२०८२ बैशाख २७ शनिबार
२०८२ बैशाख २७ शनिबार

मधेसमा नयाँ रंगशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने

महेन्द्रनगर (धनुषा) युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी बजेटमा मधेस प्रदेशमा नयाँ रंगशाला निर्माण तथा पुराना संरचना मर्मतका लागि आवश्यक बजेट विनियोजन गर्ने बताएका छन्।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघको समन्वयमा आजदेखि जनकपुरधामको रजौलमा रहेको रामजानकी बहुउद्देश्यीय रंगशालामा सुरु भएको तेस्रो जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका थिए। मन्त्री चौधरीले मधेस प्रदेशमा आयोजना हुने ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पूर्वाधारका निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर आगामी बजेट विनियोजन गर्ने बताएका हुन्।

उनले जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्तरराष्ट्रिय रंगशाला निर्माणमा मन्त्रालयले गुठी संस्थानसँग सम्झौता गराउन पहल गरिरहेको जानकारी गराए। खेलकुदको विकासमा स्थानीय तहको अहम् भूमिका रहने उल्लेख गर्दै जनकपुरधाम उपमहानगरपालिकाले निरन्तर मेयर कपको आयोजना गरेर खेल तथा खेलाडीको मनोबल बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा उनले प्रशंसा गरे।

मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले जनकपुरधाममा रामजानकी बहुउद्देश्यीय रंगशालाको निर्माणका लागि वैधानिक प्रक्रिया अगाडी बढाइसकेकाले चाँडै रंगशाला निर्माणको बाटो खुला हुने बताए।

उनले मधेस प्रदेशकै आठ जिल्लामा रंगशाला निर्माण गर्ने पक्षमा प्रदेश सरकार रहेको बताए। पुराना अधुरा खेलकुदको आयोजना निर्माण सम्पन्न गर्नुपर्ने दायित्व प्रदेश सरकारकै भएको उनको धारणा छ। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित रामजानकी बहुउद्देश्यीय रंगशालाको निर्माण प्रक्रिया अगाडि बढिसकेको र चाँडै सम्पन्न हुने विश्वास व्यक्त गरे।

नेपाल क्रिकेट संघका कोषाध्यक्ष पद्म खडकाले नेपाली खेलकुदको विकासका लागि तीनै तहका सरकारको सहयोग र साथ आवश्यक भएको बताए। आजदेखि जेठ २ गतेसम्म सञ्चालन हुने तेस्रो जनकपुरधाम मेयर कप प्रतियोगितामा मधेस प्रदेशका आठ जिल्लाका अतिरिक्त भारतको बिहारका मुजफ्फरपुर, पुरनीया, उत्तर प्रदेशका लखनाऊ र दिल्लीका ४ टिम गरेर कूल १२ टिमको सहभागिता रहेको छ।


सामाग्री श्रोत :

मधेसमा नयाँ रंगशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट