२०८२ भाद्र २७ शुक्रबार
LATEST NEWS
२०८२ भाद्र २७ शुक्रबार

नेटफ्लिक्समा अब एआई च्याटबट, मोबाइलमा आफूले चाहेको फिल्म र शो खोज्न सजिलो हुने

काठमाडौँ । चर्चित स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले आफ्नो आईओएस एपमा एआई च्याटबट ल्याउने घोषणा गरेको छ । अहिले परीक्षणको रूपमा उपलब्ध रहेको यो च्याटबटमार्फत प्रयोगकर्ताले आफूले हेर्न चाहेको फिल्म वा शो सजिलै खोज्न सक्ने कम्पनीले जनाएको छ ।

लामो समयदेखि नेटफ्लिक्सका विभिन्न क्याटेगरीहरूमा भौंतारिँदा पनि आफूलाई मन पर्ने कुरा फेला पार्न नसकेका प्रयोगकर्ताहरूका लागि यो नयाँ फिचर निकै उपयोगी हुने कम्पनीको विश्वास छ। यसअघि नेटफ्लिक्सले आफ्नो एल्गोरिदम र ‘प्ले समथिङ’ बटन जस्ता अप्सन ल्याए पनि प्रयोगकर्ताहरूले सहजता महसुस गर्न सकेका थिएनन् ।

कम्पनीका अनुसार यो फिचरले सामग्री खोज्न सहज बनाउनेछ । 

उदाहरणका लागि, प्रयोगकर्ताले च्याटबक्समा ‘Something funny and upbeat’ वा “डI want something scary, but not too scary” जस्ता वाक्यांशहरू लेखेर खोजी गर्न सक्नेछन् । त्यसपछि एआईले सुझावहरूको सूची देखाउनेछ ।

आईओएसमा सफल भएमा यो सुविधा एन्ड्रोइड र टिभीमा पनि आउने संकेत दिइएको छ । 

साथै, नेटफ्लिक्सले अब ‘Emmy Award Winner, #1 in TV Shows’ जस्ता लेबलसहित जरुरी जानकारी (हाइलाइट) सुरुमा नै देखाउने बताएको छ ।

प्रयोगकर्ताले टिभीमा सजिलै देख्न सकून् भनेर ‘सर्च’ र ‘माई लिस्ट’ जस्ता फिचरहरू स्क्रिनको माथिल्लो भागमा सारिएको छ ‍। होमपेजलाई पनि थप सफा र आधुनिक बनाइएको छ । यसमार्फत प्रयोगकर्ताको मुड र रुचि अनुसार रिकमेन्ड दिने बताइएको छ । 

अर्कोतर्फ, मोबाइल एपमा अब केही हप्ताभित्र शो र फिल्मका साना क्लिपहरूको भर्टिकल फिड देख्न सकिनेछ । त्यहाँबाट प्रयोगकर्ताले शो वा फिल्म सिधा हेर्न, माई लिस्टमा थप्न वा साथीहरूसँग शेयर गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ ११:५२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट