२०८२ बैशाख २६ शुक्रबार
LATEST NEWS
२०८२ बैशाख २६ शुक्रबार

आईटी प्लाजा महोत्सवको म्याद शनिबारसम्म, बम्पर उपहारमा दुई ल्यापटप

काठमाडौँ । राजधानीको कमलपोखरीस्थित आईटी प्लाजामा जारी ‘आईटी प्लाजा महोत्सव’को म्याद आगामी शनिबार (१० मे २०२५) सम्म बढाइएको छ । महोत्सवमा ग्राहकको उल्लेख्य सहभागिता र सकारात्मक प्रतिक्रिया आएको भन्दै व्यवस्थापन समितिले म्याद थप्ने निर्णय गरेको हो ।

आयोजकका अनुसार यस महोत्सवमा ८० प्रतिशतसम्मको छुट, रु. ५,५०० मूल्यको एमएसआई गेमिङ माउस रु. १,००० मा तथा पहिला आउने २० जनालाई निःशुल्क ल्यापटप सर्भिसिङ जस्ता अफरमा आकर्षण देखिएको छ ।

महोत्सवमा सहभागी ग्राहकका लागि फोटो बुथमार्फत फोटो खिची फेसबुकमा पोस्ट गर्ने योजनाअन्तर्गत हरेक दिन पाँच जनाले पुरस्कार जित्ने अवसर पनि छ ।

त्यस्तै कुनै पनि सामग्री खरिद गर्ने ग्राहकहरू ‘Acer Nitro V15’ ल्यापटप जित्न सक्ने बम्पर लक्की ड्र मा सहभागी हुनेछन् । कलेज विद्यार्थीहरूका लागि छुट्टै बम्पर उपहारमा ‘Acer Aspire Lite 14’ ल्यापटप राखिएको छ ।

विद्यार्थीहरूले कलेजमार्फत वितरण गरिएका कुपन ल्याएर आईटी प्लाजामा रहेको ड्रप बक्समा राखी लक्की ड्र मा सहभागी हुन सक्नेछन् । दुवै बम्पर उपहारहरू महोत्सवको अन्तिम दिन समापन समारोहमा वितरण गरिने आयोजकले जनाएको छ ।


 

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ ७:५७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट