२०८२ बैशाख २६ शुक्रबार
२०८२ बैशाख २६ शुक्रबार

एसियाका १४ देशका पेमेन्ट नेटवर्कहरू काठमाडौंमा, फोनपे बन्यो एपीएन उपाध्यक्ष

काठमाडौँ । नेपालकाे डिजिटल भुक्तानी नेटवर्क फोनपेले २१औं एसियन पेमेन्ट नेटवर्क (एपीएन) फोरमको आयोजना गरेको छ । काठमाडौंस्थित हिल्टन होटलमा मे ६ र ७ गते भएको कार्यक्रममा एसियाका १४ सदस्य राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

फोरममा डिजिटल भुक्तानीका प्रवृत्ति, सीमापार कारोबार तथा वित्तीय समावेशीताबारे छलफल गरिएको थियो । कार्यक्रमकै अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग एपीएन प्रतिनिधिहरूले भेटघाट पनि गरेका थिए ।

यसैबिच फोनपेका प्रतिनिधि एपीएनको उपाध्यक्ष पदमा चयन भएका छन् । प्राविधिक उपसमितिको अध्यक्ष पद पनि फोनपेलाई प्रदान गरिएको छ ।

एपीएनको नेतृत्वमा फिलिपिन्सको ‘BancNet’ अध्यक्ष बनेको छ भने अन्य पदहरूमा विभिन्न देशका प्रतिनिधिहरू चयन भएका छन् । यसअन्तर्गत व्यापार उप-समितिको अध्यक्षमा इन्डोनेसियाको ‘Rintis’ र उपाध्यक्षमा भियतनामको ‘NAPAS’ चयन भए । प्राविधिक उप-समितिको उपाध्यक्षमा चीनको ‘UnionPay’ चयन हुँदा जोखिम उप-समितिको अध्यक्षमा थाइल्याण्डको ‘NITMX’ र उपाध्यक्षमा इन्डोनेसियाको ‘Artajasa’ चयन गरिए । मलेसियाको ‘PayNet’ लाई आगामी कार्यकालका लागि लेखा परीक्षक र सिंगापुरको ‘NETS’ लाई कोषाध्यक्ष नियुक्त गरियो ।

फोनपेका सीईओ दिवश कुमारले नेपालमा फोरम आयोजना हुनु डिजिटल भुक्तानी क्षेत्रमा नेपालको क्षमता र क्षेत्रीय सहकार्यको प्रतीक भएको बताए ।

फोरममा सहभागीहरूबिच डिजिटल भुक्तानी प्रणाली सुदृढ पार्ने रणनीति, प्रविधिको प्रयोग र सुरक्षा व्यवस्थाका उत्कृष्ट अभ्यासहरूबारे छलफल भएको थियो ।

 

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ ८:१८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट