
काठमाडौँ । एप्पलको लागि आईफोन उत्पादन गर्ने ताइवानी कम्पनी फक्सकनले अब जापानी अटो कम्पनी मित्सुबिसी मोटर्सका विद्युतीय सवारी साधन (ईभी) बनाउने भएको छ । फक्सकन र मित्सुबिसीबिच हालै ईभीको डिजाइन र उत्पादनमा सहकार्य गर्ने प्रारम्भिक सम्झौता भएको छ ।
दुवै कम्पनीबीच भएको समझदारी अनुसार सवारी साधन फक्सकन र युलन मोटरको संयुक्त उद्यम कम्पनी फक्सट्रोनले निर्माण गर्नेछ । फक्सट्रोनले उत्पादन गरेका ईभी सन् २०२६ को अन्त्यदेखि बजारमा आउने अनुमान छ ।
फक्सकन विश्वको सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स उत्पादन कम्पनी हो । यसले एप्पलजस्ता ठुला प्रविधि कम्पनीहरूका लागि उत्पादन गर्दै आएको छ । अब यो कम्पनी अटोमोबिल क्षेत्रमा पनि विस्तार हुने क्रममा छ । यसअघि कम्पनीले जापानको निसान मोटरमा लगानी गर्ने सम्भावनाको संकेत पनि दिएको थियो ।
मित्सुबिसी हाल निसान र फ्रान्सेली अटो कम्पनी रेनोको गठबन्धनमा साझेदारको रूपमा संलग्न छ । तर, पछिल्ला वर्षहरूमा बीवाईडी जस्ता चिनियाँ कम्पनीले अन्तर्राष्ट्रिय बजारमा तीव्र रूपमा उपस्थिति बढाउँदै गएपछि जापानी कम्पनीहरू दबाबमा परेका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ १५:०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ– भारत-पाकिस्तान द्वन्द्व चर्किइरहँदा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल सबै प्रकारका आतंकवादविरुद्ध उभिने जनाएको छ ।
पहलगाममा भएको अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि बढेको दुई देशबीचको तनावले नेपाल सरकार चिन्तित रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । पहलगाममा घटनामा १ जना नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको थियो ।
परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘उक्त दु:खद घटनामा नेपाल र भारत एकठाउँमा उभिएका थिए ।’ साथै परराष्ट्र मन्त्रालयले उक्त ‘आततायी आतंकवादी आक्रमण’ को तत्कालै आलोचना गरेको पनि जनाएको छ ।
साथै नेपालले आफ्नो भूमिबाट छिमेकी मुलुकविरुद्ध हुने कुनै पनि प्रकारका अवाञ्छनीय गतिविधि हुन नदिने जनाएको छ । त्यस्तै नेपालले दुई देशबीचको द्वन्द्व कम हुने आशा राख्दै यस क्षेत्रमा स्थिरता र शान्ति स्थापना हुने बताएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- मधेश प्रादेशिक वायामेडिकल व्यवस्थापन इकाई स्थापना भएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरधामको आयोजना तथा निक साइमन्स इन्स्टिच्यूटको आर्थिक तथा प्राविधिक सहयोगमा प्रादेशिक वायामेडिकल व्यवस्थापन इकाई स्थापना गरिएको हो।
उक्त इकाईको उद्घाटन कार्यक्रम मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुघन प्रसाद सिंहले गर्ने निर्देशक डा सुनिल प्रसाद कुशवाहाले बताएका छन्। वैशाख २६ गते हुने कार्यक्रममा मधेश प्रदेशमा रहेका बायोमेडिकल इन्जिनियर वा बायोमेडिकल टेक्निसियन सहभागी हुनेछन्।
कार्यक्रम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरमा हुनेछ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। पाकिस्तानले भारतका ३ राज्यका ११ सहरहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ। बिहीबार बेलुकीदेखि पाकिस्तानले गरेको उक्त आक्रमणलाई भारतीय वायु रक्षा प्रणालीले विफल पारेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल हमला गरिरहेको बताइएको छ। पाकिस्तान गरेको आक्रमणलाई भारतले एस–४०० एयर डिफेन्स मिसाइल सिस्टममार्फत असफल बनाएको दाबी गरेको छ।
पाकिस्तानले जम्मु कश्मिरको जम्मु, साम्बा, केरन, तंगधार, करनाह, अखनुर, आरएसपुरा सेक्टर, अरनिया लगायतका स्थानमा आक्रमण भएको छ। यसैगरी पञ्जाबको गुरदासपुर, राजस्थानको जैसलमेर र गुजरातको भुज क्षेत्रमा पनि आक्रमण भएको बताइएको छ।
ती क्षेत्रहरुमा लगातार साइरनको आवाज आएको र पूरै ब्ल्याकआउट भएको स्थानीयहरुले जनाएका छन्।
पाकिस्तानको आक्रमणपछि सुरक्षाको कारण देखाउँदै बिहीबारको आइपीएलको खेलसमेत रद्द भएको छ। पञ्जाब किङ्गस् र दिल्ली क्यापिटलबीच हिमाचल प्रदेशको धर्मशालामा भइरहेको खेल रद्द भएको हो।
पंजाबले १०.१ ओभरमा १ विकेट गुमाएर १२२ रन बनाउँदा ‘ब्ल्याकआउट’ भएपछि मैदानका तिनवटा फ्लडलाइट निभेका थिए। त्यसपछि मैदानका आपतकालिन ढोकाहरुबाट दर्शकहरुलाई बाहिर निकालिएको थियो। भारतीय संचारमाध्यम आजतकले खेलाडी र अन्य पदाधिकारीलाई तत्काल दिल्ली फर्काउन बीसीसीआईले विशेष बन्दे भारत रेललाई धर्मशाला पठाएको बताएको छ।
सामाग्री श्रोत :
काठमाडौँ । आफ्नो एन्ड्रोइड फोनको फाइल वा फोटो कम्प्युटरमा ट्रान्सफर गर्न वा हेर्नका लागि सधैँ यूएसबी केबुल खोज्नुपर्ने झन्झटबाट मुक्ति पाउन चाहनुहुन्छ ? चिन्ता नलिनु होस् । तपाईँ विन्डोज ११ बाट बिना केबुल वायरलेस तरिकाले नै आफ्नो एन्ड्रोइड फोनको स्टोरेज ब्राउज गर्न सक्नु हुन्छ ।
यो सुविधा माइक्रोसाेफ्टको फोन लिंक (Phone Link) मा आएको हो । यसले विन्डोज र एन्ड्रोइड डिभाइसबिच सम्पर्क स्थापित गर्न माइक्रोसफ्टको नयाँ क्रस डिभाइस एक्सपिरियन्स होस्ट (Cross Device Experience Host) प्रयोग गर्दछ ।
सामान्यतया फोनबाट कम्प्युटरमा फाइलहरू ट्रान्सफर गर्न ईमेल गर्ने, ह्वाट्सएप जस्ता एपहरू प्रयोग गर्ने वा क्लाउड स्टोरेज सेवाहरू (जस्तै वनड्राइभ वा गुगल ड्राइभ) मा अपलोड गर्ने अथवा यूएसबी केबुलले फोन कनेक्ट गर्ने गरिन्छ । तर फोन लिंकले भने अझ सहज विकल्प प्रदान गर्दछ ।
यसका लागि तपाईँको कम्प्युटर र एन्ड्रोइड फोन दुवै एउटै वाई-फाई नेटवर्कमा जोडिएको हुनुपर्छ । त्यस बाहेक तपाईँको कम्प्युटरमा विन्डोज ११ र फोनमा एन्ड्रोइड ८.० वा त्यसभन्दा पछिल्लो भर्सन रहेको कुरा पनि सुनिश्चित गर्नुहोस् ।
यति भइसकेपछि कम्प्युटरमा फोन लिंक एप र एन्ड्रोइड फोनमा लिंक टु विन्डोज (Link to Windows) एप इन्स्टल गर्नुपर्ने हुन्छ । फोन लिंकमा साइन इन गर्नका लागि तपाईँसँग माइक्रोसफ्ट अकाउन्ट चाहिन्छ ।
कसरी सेटअप गर्ने ?
१. सबैभन्दा पहिला कम्प्युटरको सेटिङ खोल्नुहोस् ।
२. Bluetooth & devices मा क्लिक गर्नुहोस् ।
३. दाहिनेतर्फ रहेको Mobile devices पेजमा क्लिक गर्नुहोस् ।
४. ‘Allow this PC to access your mobile devices’ टोगल स्विच अन गर्नुहोस् ।
५. अब कम्प्युटरमा फोन लिंक एप खोल्नुहोस् माइक्रोसफ्ट अकाउन्ट लगइन गरेर एन्ड्रोइड डिभाइस छान्नु होस् ।
– एन्ड्रोइड फोनमा लिंक टु विन्डोज एप खोल्नुहोस् र आवश्यक अनुमति दिएर Sign in to add computer मा ट्याप गर्नुहोस् ।
६. कम्प्युटरमा Manage devices बटनमा क्लिक गर्नुहोस् । यदि पहिलो पटक सेटअप गर्दै हुनुहुन्छ भने आवश्यक अन्य कम्पोनेन्ट पनि डाउनलोड गर्नुपर्ने हुन सक्छ ।
७. Add device बटनमा क्लिक गर्नुहोस् अनि आफ्नो मोबाइल र कम्प्युटरलाई पेयर गर्नुहोस् ।
८. अब ‘Show mobile device in File Explorer’ टोगल स्विच अन गर्नुहोस्।
यी चरणहरू पूरा गरेपछि तपाईँले अब विन्डोजको फाइल एक्सप्लोररबाट आफ्नो एन्ड्रोइड स्टोरेजमा एक्सेस गर्न सक्नु हुनेछ।
एन्ड्रोइड स्टोरेज ब्राउज गर्ने तरिका
१. कम्प्युटरमा File Explorer खोल्नुहोस् ।
२. बायाँ नेभिगेसन पेनमा रहेको आफ्नो एन्ड्रोइड फोनको आइकनमा क्लिक गर्नुहोस् । ३. अब तपाईँले आफ्नो फोनको स्टोरेज ब्राउज गर्न सक्नुहुन्छ ।
४. तपाईँले यहाँबाट क्यामेरा, डकुमेन्ट, डाउनलोड, इमेज, म्युजिक र भिडिओ लगायतका फोल्डरहरू एक्सेस गर्न सक्नु हुन्छ ।
५. यसरी लिंक गरेर फोनबाट कम्प्युटरमा वा कम्प्युटरबाट फोनमा फाइलहरू कपी पेस्ट गर्न सकिन्छ ।
यो विधि प्रयोग गर्दा फाइल ट्रान्सफरको स्पिड ९ एमबीपीएससम्म हुन सक्छ । जुन ठूला फाइल वा धेरै सङ्ख्यामा फाइल ट्रान्सफरका लागि केबुलको तुलनामा अलि सुस्त लाग्न सक्छ । तर साना फाइल र डकुमेन्टहरूका लागि यो उत्कृष्ट विकल्प हो । यो सुविधाले फोन लक भएको अवस्थामा पनि काम गर्छ ।
पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ १७:५१
सामाग्री श्रोत :
टेक पाना
अमेरिकी समाचार संस्था सीएनएनसँग कुरा गर्दै भारतका सैनिक प्रवक्ताले कश्मिरमा विष्फोटको भएको सुनिएपनि विस्तृत विवरण आइनसकेको बताएका छन् ।
सामाग्री श्रोत :
नेपाललाइभ
०८ मे / साइप्रस
साइप्रसमा एक नेपाली महिलाले आत्महत्या गरेकी छिन्। निकोसियामा गत २९ अप्रिल मंगलबार ३९ वर्षकी नेपाली महिलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ।
घरेलु महिलाको रुपमा ८ महिना अघि साइप्रस आइपुगेकी ति महिलाले बाथरुममा आत्महत्या गरेको प्रहरीको प्रारम्भिक रिपोर्टमा उल्लेख छ। आत्महत्याको घटनालाई नेपाली कन्सुलेट कार्यालयले पुष्टि गर्दै घटना दुखद भएको बताएको छ।
सिन्धुपाल्चोक घर भै हाउमेडको रुपमा निकोसियाको अरेदु भिलेज मा कार्यरत लामा थर भएकी मृतकको २ बच्चा रहेको बताइएको छ। नेपालमा आफ्नो श्रीमान संगको सम्बन्धमा केहि मनमुटाव रहेकोले कारणले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ।
नेपाली कन्सुलेट कार्यालयले मृतकको शव नेपाल पठाउन आवश्यक प्रक्रिया सुरु गरेको छ।
काठमाडौं- मातातिर्थ आयुर्वेद तथा बैकल्पिक चिकित्सा अस्पतालमा बिहिबारदेखि शल्यक्रिया सेवा सुरु भएको छ। सुरुवाती दिनहरुमा यो सेवा पुर्णरुपमा निशुल्क रहने अस्पताल प्रमुख डा नारायण आचार्यले जानकारी दिएका छन्।
नगरप्रमुख आदरणीय घनश्याम गिरीद्वारा उक्त सेवाको उद्घाटन गरिएको छ । बरिष्ठ शल्यचिकित्सक डा जितेन्द्र कुमार मण्डलले पाइल्सको अप्रेशन गरेका हुन्।
गुदागत बिकारहरुको एकदिने निशुल्क विशेषज्ञ शिविर पनि सम्पन्न भएको डा आचार्यले बताएका छन्।
सामाग्री श्रोत :
swasthyakhabar
अमरगढी (डडेल्धुरा) आलिताल गाउँपालिका–८ गोदाम बजार नजिक अटोरिक्साको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
भीनपा ००१ ह ०१२६ नम्बरको अटोरिक्साले ठक्कर दिँदा आलिताल–४, कैनघाडीका चार वर्षीय विवेक विकको ज्यान गएको हो। बुडरबाट जोगबुढातर्फ जाँदै गरेको अटोरिक्साले पैदल हिँडिरहेको अवस्थामा उनलाई ठक्कर दिएको हो।
विकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अटोरिक्साका चालक भने फरार छन्।
सामाग्री श्रोत :
काठमाडौँ । ह्वावेले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएको फ्लागशिप कार्यक्रम ‘सिड्स फर द फ्युचर, २०२५’ मा नेपालका तर्फबाट सहभागी हुने विद्यार्थीका लागि आवेदन खुला गरेको छ ।
‘बिल्डिङ अ फुल्ली कनेक्टेड, इन्टेलिजेन्ट वर्ल्ड बाई कल्टिभेटिङ डिजिटल ट्यालेन्ट’ नारासहित सुरु भएको उक्त कार्यक्रममा नेपालका विभिन्न कलेज तथा विश्वविद्यालयमा सूचना प्रविधि विषयमा स्नातक तह अध्ययनरत विद्यार्थीलाई लक्षित गरिएको कम्पनीले जनाएको छ ।
आवेदकहरुमध्येबाट निर्णायक मण्डलले विभिन्न चरणमार्फत सहभागी छनोट गर्नेछ । छनोट भएका विद्यार्थीहरू नेपालमा आयोजना हुने विभिन्न कार्यक्रममा सक्रिय रुपमा सहभागी हुनेछन् । सो अवधिमा विद्यार्थीहरूलाई वर्कसप, एक्सपोजर भिजिट, अन्तरवार्ता, असाइनमेन्ट र प्रस्तुतिकरणलगायतका चरणमा सहभागी गराइनेछ ।
विभिन्न चरणपछि छनोट हुने उत्कृष्ट विद्यार्थीले चीनमा आयोजना हुने प्रशिक्षण तथा क्षेत्रीय प्रतिस्पर्धामा भाग लिने अवसर प्राप्त गर्नेछन् भने क्षेत्रीय प्रतिस्पर्धामा उत्कृष्ट हुने विश्वव्यापी प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । चीनमा रहँदा उनीहरुले अत्याधुनिक प्रविधि इनोभेसनसम्बन्धी कार्यशालामा भाग लिने कम्पनीले जनाएको छ ।
सहभागीहरूले आफ्नो उद्यमशीलतासम्बन्धी अवधारणा सुनाउने अवसरका साथै ह्वावेका तथा अन्य अन्तर्राष्ट्रिय विज्ञमार्फत मेन्टरसिप पनि प्राप्त गर्नेछन् । चीनमा आयोजना हुने कार्यक्रममा १०० भन्दा बढी देशका सूचना प्रविधिमा रुचि राख्ने व्यक्तिहरुसँग विद्यार्थीहरुले साक्षातकार गर्ने अवसर प्राप्त गर्ने कम्पनीको भनाइ छ ।
कार्यक्रममा सहभागीहरुले अन्तर्राष्ट्रिय ब्राण्डसँग काम गर्न पाउने अवसर पनि प्राप्त गर्नेछन् । ह्वावेका अनुसार सहभागीहरूले आर्टिफिसियल इन्टेलिजेन्स, फाइभजी, ग्रीन टेक र पछिल्लो समय सूचना प्रविधिमा भइरहेका गतिविधि लगायतका विषयमा जानकारी लिन तथा छलफल गर्ने मौका पाउनेछन् ।
इच्छुक विद्यार्थीले यही वैशाख २५ गतेदेखि जेठ ११ गते (मे ७ तारिखदेखि मे २५) सम्म आवेदन दिनसक्ने ह्वावे नेपालले जनाएको छ । ह्वावे नेपालको फेसबुक पेजमा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन दिन सकिनेछ भने [email protected] मा ईमेल मार्फत थप जानकारी लिन सकिनेछ ।
नेपालमा आयोजना हुन लागेको यो छैटौँ संस्करणको कार्यक्रम हो । कम्पनीले सन् २०१९ देखि नेपालमा यो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । नेपालबाट हालसम्म यस कार्यक्रममा १५० जना सहभागी भइसकेका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ १८:५१
सामाग्री श्रोत :
टेक पाना