२०८२ बैशाख २५ बिहीबार
२०८२ बैशाख २५ बिहीबार

केही युट्युबे-फेसबुकेले निराशाको खेती गरेका छन्, देश बनिरहेको देख्दैनन्- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत देशमा निराशा फैलाउने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार लोकान्तर मिडियाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आँखामा पट्टी बाँधेर हेर्नेहरूले देशमा केही नभएको भन्दै भ्रम छरिरहेको जिकिर गरे । 

“यो त दुई–चार युट्युबे र फेसबुकेको कुरा हो । कहाँ छ जनतामा आक्रोश ? लगाइएका, खटाइएका मिसन बोकेकाहरूले निराशाको खेती गरेका हुन् । बाटो खनेको देख्छन्, बनेको देख्दैनन् । खाल्डो खन्यो, पुर्यो के गर्‍या ? यो हुन्छ सरकारको ताल ? भन्ने गर्छन् ।”

देश भइहेको विकासलाई बेवास्ता गर्दै सरकारको बदनाम गर्नुपर्ने अभियान चलाइएको प्रधानमन्त्रीको दुखेसो छ । “कालो चस्मा लगाएको भए त अलि अलि कालो भएपनि देखिन्थ्यो । टम्म आँखामा पट्टी बाँधेर सरकारको बदनाम गर्नुपर्छ भन्ने अभियान चलाइएको छ,” उनले भने । 

प्रधानमन्त्री ओलीले नेपाल प्राकृतिक स्रोतसाधनले भरिएको देश भएकाले निराश नभई आशावादी बन्न जनतालाई प्रेरित गर्नुपर्ने बताए ।

“हाम्रोमा त बाहिरबाटै तेल बगिरहेको छ । पानी छ । खनिज छन् । फलामखानी छन् । तामाखानी, सुनखानी, म्यानेसियम अनेक प्रकारका खानी छन् । हामीसँग औषधि छन्, जडिबुटी छन् । वन–जंगल सबै छन् । बहुमूल्य पत्थर छन् । ढुंगा पनि बिक्छ । अनि यस्तो ठाउँमा निराश फैलाउने कि आशावादिता जगाउने भन्ने कुरामा हामीले जनतालाई सिकाउनुपर्छ । जनतालाई निराश बनाउनु भनेको देशविरुद्धको अपराध हो,” ओलीले भने ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ १०:१०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट