२०८२ जेष्ठ ४ शनिबार
LATEST NEWS
२०८२ जेष्ठ ४ शनिबार

किसानलाई मल र दूधको बक्यौता तत्काल उपलब्ध गराउन माओवादीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले किसानलाई समयमै पर्याप्त रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मुख्य बाली धान रोप्ने तयारी भइरहेका बेला किसानहरूले मलको अभाव झेल्नुपरेको बताए।

उनले भने, ‘हरेक वर्ष जब मुख्य बाली धान रोप्न तयारी हुन्छ, किसानले समयमा पर्याप्त मल पाउँदैनन्, कोटा प्रणाली मार्फत मल वितरण हुन्छ तर त्यो व्यवहारिक र सहज छैन, किसानले ५० किलो मल माग गर्दा मुस्किलले ५ किलो मात्रै पाउँछन्।’

सरकारको नीति तथा कार्यक्रमको बुँदा नं १६ मा ज्यादै लोकप्रिय प्रकारको कार्यक्रम अगाडि सारिएको भए पनि किसानकहाँ जाँदा किसानहरूले यो सरकार किसानमैत्री भएन भनेर गुनासो गर्ने गरेको बताए।

उनले भने, ‘म मुख्यबाली धानको तयारी हुँदै गर्दा पर्याप्त मात्रामा मलको उपलब्धता गराउने र ६ महिना देखि किसानले बेचेको दुधको पैसा डिडिसिले भुक्तानी गर्न सकेको छैन, यस दिशामा नेपाल सरकार र खासगरी कृषि मन्त्रालयको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु।’


सामाग्री श्रोत :

किसानलाई मल र दूधको बक्यौता तत्काल उपलब्ध गराउन माओवादीको माग

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट