
खोटाङ। यहाँको बराहपोखरी गाउँपालिकामा यस आर्थिक वर्षमा ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न भएका छन्। गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा दिइएको जानकारीअनुसार सम्झौता गरिएकामध्ये २६ वटा योजना सम्पन्न हुन बाँकी छन्।
गाउँपालिकाले चालु आर्थिक वर्षको कूल बजेटमध्ये ५८.५७ प्रतिशत खर्च गरेको लेखा अधिकृत छत्रबहादुर बानियाँले जानकारी दिए। लेखा अधिकृत बानियाँका अनुसार चालुतर्फ ६३.६४ र पुँजीगततर्फ ४७.९४ प्रतिशत बजेट खर्च गरेको हो।
चालु आर्थिक वर्षका लागि गाउँपालिकाको बजेट रु ३२ करोड ९२ लाख ३५ हजार छ। संघीय समानीकरणतर्फ रु पाँच करोड ४६ लाख ७० हजारमध्ये हालसम्म रु चार करोड ४५ लाख ७५ हजार खर्च भएको छ। सशर्त अनुदानतर्फ रु १३ करोड ३८ लाख ४९ हजार प्रक्षेपण गरिएकोमा रु १० करोड चार लाख चार हजार आम्दानी हुँदा रु नौ करोड २० लाख ९५ हजार खर्च भएको छ।
गाउँपालिकामा बिहीबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयवासीले गाउँपालिकाबाट सम्पादित योजनामाथि जिज्ञासा राखेका थिए। उनीहरुले गाउँपालिकाबाट सम्पादन हुने कार्यक्रम जनमुखी बनाउँदै गुणस्तरमा ध्यान दिन सुझाव दिए।
गाउँपालिका प्रमुख शालिकराम बञ्जरा, उपप्रमुख भूबलराज राई, प्रमुख प्रशासकीय अधिकृत दिलकुमार अधिकारीलगायतले जिज्ञासाको जवाफ दिएका थिए।
सामाग्री श्रोत :
काठमाडौं । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली नागरिकलाई आवश्यक परेमा इस्लामाबादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकका लागि सम्पर्क नम्बर उपलब्ध गराएको हो ।
हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा रहेका नेपालीको सुरक्षा तथा हित सुनिश्चित गर्न नेपाल सरकार पूर्णरूपमा सचेत रहेको मन्त्रालयले जनाएको छ । पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको उक्त विज्ञप्तिमा उल्लेख छ ।
यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली दूतावासको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सकिनेछ ।
सम्पर्क:
वृन्दा सुवेदी खड्का, तृतीय सचिव: +९२ ३३१३२९३११९
आर्सलान मेहमुद: +९२ ३४०५१७४२६१
ईमेल: [email protected]
पछिल्लो अध्यावधिक: बैशाख २६, २०८२ १८:१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ –नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई आग्रह गरेका छन्।
नेपालस्थित चिनियाँ तथा बङ्गलादेश दूतावासका प्रतिनिधि तथा नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ मा सहभागी हुन नेपाल आएका दुवै देशको प्रतिनिधिमण्डललाई स्वागत गर्दै महासङ्घका अध्यक्ष ढकालले नेपालको पर्यटन, जलविद्युत्, स्वच्छ ऊर्जा, कृषि र विद्युतीय सवारीसाधनजस्ता क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेकाले लगानीको लागि आग्रह गरे।
उनले भने,“चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो। नेपालमा पर्यटन, ऊर्जा कृषि तथा आइटीजस्ता क्षेत्रमा प्रशस्त सम्भावना छ। ती क्षेत्रमा लगानी गर्न म यहाँहरूलाई आग्रह गर्दछु।”
अध्यक्ष ढकालले नेपालमा लगानीका लागि थुप्रै नीतिगत सुधारहरू भएका र लगानी गर्न चाहने व्यवसायीका लागि सहजीकरण गर्न महासङ्घ तयार रहेकोसमेत जानकारी गराए।
उनले नेपाल अन्तरराष्ट्रिय व्यापार मेलामा चीनको निरन्तर सहभागिताका लागि आभार व्यक्त गर्दै मेला केवल वस्तु तथा सेवाको खरिद बिक्रीको स्थल मात्र नभएर आपसी सहकार्य र व्यापार प्रवद्र्धनको उपर्युक्त माध्यम भएको बताए।
यसैबीच नेपाल–चीन आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै द्विपक्षीय व्यापार असन्तुलन न्यूनीकरण, संयुक्त लगानीका सम्भावनाका बारेमा महासङ्घमा चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल भएको छ।
छलफलका क्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाल–चीन सम्बन्धले व्यापार, लगानी, र सहकार्यका लागि ठूलो सम्भावना बोकेको चर्चा गर्नुहुँदै नेपाली उत्पादनको बजार पहुँच र निर्यात तथा सीमापार व्यापारमा चीनको सहयोग आवश्यक रहेको बताएका थिए।
चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको चाइना ट्रेड ब्यूरोका महानिर्देशक लिउ डायन समले नेपालका विभिन्न क्षेत्रमा चिनियाँ लगानी भइरहेको र अन्य क्षेत्रमा समेत लगानी गर्न तथा दुई देशबीचको व्यापार सम्बन्धलाई थप राम्रो बनाउन आफूहरू सधैँ तयार रहेको बताए।
नेपालस्थित चिनियाँ दूतावासका इकोनोमिक एन्ड कमर्स सेक्सनका सेकेन्ड सेक्रेटरी लि चाउले नेपालको व्यवसाय प्रवद्र्धन तथा चिनियाँ सहयोगका लागि दूतावास सधैँ सकारात्मक रहेको बताए।
छलफलका क्रममा महासङ्घका उपाध्यक्ष हेमराज शर्माले नेपालको उद्योग तथा व्यवसाय प्रवद्र्धनमा चिनियाँ प्रविधि, पुँजी र अनुभवले महत्त्वपूर्ण योगदान दिने बताउँदै त्यसका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताए।
यस्तै अर्का उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेकाले यस क्षेत्रमा सहकार्य र लगानीका लागि आग्रह गरे।
यस्तै महासङ्घका केन्द्रीय सदस्य एवं व्यापार मेला समितिका सभापति उमेश डालमियाले चीनमा आयोजना हुने मेलामा नेपाली व्यवसायीहरूको सहभगिताका लागि थप सहयोग एवं सहकार्यका लागि चिनियाँ पक्षलाई आग्रह गरे।
यही वैशाख २५ गतेदेखि सुरु भएको नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ मा सहभागी हुन यतिबेला चिनियाँ र बङ्गलादेशका व्यवसायीको समूह नेपालमा रहेको छ।
शुक्रबार करिब पाँच हजार दर्शकले मेला अवलोकन गरेको मेला सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। भारत र पाकिस्तानबीचको तनावका बीच शुक्रबार साँझदेखि पाकिस्तानले भारतको जम्मु कश्मिर र पञ्जाब क्षेत्रमा पुनः गोलाबारी गरेको छ। बीबीसीका अनुसार शुक्रबार साँझदेखि जम्मू, साम्बा, पठानकोट सेक्टरमा पाकिस्तानी ड्रोनहरू देखिएको छ। उक्त क्षेत्रमा ब्ल्याकआउट भएको र साइरनको आवान सुनिएको बताइएको छ। रिपोर्टका अनुसार भारतको वायु रक्षा प्रणालीले पाकिस्तानी ड्रोनलाई रोकेको छ। जम्मु र कश्मीरका मुख्यमन्त्री […]
सामाग्री श्रोत :
काठमाडौँ । नबिल बैंकले ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड’ योजनाको म्याद थप गरेको छ । ग्राहकले उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रिया दिएको भन्दै उक्त योजना असार मसान्तसम्म लम्ब्याएको बैंकले जनाएको छ ।
यो योजनाअन्तर्गत ग्राहकले क्रेडिट कार्ड लिन कुनै प्रवेश शुल्क, वार्षिक शुल्क वा सदस्यता शुल्क तिर्नु पर्दैन । ग्राहकले घर वा कार्यालयबाटै आवेदन दिई आफूलाई पायक पर्ने स्थानमा कार्ड प्राप्त गर्न सक्नेछन् ।
बैंकले यस योजनामार्फत आधुनिक बैंकिङ प्रवर्द्धन गर्नुका साथै वर्षेनी लाग्ने सेवा शुल्कबाट ग्राहकलाई मुक्त गर्ने लक्ष्य लिएको जनाएको छ । ‘बाई नाउ, पे लेटर’ सुविधाअन्तर्गत ग्राहकले शून्य ब्याजदरमा सामान खरिद गर्न सक्नेछन् । साथै विभिन्न आउटलेटहरूमा छुट पनि प्राप्त गर्न सकिनेछ ।
ग्राहकले नबिल बैंकको कुनै पनि शाखामा गई योजनासम्बन्धी थप जानकारी लिन सक्नेछन् । वा ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ का लागि आवेदन दिन सक्नेछन् । साथै, यो लिङ्कमा गई अनलाइनमार्फत पनि आवेदन दिन सकिने बैंकले जनाएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २६, २०८२ १८:४८
सामाग्री श्रोत :
टेक पाना
जहाँ म छु, त्यहाँबाट अहिले पनि बीच–बीचमा विस्फोटको आवाजहरू सुनिँदैछन्, सम्भवतः ठूला मिसाइलका,’ जम्मु र कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
सामाग्री श्रोत :
नेपाललाइभ
रुपन्देही। देवदहमा शनिबार रचना वाचन समारोह हुने भएको छ। रमेश स्मृती कोष नेपालले प्रत्येक वर्ष समर्पण गर्दै आइरहेको ‘रमेश स्मृती सम्मान २०८१’ तथा ‘रमेश स्मृती प्रोत्साहन पुरस्कार २०८१’ समर्पण समारोह देवदह स्थित ग्रीन प्लान्ट मावीको प्रांगणमा आयोजना गरेको छ।
अनुराग साहित्य समाज नेपालको आयोजना, रमेश स्मृती कोष नेपालको संयोजन तथा उज्यालो लाल्टिन प्रतिष्ठान र युगिन साहित्य समाज देवदहको सहकार्यमा उक्त समारोह गरिएको रमेश स्मृति कोषका अध्यक्ष दिप मिलनले जानकारी दिए।
उक्त कोषको स्रष्टा छनोट समितिले रमेश स्मृती सम्मान २०८१ का लागि धनकुटाका कवि रोशन परियार र प्रोत्सान पुरस्कार २०८१ का लागि देवदहकी युवा सामाजिक अभियान्ता तथा लौमुर पौष्टिक आहारकी संचालिका समज्ञा अधिकारीलाई छनोट गरेको थियो।
रचना वाचन समारोहमा पोखरामा बसेर साहित्यिक कर्म गरिरहेका साहित्यकार रूप रसाइली ‘पुछारघरे’ र सरू लामिछानेको विशेष रचना वाचन गरिने भएको हो।
सामाग्री श्रोत :
काठमाडौँ । ह्वावेले आधिकारिक रूपमा पीसीका लागि ‘हार्मोनी ओएस’ सार्वजनिक गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममार्फत कम्पनीले यो नयाँ अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो । यस प्रणालीले कम्प्युटर बजारमा ठुलो परिवर्तन ल्याउने र ह्वावेका डिभाइसहरूमा नयाँ आयाम थपिने कम्पनीले विश्वास छ ।
यसअघि ह्वावेले हार्मोनी ओएस स्मार्टफोन, ट्याब्लेट, स्मार्ट टिभी, वेरेबल्स र ककपिटमा उपलब्ध गराउँदै आएको थियो । अब भने कम्पनीले पहिलोपटक पीसीका लागि यो ओएस उपलब्ध गराएको हो ।
कम्पनीका अनुसार पीसीका लागि विकास गरिएको हार्…
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गरेको ‘सगरमाथा संवाद’को पहिलो संस्करणको अन्तिम तयारीमा सरकार रहेको जानकारी दिएकी छिन्।
मन्त्री डा राणाको अध्यक्षतामा आज परराष्ट्र मन्त्रालयमा बसेको सगरमाथा संवाद व्यवस्थापन समितिको बैठकमा उनले सो जानकारी गराएकी हुन्।
उनले नेपालले यस्तो अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक गर्न लागेको र एक स्थायी कूटनीतिक फोरमका रूपमा वर्षेनी आयोजना गर्ने निर्णय गरिसकेकाले यस कार्यक्रमलाई नेपालका लागि अत्यावश्यक तथा प्रभावकारी फोरमका रूपमा विकास गर्ने गरी परराष्ट्र मन्त्रालयले मेहनत गरिरहेको बताइन्।
जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यका विषयमा केन्द्रित रहेर यही मे महिनाको १६ देखि १८ सम्म काठमाडौँमा आयोजना गरिएको यस कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थितिका लागि एक महत्त्वपूर्ण प्लेटफर्म भएकाले सरकारले यसलाई सफल पार्न लागिपरेको जानकारी मन्त्री डा राणाले दिइन्।
उनले भनिन्, “जलस्रोत तथा पर्यावरणको मुख्य स्रोतका रूपमा रहेका नेपालका हिमाल पग्लिने क्रम बढ्दै गएको तथा नेपालले जलवायु परिवर्तनको अकल्पनीय क्षति व्यहोरिरहेको वर्तमान अवस्थाको सामूहिक वकालत गर्न तथा नेपालले विश्व मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द पार्न यो सम्मेलन महत्त्वपूर्ण हुनेछ।”
उनले जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रीय र विश्वव्यापी महत्त्वका गम्भीर मुद्दाहरूमा छलफल गर्न विश्वव्यापी संवाद मञ्चका रूपमा सगरमाथा संवादको सुरुआत गरेको र यस वर्षको यो पहिलो संस्करण रहेको पनि स्पष्ट गरिन्।
मन्त्री डा राणाले यस संवादमार्फत् जलवायु परिवर्तनबाट प्रभावित समुदाय, वैज्ञानिक, नीति निर्माता, पर्वतारोही, विश्वका नेताहरू एवं अन्तर्राष्ट्रिय सङ्घसङ्गठनहरूलाई छलफल र प्रतिबद्धताका लागि एकसाथ ल्याउने प्रयास नेपालले गरेको पनि बताइन्।
सगरमाथा संवादको पहिलो संस्करणको व्यवस्थापन समिति संयोजक रहेकी मन्त्री डा राणाले अन्तर्राष्ट्रिय समुदायको उच्चस्तरीय सहभागिता गराउने प्रयास गरिएको र उत्साहजनक रूपमा उहाँहरुले सहभागिताको सुनिश्चित पनि गर्नुभएको जानकारी दिइन्।
मन्त्री डा राणाले यस स्तरको कार्यक्रम नेपालका लागि एउटा ठूलो अवसर भएकाले आआफ्ना स्थानबाट सक्दो योगदान गर्न परराष्ट्र तथा सम्बद्ध सबै मन्त्रालयका कर्मचारी, निजी क्षेत्र तथा विश्वमा रहेका सबै नेपाली नियोगहरूलाई निर्देशन दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
सिन्धुपाल्चोक। जिल्लाको लिसंखु पाखर गाउँपालिका–१, निङ्गाले बागखोरस्थित मुडे–मेलुङ सडकखण्डमा आज साँझ यात्रुबाहक बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, दोलखाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५९३४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ७० प ८२३८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दोलखा मेलुङ गाउँपालिका–३ निवासी २३ वर्षीय सुरेश रसाइली गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
बस चालक दोलखा कालिञ्चोक गाउँपालिका–६ निवासी २३ वर्षीय माधवबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सामाग्री श्रोत :