२०८२ बैशाख २७ शनिबार
२०८२ बैशाख २७ शनिबार

म्यानमारबाट उद्धार गरिएका १२ जनालाई नेपाल फर्काइयो

काठमाडौं । म्यानमारबाट उद्धार गरिएका १२ जना नेपालीहरुलाई थाइल्याण्डको बैंकक हुँदै नेपाल फर्काइएको छ । म्यानमारको मेवाडी क्षेत्रबाट उद्धार गरिएका ११ पुरुष र एक महिलालाई थाइल्याण्ड सरकारको सहयोगमा बैंककस्थित नेपाली राजदूतावासले वैशाख २४ गते नेपाल फर्काएको हो ।
अनलाइन स्क्यामिङ कार्यमा संलग्न गराइएका ती नेपाली नागरिकहरूलाई उद्धार गरी टाक इमिग्रेशन अफिस, मे सोट हुँदै थाइल्याण्ड ल्याइएको थियो । थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै उद्धार गरिएका १२ नेपालीलाई स्वदेश फर्काइएको जानकारी दिएको हो ।
सबै नेपाली नागरिकलाई नेपाल सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान राजदूतावासले अनुरोध समेत गरेको छ । साथै, छिटो समयमा र धेरै पैसा कमाउने लालचमा परेर कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका देशहरूमा अवैध रूपमा नजान पनि सचेत गराएको छ ।

सामाग्री श्रोत :
deshparadesh

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट