२०८२ भाद्र २६ बिहीबार
LATEST NEWS
२०८२ भाद्र २६ बिहीबार

केई नेपालको एक्सेन्ज कार्निभल २०८२, नगद छुटदेखि विभिन्न उपहारसम्म

काठमाडौँ । केई नेपालले वैशाख २६ देखि २८ गतेसम्म काठमाडौँको थापाथालीमा ‘केई एक्सेन्ज कार्निभल २०८२’ आयोजना गर्ने भएको छ । कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै कार्यक्रमको घोषणा गरेको हो ।

कार्निभलमा ग्राहकका लागि ईक्विट ०२, ईक्विट ०४ र एक्स थ्री प्रो ईभी लगायतका मोडेलमा आकर्षक अफर प्रदान गरिने कम्पनीले जनाएको छ । ग्राहकले कुनै पनि सवारीसँग केईको यी तीन मोडेल साट्न सक्नेछन् । 

कम्पनीका अनुसार सवारी एक्सेन्जमा तत्काल सवारीको भ्यालुएसन गरिनेछ भने हरेक भ्यालुएसनमा सहभागीहरूले नगद छुटसँगै क्यूएफएक्सको दुईवटा टिकट पनि प्राप्त गर्न सक्नेछन् । साथै बीमा, सडक कर लगायतको सुविधा पनि दिइने कम्पनीले जनाएको छ ।

यस अवधिमा ईक्विट गाडी खरिद गर्ने ग्राहकलाई बोश कम्पनीको जेट कार वाशर र एक्स थ्री प्रो खरिद गर्ने ग्राहकले बोशको वासिङ मसिन सित्तैमा प्राप्त गर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ ११:५२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट