२०८२ बैशाख २६ शुक्रबार
LATEST NEWS
२०८२ बैशाख २६ शुक्रबार

पाकिस्तानका १ हजार सीसीटिभी क्यामेरा भारतीय ह्याकरको नियन्त्रणमा

काठमाडौँ । भारत र पाकिस्तानका ह्याकिङ समूहबिच साइबर द्वन्द्व चर्किँदै गएको छ । पाकिस्तानी समूह पाकिस्तान साइबर फोर्सले भारतको मिलिटरी इन्जिनियरिङ सर्भिसेस (एमईएस), रक्षा अनुसन्धान संस्था (एमपी-आईडीएसए)को वेबसाइट ह्याक गरेको दाबी गरेपछि भारतीय समूह प्रतिकार उत्रिएको इन्डिया हेराल्डले लेखेको छ । ।

‘इन्डियन साइबर फोर्स’ नामको समूहले पाकिस्तानका एक हजारभन्दा बढी सीसीटिभी क्यामेरा नियन्त्रणमा लिएको दाबी गरेको छ । समूहले सामाजिक सञ्जाल एक्स र टेलिग्राममा लेख्दै भनेको छ, “पाकिस्तानको सर्भिलेन्स प्रणाली हाम्रो नियन्त्रणमा आएको छ ।”

ह्याक गरिएका क्यामेरा पाकिस्तानका सरकारी कार्यालय, उद्योग क्षेत्र, विद्यालय, निजी कम्पनी, बैंक र एटीएमहरूमा जडान गरिएको बताइएको छ । उनीहरूले सर्भिलेन्स भिडिओको एउटा क्लिपसमेत सार्वजनिक गरेका छन् ।

यही समूहले पाकिस्तानको इस्लामिया विश्वविद्यालय बहावलपुरका डेढ लाख बढी विद्यार्थीहरूको निजी विवरणसमेत लिक गरेको दाबी गरेको छ । चुहाइएको ३८.२ एमबी डेटा फाइलमा नाम, राष्ट्रिय परिचयपत्र नम्बर, फोन नम्बर, ईमेल, पासवर्ड, ठेगाना, भुक्तानी र शुल्कसम्बन्धी विवरण समावेश भएको इन्डिया हेराल्डले जनाएको छ ।

विश्लेषकहरूले यी साइबर हमलालाई दक्षिण एसियामा बढ्दो ‘ह्याक्टिभिज्म’ (राजनीतिक उद्देश्यमा गरिने ह्याकिङ) को उदाहरणका रूपमा लिएका छन् । पाकिस्तानविरुद्धको अभियानमा भारतका ‘इन्डियन साइबर फोर्स’ र ‘इन्डियन साइबर डिफेन्स’ समूहहरू सक्रिय देखिएका छन् भने इस्लामिक मुलुकका केही समूहहरूले #OPIndia अभियानमार्फत भारतीय प्लेटफर्म र सर्भरहरूलाई निशाना गरिरहेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ ९:१०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट