२०८२ भाद्र २७ शुक्रबार
२०८२ भाद्र २७ शुक्रबार

आईफोन बनाउने फक्सकनले अब ईभी पनि उत्पादन गर्ने

काठमाडौँ । एप्पलको लागि आईफोन उत्पादन गर्ने ताइवानी कम्पनी फक्सकनले अब जापानी अटो कम्पनी मित्सुबिसी मोटर्सका विद्युतीय सवारी साधन (ईभी) बनाउने भएको छ । फक्सकन र मित्सुबिसीबिच हालै ईभीको डिजाइन र उत्पादनमा सहकार्य गर्ने प्रारम्भिक सम्झौता भएको छ ।

दुवै कम्पनीबीच भएको समझदारी अनुसार सवारी साधन फक्सकन र युलन मोटरको संयुक्त उद्यम कम्पनी फक्सट्रोनले निर्माण गर्नेछ । फक्सट्रोनले उत्पादन गरेका ईभी सन् २०२६ को अन्त्यदेखि बजारमा आउने अनुमान छ ।

फक्सकन विश्वको सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स उत्पादन कम्पनी हो । यसले एप्पलजस्ता ठुला प्रविधि कम्पनीहरूका लागि उत्पादन गर्दै आएको छ । अब यो कम्पनी अटोमोबिल क्षेत्रमा पनि विस्तार हुने क्रममा छ । यसअघि कम्पनीले जापानको निसान मोटरमा लगानी गर्ने सम्भावनाको संकेत पनि दिएको थियो ।

मित्सुबिसी हाल निसान र फ्रान्सेली अटो कम्पनी रेनोको गठबन्धनमा साझेदारको रूपमा संलग्न छ । तर, पछिल्ला वर्षहरूमा बीवाईडी जस्ता चिनियाँ कम्पनीले अन्तर्राष्ट्रिय बजारमा तीव्र रूपमा उपस्थिति बढाउँदै गएपछि जापानी कम्पनीहरू दबाबमा परेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ १५:०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट