२०८२ जेष्ठ १२ आईतवार
२०८२ जेष्ठ १२ आईतवार

एसईई दिएर बसेका दुई किशोरको पौडी खेल्ने क्रममा ज्यान गयो

चितवन– पूर्वी नवलपरासीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर २ किशाेरको मृत्यु भएको छ ।

गैँडाकोट नगरपालिका वडा नं। १ र वडा नं। ३ जोड्ने जुक्तीखोलामा पौडी खेल्ने क्रममा डुबेर २ युवकको ज्यान गएको हो ।

Ncell 2
Ncell 2

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं। ८ गौरीगंज घर भएका १६ वर्षका प्रमिशन पाठक र वडा नं। ४ लंकु घर भएका १६ वर्षका शिशिर पन्त रहेका छन् ।

shivam cement
shivam cement

दिउँसो २ बजे पौडी खेल्ने क्रममा उनीहरु डुबेका थिए ।

उनीहरु डुबेको केही समयपछि पुल निर्माण गर्ने मजदुरहरुले उनीहरुको शव बाहिर निकालेको पौडी खेल्न साथीहरुसँगै गएका अखिल लामिछानेले जानकारी दिए ।मृतक पाठक र पन्त दुवैजना एसईई परीक्षा सकेर घरमै बस्दै आएका थिए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?