२०८२ जेष्ठ १६ बिहीबार
२०८२ जेष्ठ १६ बिहीबार

दोबाटो [कविता]

बिरामी हेर्छु, टेस्ट गरौं कि नगरौं
दोबाटोमा पर्छु
गरौं महँगो छ, 
नगरौं बिरामी मान्दैनन्।
एक्सरे गर्न पर्दैन भन्दा 
पर्छ भन्छन्!
Mri अहिले चाहिन्न भन्दा
चाहिन्छ भन्छन्!
किनकी,
आजकल बिरामीहरू
डाक्टरहरूलाई कम र
मेसिनहरूलाई बढी 
विश्वास गर्छन्। 

सेवा ठूलो कि मेवा ठूलो
दोधारै छ।
बिरामीको मृत्यु
स्वभाविक कि लापरबाही
दोधारै छ।

यहि र यस्तै
सुख र दुख
सत्य र असत्य
खुट्याउन नसकिने
भाष्यहरूविच उभिएको छु।
अझ बढी दुत्कर लाग्छ 
जब परपर सम्म 
स्वार्थका लागी पूरुषार्थ 
देखाउनेहरूको 
लामो लाइन देख्ने गर्छु।

हरदिन हर पल
यहि र यस्तै दुविधाको
ठूलो चाङमाथि उभिएको
म एउटा यात्री
जहाँ जान खोज्छु
जे गर्न खोज्छु
दोबाटोमै उभिए झैं लाग्छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?