सार्वजनिक अशान्ति निम्त्याएको भन्दै वाद्ययन्त्र र ध्वनि प्रणालीहरू भाँच्ने फुटाउने वा जलाउने गरेका थिए।
विवाह घरहरूमा अहिलेसङ्गीत बजाउन अनुमति छैन तर अलग–अलग महिला समूहहरू प्रायः गोप्य रूपमा भेला भई गीत सङ्गीतको आनन्द लिने गर्छन् ।
अफगानिस्तानमा आफ्नो जीविकोपार्जन गुमाएपछि धेरै अफगानी सङ्गीतकर्मीहरू डरले वा कामको खोजीमा तालिवान प्रशाशित यस मुलुकबाट पलायन भएका छन् ।
तालिवान अधिकारीहरूले पूर्व सङ्गीतकारहरूलाई उनीहरूको अघिल्लो शासनमा १९९६–२००१ को शासनकालमा अनुमति दिइएको गीत सङ्गीत सिर्जना गर्न र आफ्नो प्रतिभालाई इस्लामी कवितातर्फ केन्द्रित गर्न वाश्लोकहरूमा इस्लाम मन्त्र समेट्न प्रोत्साहित गर्नेगरेका छन् ।
—
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संविधानले सबै जातिको अधिकारको सुनिश्चित गरेको बताएका छन्। आज यहाँ नेपाल शेर्पा संघ बागमती प्रदेशको दोस्रो अधिवेशनमा मन्त्री गुरुङले संविधान संशोधन गर्ने भनिए पनि बाहिर हल्ला भएजस्तो कुनै पनि विषयमा टुंगो नलागेको बताए।
मन्त्री गुरुङले भने, ‘संविधान संशोधन गर्ने भनेका छौँ तर कुनै समुदायलाई हानी गर्ने किसिमले त्यो गरिँदैन, गरिनुहुँदैन। संविधानसभामार्फत निर्माण भएको संविधानले जसरी सबै जातजाति र समुदायको भावनालाई समेटेको छ, त्यही नै कायम रहन्छ। केही राजावादीले गरिरहेको हल्लामा सत्यता छैन, उनीहरूले राजा ल्याएर एउटा धर्मको राज्य बनाउने सपना नदेख्दा हुन्छ।’
उनले समानुपातिक प्रणालीकै कारण सबै जातजातिको प्रतिनिधित्व सुनिश्चित भएको भन्दै यो प्रावधानले राज्य सञ्चालनमा अस्थिरता ल्याएको भन्ने तर्क सही नरहेको धारणा राखे। ‘धर्मनिरपेक्षता हटाउने, निर्वाचन प्रणालीमा फेरबदल गर्ने जस्ता कुराका विषयमा खबरदारी गर्न सक्नुपर्छ। शेर्पा संघ वा जनजाति महासंघले आफ्ना हकअधिकार खोसिन लागेको महसुस भएमा आवाज उठाउन सक्नुपर्छ, किनकि अहिलेको संविधानले सबैको अधिकारको सुनिश्चित गरेको छ’, मन्त्री गुरुङले भने।
उनले शेर्पा समुदायले आफ्नो परम्परागत पेसासँगै अन्य क्षेत्रमासमेत आफ्नो उपस्थिति बढाउँदै लानुपर्नेमा जोड दिए।
नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले पछिल्लो समय संघमा सक्रिय सहभागिता बढिरहेको बताए। ‘हामीले वडा र गाउँबाट प्रतिनिधि पाएँका छौँ, विस्तारै राजनीतिक चेतना बढेको छ, तर संघमा आउने पदाधिकारीले समुदायको हितमा काम गर्न सक्नुपर्छ’, उनले भने।
कार्यक्रममा शेर्पा संघका बागमती प्रदेश अध्यक्ष आङछिरी शेर्पाले अधिवेशनबाट सहमतिकै आधारमा बन्ने नयाँ समिति बन्ने विश्वास व्यक्त गरे। कार्यक्रममा राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, पूर्वमन्त्री कृपासुर शेर्पा, पूर्वराजदूत लक्की शेर्पालगायत उपस्थित थिए।
सामाग्री श्रोत :
नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छः मन्त्री गुरुङ
बुटवल– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो भ्रष्टाचार भएको आरोप लगाएका छन्।
भ्रष्टाचार गर्नकै लागि यी दुई विमानस्थल बनाएको उनले दाबी गरे। शनिबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनबारे गरेको छलफलमा बोल्दै लिङ्देनले ठूला योजना ल्याउँदा ठूलै पैसा खान पाइन्छ भनेर विमानस्थल बनाइएको आरोप लगाए।
प्रतिनिधि सभा सदस्य समेत रहेका लिङ्देनले चारसय बिघा जग्गा अधिग्रहण गरेर हुनेमा ८ सय बिघा बढी अधिग्रहण गरी गौतमबुद्ध विमानस्थलमा भ्रष्टाचार गरिएको दाबी गरे।
‘नागरिकको टाउकोमा ऋण थोपरेर ४०/४१ अर्ब खर्च गरेर विमानस्थल बनाउने तर नचलाउनेको खोजी गर्नुपर्ने बेला आएको छ,’ लिङ्देनले भने।
लिङ्देनले सरकारले चाहे गौतमबुद्ध विमानस्थल सञ्चालन हुन सक्ने तर पोखरामा न्यारोबडी जहाज समेत सञ्चालनमा कठिनाइ हुनसक्ने बताए।
अब विमानस्थल पनि चलाउनुपर्ने र भ्रष्टाचार लगायत ऋण बोकाएर विमानस्थल बनाउनेलाई पनि कारबाही गर्नुपर्ने माग गरे।
भैरहवामा नियमित उडानका लागि बुद्धिष्ट मुलुकहरूमा उडान गरी धार्मिक तथा आध्यात्मिक पर्यटक भित्र्याउन सक्नुपर्ने उनको भनाइ छ।
अध्यक्ष लिङ्देनले अहिले चलाइरहेको व्यवसाय टिकाउनै गाह्रो भएको र नयाँ व्यवसाय गर्छु भन्दा कयौं कार्यालय धाउन र घुस दिँदा समेत काम नहुने समस्या रहेको उल्लेख गरे।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, संघका पूर्वअध्यक्षहरू कुलप्रसाद न्यौपाने, विष्णुप्रसाद शर्मा, सचिव मंगल भण्डारी लगायतका उद्योगी व्यवसायीले विमानस्थल नचल्दा निजी क्षेत्रको लगानी डुब्न लागेको, सरकारले आफै घोषणा गरेका कार्यालय समेत स्थापना नगर्दा उडान गरिरहेका एयरलाइन्सहरू पनि काठमाडौं केन्द्रित भएको गुनासो गरे।
अझै पनि विमानस्थल सञ्चालन नहुने हो भने कयौं व्यवसायीले आत्महत्या गर्न बाध्य हुने उनीहरूको भनाइ छ।
पछिल्लो समय विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन छ। विमानस्थललाई लक्षित गरी गरिएको अर्बौं लगानी डुब्न लागेको भन्दै निजी क्षेत्र आन्दोलित छ। व्यवसायीले तत्काल विमानस्थल नचले आफूहरू उठ्नै नसक्ने गरी पलायन हुने जोखिममा पुगेको बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काबुल। अफगानिस्तानको उत्तरी क्षेत्रमा तालिबान अधिकारीहरूले सत्ता सम्हालेयता प्रतिबन्धित वाद्यवादन र गीत गाउने १४ जनालाई शुक्रबार पक्राउ गरेको प्रान्तीय प्रहरीले शनिबार जनाएको छ।
तालिवान सरकारले सन् २०२१ मा सत्ता कब्जा गरेदेखि नै इस्लामी कानुनप्रतिको उनीहरूको कठोर दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने कानून र नियमहरू निरन्तर लागू गर्दै आएको छ।
प्रतिबन्धित गीत संगीतलाई सार्वजनिक रूपमा प्रत्यक्ष प्रदर्शनदेखि लिएर जमघटमा, रेस्टुरेन्टमा, कारमा वा रेडियो र टिभीमा बजाउनसमेत निषेध गरिएको छ।
प्रहरीले एक विज्ञप्ति जारी गर्दै बिहीबार राति उत्तरी तखार प्रान्तको राजधानीमा ‘रातको समयको फाइदा उठाउँदै’ एक आवासीय घरमा भेला भई चौध जनाको एक समूहले बाजा बजाइरहेका थिए र गीत गाइरहेका थिए। प्रशासनले ती गीतले जनतामा अशान्ति पैदा गरेको आरोप लगाइएको छ।
पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बताइएको छ।
तालिबानले अफगानिस्थानको सत्ता आफ्नो कब्जामा लिएपछि अधिकारीहरूले संगीत विद्यालयहरू बन्द गरेका थिए र संगीतले ‘नैतिक भ्रष्टाचार’ र सार्वजनिक अशान्ति निम्त्याएको भन्दै वाद्ययन्त्र र ध्वनि प्रणालीहरू भाँच्ने फुटाउने वा जलाउने गरेका थिए।
विवाह घरहरूमा अहिलेसंगीत बजाउन अनुमति छैन तर अलग–अलग महिला समूहहरू प्रायः गोप्य रूपमा भेला भई गीत सङ्गीतको आनन्द लिने गर्छन्।
अफगानिस्तानमा आफ्नो जीविकोपार्जन गुमाएपछि धेरै अफगानी संगीतकर्मीहरू डरले वा कामको खोजीमा तालिवान प्रशाशित यस मुलुकबाट पलायन भएका छन्।
तालिवान अधिकारीहरूले पूर्व संगीतकारहरूलाई उनीहरूको अघिल्लो शासनमा १९९६–२००१ को शासनकालमा अनुमति दिइएको गीत संगीत सिर्जना गर्न र आफ्नो प्रतिभालाई इस्लामी कवितातर्फ केन्द्रित गर्न वाश्लोकहरूमा इस्लाम मन्त्र समेट्न प्रोत्साहित गर्नेगरेका छन्।
सामाग्री श्रोत :