२०८२ असार १६ सोमबार
LATEST NEWS
२०८२ असार १६ सोमबार

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा वामवन्थी नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन्।

विभिन्न टुक्रामा विभाजित नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत तथा लोकप्रिय बनाउने कठीन एवम् लामो संघर्षका क्रममा दिवंगत नेता नेपालको योगदानको स्मरण गरे।

प्रदीप नेपाल बौद्धिकता, लेखन, तिक्ष्णता र संगठन क्षमताका कारण बहुआयामिक नेता भएको बताउँदै उनले दुःखद् निधनप्रति सिंगो पार्टी स्तब्ध भएको उल्लेख गरे। नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष नेपालले शोकमा परेका उनकी धर्मपत्नी झुमा देवान नेपाल र छोरी डा समीक्षा नेपालसहित शोक सन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गरे।

प्रदीप नेपाल २०२६ मा विद्यार्थी राजनीतिमा संलग्न हुँदै प्रगतिशील तथा वामपन्थी आन्दोलनमा क्रियाशील भएर छोटो समयमा नै नेतृत्व क्षमताको विकास गर्दै पार्टीका विविध जिम्मेवारीलाई कुशलताका साथ पूरा गरेको स्मरण गरे।

अध्यक्ष नेपालले साहित्यकारका रूपमा विभिन्न कृति प्रकाशित गर्दै लेखकको समेत पहिचान बनाएका दिवंगत नेता नेपालले कम्युनिष्ट आन्दोलनको विकासक्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गरी समाज रूपान्तरणमा गरेको योगदानलाई उच्च सम्मान गर्नुपर्ने बताए। उनको शोषणरहित न्यायपूर्ण समाज निर्माणको सपनालाई पूरा गर्न र समाजवादी आन्दोलनलाई एकताबद्ध बनाउने प्रतिबद्ध उनले व्यक्त गरे।


सामाग्री श्रोत :

अध्यक्ष नेपालद्वारा समाजवादी आन्दोलनलाई एकताबद्ध बनाउने प्रतिबद्धता

काठमाडौं– भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामासमेत परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् । 

विशेषगरी जटही र भिट्ठामोड नाकामा सुरक्षा सतर्कता उच्च बनाइएको छ । नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ छन् ।

पछिल्लो समय दुवै देशका सुरक्षा निकायहरूले सीमा क्षेत्रलाई संवेदनशील मानेर प्रत्येक व्यक्तिको परिचय र गन्तव्यबारे सोधपुछ गरी मात्र आवतजावत अनुमति दिइरहेको छिन्नमस्ता सशस्त्र प्रहरी ब्यारेकका नायब महानिरीक्षक कृष्ण ढकालले जानकारी दिए । 

धनुषाको जटही सीमा क्षेत्रमा खटिनुभएका प्रहरी नायब उपरीक्षक प्रमोद रायले भने, “हामीले सुरक्षा सतर्कता बढाएका छौँ । भारत–पाकिस्तानबीचको तनाव हाम्रो देशमा प्रत्यक्ष असर नपरे पनि सीमा क्षेत्र संवेदनशील हुने भएकाले हामी सतर्क छौँ ।”

विशेषगरी नयाँ अनुहार र शङ्कास्पद गतिविधि भएका व्यक्तिमाथि निगरानी गरिरहेको उनको भनाइ छ । स्थानीयले दैनिक जीवनमा असर परेको बताउँदै चाँडो समाधानको अपेक्षा गरेका छन् । सिमाना आसपासका बजार पनि प्रभावित भएको छ । 

सीमावर्ती सुरक्षाकर्मी र प्रशासनले स्थानीयवासीलाई संयमता अपनाउन आग्रह गरेको धनुषा प्रहरी प्रमुख नरहरि रेग्मीले बताए । 

    

तालिम प्राप्त कुकुरद्वारा चेकजाँच

त्यसैगरी छिमेकी मुलुक भारत र पाकिस्तानबीच बढ्दै गएको तनावलाई लिएर रुपन्देहीका सीमामा पनि निगरानी बढाइएको छ । 

जिल्लाको मूल नाका बेलहियासँगै सहायक नाका लुम्बिनी, भगवान्पुरलगायतका नाकामा सशस्त्र प्रहरीले निगरानी बढाएको छ । बेलहिया नाकामा भने तालिम प्राप्त कुकुरहरु डेजी र सायाबाट ‘डग स्निफिङ’ गराएर मात्र नेपाल प्रवेश गर्न दिइएको छ । 

Ncell 2
Ncell 2

सीमाबाट हुनसक्ने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सीमाको सुरक्षार्थ ‘डग हेण्डलर’सहित यसअघि नै पठाएको ‘डेजी’ र ‘साया’ लाई बेलहिया सीमा नाकामा खटाइएको हो । 

‘डेजी’ र ‘साया’ तालिम प्राप्त कुकुर हुन् । तीन महिनाको हुँदा भारतबाट खरिद गरेर ल्याइएको जर्मन सेफर्ड प्रजातिको ‘डेजी’ ले हातहतियार तथा विष्फोटक पदार्थका सामग्री सुँघेर पत्ता लगाउनमा अब्बल छ भने नेपालमै जन्मिएको ल्याब्राडोर प्रजातिको ‘साया’ लागुऔषध प्रकृतिका साम्रगी सुँघेर पत्ता लगाउनमा अनुभवी रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्न सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसपी)सँगको सहकार्य र समन्वयमा सिमानामा संयुक्त रुपमा गस्ती र खबर आदानप्रदानलाई तीव्रता दिइएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए । 

यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा इलाकामा रहनेगरी पट्रोलिङ गरिएको छ । अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको छ भने बाहिनी मुख्यालयहरुले सोहीअनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेको थापाले बताए । 

shivam cement

shivam cement

सीमा इलाकामा आवश्यकताअनुसार आवतजावत गर्नेको परिचयपत्र जाँच गरेर अभिलेख राख्ने र निगरानी एवं जाँच तथा सुक्ष्म रुपमा खबर सङ्कलन गरिराखेको उनले बताए । सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समन्वय गरी सूचना आदानप्रदान गरी सीमामा आवतजावत गर्नेगरी वारपार गर्नेलाई कडा निगरानी गरिएको हो । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

नेपालगञ्ज। बाँकेमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा आज एक जनाको मृत्यु भएको छ।

राप्तीसोनारी गाउँपालिका– १ कुसुमस्थित सौरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमा मृत्यु भएको र मोटरसाइकल चालक एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे ९ प ६४२८ नं को मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको बा ०१–०६ ख ३५९३ नं को बसले ठक्कर दिँदा राप्ती सोनारी गाउँपालिका–९ ढकेरी निवासी ३२ वर्षीय सुदीप सुवेदीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।

सो दुर्घटनामा मोटरसाइकल चालक ढकेरीका ३७ वर्षीय हीरासिंह ओली गम्भीर घाइते भएको उनले बताए। घाइते ओलीलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्‍याएर उपचार भइरहेको प्रहरीले जनाएको छ।

उक्त घटनापछि करिब ढेड घण्टा पूर्व–पश्चिम राजमार्गको ढकेरी खण्ड अवरुद्ध भएको थियो । स्थानीयसँग क्षतिपूर्तिका विषयमा बिहीबार छलफल गरेर टुंगो लगाउने सहमति गरी शव परीक्षणका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएको छ।


सामाग्री श्रोत :

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते

काठमाडौँ । कोलकाताको इडन गार्डन्समा जारी कोलकाता नाइट राइडर्स र चेन्नई सुपरकिंग्सबिचको आईपीएल क्रिकेट खेलको क्रममा बम विस्फोटको धम्की आएको छ । क्रिकेट एसोसिएसन अफ बंगालको आधिकारिक ईमेलमा अज्ञात ठेगानाबाट बम विस्फोटको धम्कीपूर्ण सन्देश प्राप्त भएको आजतकले जनाएको छ ।

समाचार अनुसार धम्की आउनासाथ कोलकाता प्रहरी तत्कालै अनुसन्धानमा जुटेको छ । घटनास्थलमा प्रहरी र सुरक्षा निकायहरूले जाँच सुरु गरिसकेका छन् ।

इडन गार्डन्स स्टेडियमको सुरक्षा व्यवस्था कडा पारिएको छ भने सम्पूर्ण परिसरलाई उच्च सतर्कतामा राखिएको छ । खेल चलिरहेकै अवस्थामा धम्की आएपछि दर्शक र आयोजकमा त्रासको वातावरण सिर्जना भएको समाचारमा उल्लेख छ ।

यद्यपि खेल रोकिएको छैन । समाचार अनुसार मैदानस्थलमा बम डिस्पोजल टोली र गुप्तचर निकायहरू पनि तैनाथ गरिएको छ ।

क्रिकेट एसोसिएसन अफ बंगालको ईमेलमा कसले धम्की पठायो भन्ने खुलेको छैन । सुरक्षा निकायहरूले यो ईमेल कुनै साइबर चालबाजीको हिस्सा हो वा वास्तवमै कुनै खतरा छ भनेर अनुसन्धान गरिरहेको आजतकले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ २१:५१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–  नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइसिसी महिला विश्वकप एसिया छनोट पहिलो खेल्न बुधबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली बुधबार थाइल्यान्डको राजधानी बैंककतर्फ प्रस्थान गर्न लागेको हो। नेपाली टोली हाल भारतको दिल्ली छ। टोलीले दिल्लीमा रहँदा दुई स्थानीय क्लबसँग अभ्यास खेल खेलेको थियो। 

दिल्लीको टोलीसँग नेपालले तीन हार बेहोरेको थियो। एक खेल वर्षाले सम्भव भएको थिए। आरपिसिएसँगको पहिलो खेलमा ३२ रनको हार बेहोरेको थियो भने मंगलबार चार रनको रोमाञ्चक जित हासिल गरेको थियो।

Ncell 2
Ncell 2

प्रतियोगिता ९ मेदेखि २० मेसम्म थाइल्यान्डमा हुने तय छ। नेपालले पहिलो खेल हङकङसँग १० मे मा खेल्नेछ। प्रतियोगितामा घरेलु टोली र नेपालसहित बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, कतार र युएई छन्।

यी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। नेपाल भने समूह सी मा छ। यो समूहमा हङकङ र बहराइन छन्। नेपालले पहिलो खेल हङकङसँग ९ मेमा खेल्नेछ।

shivam cement
shivam cement

यस्तै, १० मेमा बहराइन र १३ मेमा हङकङसँग पुन: खेल्नेछ। १५ मेमा बहराइनसँग अर्को खेल खेल्दै नेपालले लिगचरण सक्काउने छ। हरेक समूहको विजेताले फाइनल राउन्ड खेल्नेछन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

महेन्द्रनगर (धनुषा)। भारत-पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल-भारत सीमामासमेत परेको छ। नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन्। विशेषगरी जटही र भिट्ठामोड नाकामा सुरक्षा सतर्कता उच्च बनाइएको छ। नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ छन्।

पछिल्लो समय दुवै देशका सुरक्षा निकायहरूले सीमा क्षेत्रलाई संवेदनशील मानेर प्रत्येक व्यक्तिको परिचय र गन्तव्यबारे सोधपुछ गरी मात्र आवतजावत अनुमति दिइरहेको छिन्नमस्ता सशस्त्र प्रहरी ब्यारेकका नायब महानिरीक्षक कृष्ण ढकालले जानकारी दिए।

धनुषाको जटही सीमा क्षेत्रमा खटिएका प्रहरी नायब उपरीक्षक प्रमोद रायले भने, ‘हामीले सुरक्षा सतर्कता बढाएका छौँ। भारत–पाकिस्तानबीचको तनाव हाम्रो देशमा प्रत्यक्ष असर नपरे पनि सीमा क्षेत्र संवेदनशील हुने भएकाले हामी सतर्क छौँ।’

विशेषगरी नयाँ अनुहार र शंकास्पद गतिविधि भएका व्यक्तिमाथि निगरानी गरिरहेको उनको भनाइ छ। स्थानीयले दैनिक जीवनमा असर परेको बताउँदै चाँडो समाधानको अपेक्षा गरेका छन्। सिमाना आसपासका बजार पनि प्रभावित भएको छ।

सीमावर्ती सुरक्षाकर्मी र प्रशासनले स्थानीयवासीलाई संयमता अपनाउन आग्रह गरेको धनुषा प्रहरी प्रमुख नरहरि रेग्मीले बताए।

तालिम प्राप्त कुकुरद्वारा चेकजाँच

त्यसैगरी छिमेकी मुलुक भारत र पाकिस्तानबीच बढ्दै गएको तनावलाई लिएर रुपन्देहीका सीमामा पनि निगरानी बढाइएको छ।

जिल्लाको मूल नाका बेलहियासँगै सहायक नाका लुम्बिनी, भगवान्पुरलगायतका नाकामा सशस्त्र प्रहरीले निगरानी बढाएको छ। बेलहिया नाकामा भने तालिम प्राप्त कुकुरहरु डेजी र सायाबाट ‘डग स्निफिङ’ गराएर मात्र नेपाल प्रवेश गर्न दिइएको छ।

सीमाबाट हुनसक्ने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सीमाको सुरक्षार्थ ‘डग हेण्डलर’सहित यसअघि नै पठाएको ‘डेजी’ र ‘साया’ लाई बेलहिया सीमा नाकामा खटाइएको हो।

‘डेजी’ र ‘साया’ तालिम प्राप्त कुकुर हुन्। तीन महिनाको हुँदा भारतबाट खरिद गरेर ल्याइएको जर्मन सेफर्ड प्रजातिको ‘डेजी’ ले हातहतियार तथा विष्फोटक पदार्थका सामग्री सुँघेर पत्ता लगाउनमा अब्बल छ भने नेपालमै जन्मिएको ल्याब्राडोर प्रजातिको ‘साया’ लागुऔषध प्रकृतिका साम्रगी सुँघेर पत्ता लगाउनमा अनुभवी रहेको प्रहरीले जनाएको छ।

पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ। सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्न सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसपी)सँगको सहकार्य र समन्वयमा सिमानामा संयुक्त रुपमा गस्ती र खबर आदानप्रदानलाई तीव्रता दिइएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए।

यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा इलाकामा रहनेगरी पट्रोलिङ गरिएको छ। अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको छ भने बाहिनी मुख्यालयहरुले सोहीअनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेको थापाले बताए।

सीमा इलाकामा आवश्यकताअनुसार आवतजावत गर्नेको परिचयपत्र जाँच गरेर अभिलेख राख्ने र निगरानी एवं जाँच तथा सुक्ष्म रुपमा खबर संकलन गरिराखेको उनले बताए।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समन्वय गरी सूचना आदानप्रदान गरी सीमामा आवतजावत गर्नेगरी वारपार गर्नेलाई कडा निगरानी गरिएको हो।


सामाग्री श्रोत :

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

 

काठमाडौँ । औषधि कम्पनी सिप्लाले नेपाल रेस्पिरेटरी सोसाइटीसँगको सहकार्यमा श्वासप्रश्वाससम्बन्धी बिरामीहरूको उपचारलाई नियमित बनाउन ‘ब्रेथफ्री ९०’ नामक कार्यक्रम सुरु गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमा आधारित यो ९० दिने कार्यक्रमले ह्वाट्सएपमार्फत बिरामीहरूलाई समयमै इन्हेलर प्रयोग गर्न नियमित रूपमा सम्झाउने बताइएको छ ।

वायु प्रदूषणले गम्भीर स्वास्थ्य चुनौती खडा गरिरहेको अवस्थामा यो पहल निकै महत्त्वपूर्ण हुने नेपाल रेस्पिरेटरी सोसाइटीको विश्वास छ । विभिन्न तथ्याङ्क अनुसार नेपालमा प्रदूषणका का…
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– भारतीय टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्।

यससँगै सबैभन्दा लामो ढाँचामा उनको भविष्यको बारेमा गरिएको अनुमान अन्त्य भएको छ। रोहित टेस्टमा भारतका सबैभन्दा सफल ब्याट्सम्यान हुन्।

Ncell 2
Ncell 2

उनले ६७ टेस्टमा ४०.५७ को औसतमा १२ शतक र १८ अर्धशतकको मद्दतले ४३० रन बनाएका छन्। रोहितको सन्न्याससँगै भारतले इङ्ल्यान्डविरुद्धको सिरिजमा नयाँ टेस्ट कप्तान पाउने भएको छ।

shivam cement
shivam cement

यो दौडमा जसप्रीत बुमराह, केएल राहुल, शुभमन गिल र ऋषभ पन्त अगाडि छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन २०४९ को संशोधनका लागि स्वास्थ्य मन्त्रालयले विधेयकको मस्यौदा तयार गरेको छ । उक्त मस्यौदामा राय तथा परामर्श दिनका लागि मन्त्रालयले अनुरोध समेत गरेको  छ। 

विधायन मस्यौदा, २०८१ को दफा ६ को उपदफा २ बमोजिम सर्वसाधारणको रायको लागि विभिन्न विवरण माग गरिएको हो ।  यसअघि आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन २०४९ लागु  भइरहेको छ ।  

नयाँ विधेयक तर्जुमा गर्नुपर्ने कारणहरु 
प्रत्येक बालबालिकाले निश्चित समयसम्म स्तनपान गर्न पाउनु, स्वच्छ तथा गुणस्तरीय बाल आहार पाउनु नैसर्गिक हक भएको तथा विश्व स्वास्थ्य संगठनले कम्तीमा २ वर्षमा वा सोभन्दा बढी समयसम्म स्तनपान गराउनका लागि सिफारिस समेत गरेकोले विधेयक तर्जमा गर्नुपरेको मस्यौदामा उल्लेख छ । 

सन् २०१६ को विश्व स्वास्थ्य सम्मेलनमा नेपाल लगायत १९४ वटा मुलुकले आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुको दायरा ३ वर्षसम्मको बच्चालाई लक्षित गरी बिक्री गरिने पदार्थ भनेर पारित गरेकोले नेपालले समेत विद्यमान कानुनमा शंशोधन गर्नुपर्ने अन्तर्राष्ट्रिय दायित्व समेत बढ्दै गएको छ । 

हाल विद्यमान आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन,२०४९ को व्यवस्थाबाट मात्रै हालको अवस्थामा स्तनपानको संरक्षण, आमाको दुधको प्रतिस्थापन गर्ने वस्तुको प्रभावकारी नियमन हुन नसकेको तथा बालबालिकाको अधिकार तथा स्वास्थ्य नै जोखिममा परेकोले विधेयक तर्जुमा गर्नुपरेको बताइएको छ । 

विधेयकले संविधान कार्यान्वयनमा टेवा 
उक्त विधेयक पारित भई कार्यान्वयनमा आएपछि नेपालको संविधानले प्रदान गरेको स्वास्थ्य सम्बन्धि हक,महिलाको हक, बालबालिकाको हक तथा उपभोक्ताको हक जस्ता व्यवस्थाको कार्यान्वयनमा टेवा पुग्ने बताइएको छ । 

दिगो विकासको लक्ष्यमा सहयोग 
सुरक्षित, प्रभावकारी, गुणस्तरीय र उचित मुल्यमा स्वास्थ्य सेवाको उपलब्ध गराउँदा स्वास्थ्यमा सर्वव्यापी पहुँच पुर्याउने राज्यको दायित्व पुरा हुन्छ। नवजात शिशु र पाँच वर्ष मुनिका बालबालिकाको मृत्युको रोकथाममा गर्न समेत सकारात्मक प्रभाव पर्न सक्छ । 

सुशासनमा सकारात्मक प्रभाव 
विधेयक संसदबाट पारित भई लागु भएको अवस्थाामाा अन्र्तराष्ट्रिक मानक अनुकूल हुने गरी ३६ महिनासम्मको अवधिको शिशुलाई बच्चा मानिने, अन्र्तराष्ट्रिय मान्यता अनुसार मुल नियमनमा हुनुपर्ने  इन्फेन्ट फर्मुलाको नियमन सम्बन्धी व्यवस्था भएको हुने,आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुको विज्ञापन गर्न नपाइने,स्तनपान कक्ष तथा नियमन सम्बन्धि व्यवस्था हुने,खाद्य स्वच्छता तथा गुणस्तर ऐन र उपझोक्ता संरक्षण ऐन अनुसार सजाय हुने तथा आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रणमा प्रभावकारीता  सहयोग पुग्ने बताइएको छ । 

विधेयक कानुनका रुपमा आएमा त्यसले बालबालिकाले स्तनपान गर्न पाउने व्यवस्था सुनिश्चित  हुने तथा आमा बच्चा दुवैको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने देखिन्छ। 

२०४९ मा के के संशोधन प्रस्ताव ?
आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन २०४९ मा रहेको मूल ऐनको दफा २ मा, दफा ४, दफा ८ ,  दफा ९, दफा १६ मा संशोधनसहितको मस्यौदा तयार भएको छ। त्यस्तै मूल ऐनमा दफा ६, क थप गरिएको छ । 

२०४९ मा रहेको मूल ऐनको दफा २ मा रहेको व्यवस्थामा बच्चा भन्नाले १२ महिनासम्मको शिशु भन्ने सम्झनुपर्ने व्यवस्थामा रहेको संशोधनका लागि प्रस्तावित व्यवस्थामा बच्चा भन्नाले ३६ महिनासम्मको उमेर समूहका बच्चालाई सम्झनुपर्ने भनी प्रस्ताव गरिएको छ । विश्व स्वास्थ्य संगठनले स्तनपानलाई कम्तीमा पनि २ वर्षसम्म गराउनुपर्ने बताएको उक्त संशोधन आवश्यक रहेको बताइएको छ । 

त्यस्तै दफा ४ वा रहेको व्यवस्थामा समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको अध्यक्षतामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सदस्य प्रतिनिधी रहने, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सदस्य रहने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधी, नेपाल उद्योग वाणिज्य संघका प्रतिनिधी,बच्चाको स्वास्थ्य क्षेत्रमा कार्यरत्त प्रतिष्ठित दुई जना व्यक्ति सदस्य, नेपाल सरकारद्वार मनोनित प्रतिष्ठित पोषणविद् सदस्य, बच्चाको पालनपोषण सम्बन्धी अनुभव प्राप्त आमाहरुमध्ये १ जना तथा नेपाल सरकारले तोकेको व्यक्ति सदस्य सचिव रहने व्यवस्था थियो । जसमा सचिव मन्त्रालय वा निजले तोकेको स्वास्थ्य सेवाको १२ औं तहको कर्मचारी अध्यक्ष, स्वास्थ्य सेवा विभाग वा निजले तोकेको कम्तिमा ११ औं तहको कर्मचारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रतिनिधी,वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सदस्यका रुपमा रहने, उपभोक्ता हित संरक्षणको क्षेत्रमा कार्यरत्त संस्थाबाट समितीले मनोनयन  गरेको सदस्य, बालरोग विशेषज्ञ वा समितीले मनोनयन गरेको एक जना सदस्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन शाखा प्रमुख सदस्य, परिवार कल्याण महाशाखाका निर्देशक सदस्य रहने तथा उपदफा २ बमोजिम समितिको सदस्यको रुपमा मनोनयन गर्दा आमाको दुध प्रतिस्थापन गर्ने कुनै उत्पादन बिक्री वितरणमा संलग्न व्यक्तिलाई गरिने छैन भन्ने प्रस्ताव सहित संशोधनको माग गरिएको छ । 

दफा ६ क खण्ड थप गरिएको छ।जसमा प्रदेशस्तरीय स्तनपान संरक्षण तथा सम्बर्धन समिति गठन गरिएको छ । यसले प्रदेश तहमा यस ऐनको कार्यान्व्यन, सुपरीवेक्षण, नियन्त्रण समन्वय गर्नका लागि प्रदेशस्तरीय स्तनपान संरक्षण तथा सम्बर्धन समिती रहने उल्लेख छ। जसमा उपदफा १ बमोजिम स्थापना भएको समितीको गठन, काम , कर्तव्य र अधिकार तोकिएबमोजिम रहने बताइएको छ। 

दफा ९ मा  ३ उपदफा १ मा जुनुसुकै कुरा लेखिएको भए पनि स्वास्थ्य व्यवसायीहरु कहाँ मात्र पुग्ने प्रकाशनहरुमा उत्पादनको विज्ञापन गर्न सकिनेछ भन्ने उल्लेख थियो। तर त्यस्तो विज्ञापन तथ्यपूर्ण र वैज्ञानिक कुराहरुमा मात्र सीमित हुनुपर्ने छ र सिसीबाट खुवाउनु स्तनपान गराउनु बराबर छ वा त्योभन्दा विशिष्ट छ भन्नने विश्वास उत्पन्न गर्ने खालको हुनु हुँदैंन र त्यस्तो विज्ञापनमा दफा ७ मा उल्लेखित जानकारी समावेश हुनुपर्ने छ उल्लेख थियो ।

उक्त ऐनमा मुल ऐनको दफा ९ उपदफा ३ को सट्टा देहाय बमोजिमको उपदफा ३ र ३ क संशोधन र थप गरिएको भन्दै संशोधनको प्रस्ताव गरिएको छ। जसमा उपदफा ३ मा कुनै पनि उत्पादक, आयातकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र बिक्रेताले दर्ता र प्रमाणित नगरिएका फलो अप् फर्मुला बिक्री वितरण गर्न पाइने छैन  भनी संशोधनको प्रस्ताव गरिएको छ। त्यस्तै ३ क मा कसैले पनि आमाको दुध प्रतिस्थापन गर्ने वस्तुको प्रमोशन गर्न पाइने छैन भनी संशोधन माग गरिएको छ । 

विश्व स्वास्थ्य संगठनले तय गरेको स्तनपान सम्बन्धि मापदण्ड पुरा गर्नका लागि आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन २०४९ को संशोधन आवश्यक रहेको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लिला बिक्रम थापा बताउँछन् । 

संघीय स्तरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको अध्यक्षतामा स्तनपान संरक्षण तथा सम्बर्धन समिती गठन समिति बनाइएको भएपनि प्रदेश स्तरमा परिकल्पना नगरिएको अवस्थामा २०४९ को ऐनको दफा ६ मा प्रदेशस्तरमा पनि  गरिनु आवश्यक रहेकोले समिती गठनसहितको मस्यौदा तयार गरिएको उनले बताए । 

२०४९ को ऐनको बन्दाको समयमा संघीयता लागु नभएको अवस्था रहेकोले पनि उक्त ऐनको समयअनुकूल परिमार्जन आवश्यक रहेको उनको तर्क छ । ऐन पश्चात् २०५५ मा बनेको नियमावलीमा रहेका काम, कर्तव्य तथा अधिकारका कुराहरुमा समेत परिमार्जन आवश्यक रहेको अवस्था उक्त ऐनको संशोधन आवश्यक रहेको थापा बताउँछन् । 

सुत्केरी पश्चात् कामकाजी महिलाहरुलाई ९८ दिनको बिदा दिदैं आएकोमा कम्तीमा ६ महिना बनाउनुपर्ने प्रस्ताव सहितको मस्यौदा तयार भएको जसले स्तनपानको संरक्षणमा महत्वपपूर्ण भूमिका खेल्ने उनको विश्वास छ । पछिल्लो समय पूर्ण स्तनपान गराउने आमाहरुका संख्या घट्दै गएको अवस्थामा मस्यौदाका रुपमा बनेको ऐन कार्यान्वयनमा आउन सके स्तनपानको संरक्षण तथा संम्बर्धन हुन सक्नेमा उनी विश्वास गर्छन् । 

मस्यौदा हेर्न यहाँ क्लिक गरौं [आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) गर्न बनेको विद्येकको सस्यौदा]

 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले तत्काल सम्पन्न गर्न सकिने आयोजनालाई आगामी आर्थिक वर्षको बजेटमा पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

आयोगले आज यहाँ आयोजित आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम तथा मध्यमकालीन खर्च संरचना तर्जुमा एवं राष्ट्रिय आयोजना बैँकसम्बन्धी छलफल तथा अन्तरक्र्रिया कार्यक्रम आयोजना गरेको थियो।

आयोगका उपाध्यक्ष प्राडा अधिकारीले आयोजनालाई अध्ययन र कार्यान्वयन हुने किसिमका गरी दुई प्रकारमा विभाजन गरिने बताए। उनले कार्यान्वयन गरिने खालका आयोजना रु तीन करोडभन्दा कमको नहुने बताएका छन्। उनले तीन करोडभन्दा कमको आयोजना राष्ट्रिय आयोजना बैंकमा प्रविष्ट गर्न नमिल्ने बनाइएकोसमेत स्मरण गराए।

सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार नै आयोजनाको प्राथामिकता र पुनः प्राथमिकता गर्नुपर्ने उनको भनाइ छ। छिटो सम्पन्न हुने आयोजनालाई पहिलो प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए। उनले प्रोजेक्ट बैंकमा पनि नजाने ‘डिपिआर’मा पनि नजाने आयोजनामाथि प्रश्न उठ्ने र उठ्नु जायज भएकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नभएको आयोजना अध्ययनकोक्रममा राखिने समेत उल्लेख गरे।

उपाध्यक्ष अधिकारीले ‘सिस्टम’मा आएका परियोजनालाई जसरी आएका छन् र जुन–जुन चरण पूरा भएका छन्, सोही अनुरुप प्रविष्ट गरिदिन र नमिल्ने भए नपुगेको ठाउँमा आँैल्याइदिन समेत आग्रह गरे। छलफलका क्रममा विभिन्न मन्त्रालयका सचिव एवं सहसचिवहरुले बजेटको सिलिङका कारण मध्यमकालीन खर्च संरचना तयार गर्न कठीन भएको बताए।

मध्यमकालीन खर्च संरचना विद्यमान अवस्था र अगामी कार्यदिशासम्बन्धी प्रस्तुतिकरण र्गदै सहसचिव खोमराज कोइरालाले हालसम्म ४४ वटा निकायमा ४० वटाले मात्र प्रविष्ट भएको र ३२ प्रतिशत मात्र पुँजीगत खर्च भएको जानकारी दिए।

सहसचिव अर्जुन भण्डारीले राष्ट्रिय आयोजना बैंक प्रणालीसम्बन्धमा प्रस्तुतिकरण गर्दै हालसम्म सात हजार ३३७ आयोजना, आयोजना बैंकमा प्रविष्ट भएको र त्यसमध्ये कतिपय आयोजना ‘ड्राफ्ट’मा रहेकोसमेत जानकारी दिए।


सामाग्री श्रोत :

तत्काल सम्पन्न गर्न सकिने आयोजनालाई बजेटको प्राथमिकतामा राख्न जोड

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट