२०८२ आश्विन २८ मंगलवार
LATEST NEWS
२०८२ आश्विन २८ मंगलवार

समाजवादीका कार्यदिशाको समीक्षा गर्दै एकीकृत समाजवादी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले नेपाली विशेषतासहित समाजवादीका कार्यदिशाबारे बृहत् बहस एवं समीक्षा गर्ने भएको छ। यही वैशाख २७ गते दाङमा गर्न लागिएको लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनका अवसरमा त्यस्तो समीक्षा गर्न लागिएको सो पार्टीले जनाएको छ।

पार्टीको गत वर्ष सम्पन्न १०औँ महाअधिवेशनले पारित गरेको विधान र कार्यक्रमअनुसार प्रदेश अधिवेशन गर्न लागिएको हो। अधिवेशनले लुम्बिनीका १२ वटै जिल्लाको पछिल्लो अवस्थाको रिपोर्टिङ, जिल्ला अधिवेशनको समीक्षाका साथै नयाँ कार्यसमिति निर्वाचित गर्ने पार्टी उपमहासचिव एवं लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज मेटमणि चौधरीले जानकारी दिए।

अधिवेशनले संविधानमा लेखिएअनुसार नेपालमै पहिलोपटक नेपाली विशेषतासहित समाजवादीका कार्यदिशा, राष्ट्रिय तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थितिबारे, जनवर्गीय सङ्गठनका कार्य प्रगतिको प्रतिनिधिले समीक्षा गर्ने कार्यक्रम छ।

अधिवेशनमा राजनीतिक, सांगठनिक, आर्थिकलगायत अन्य प्रतिवेदन पारित गरिने छ। नेपालका कम्युनिष्ट पार्टीहरूमध्ये समाजवादी पार्टीले नै पहिलोपटक कार्यक्रम, नीति र स्पष्ट कार्यदिशासहितको कार्यक्रम ल्याएको जनाइएको छ।

पार्टीको १०औँ महाधिवेशनले पारित गरेको कार्यक्रमअनुसार एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गरी समाजवादी कार्यदिशा बोकेर गाउँगाउँमा खटिनसमेत नेता, कार्यकर्तालाई निर्देशन दिइएको छ।


सामाग्री श्रोत :

समाजवादीका कार्यदिशाको समीक्षा गर्दै एकीकृत समाजवादी

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट