२०८२ जेष्ठ १६ बिहीबार
LATEST NEWS
२०८२ जेष्ठ १६ बिहीबार

इजरायलमाथि हवाई नाकाबन्दी लगाउने हुथीको चेतावनी

दुबई– यमनका हुथी विद्रोहीहरूले इजरायली विमानस्थललाई लक्षित गरेर व्यापक हवाई नाकाबन्दी लगाउने चेतावनी दिएका छन् । इजरायलले गाजामा आफ्नो कारबाही विस्तार गर्ने निर्णय गरेसँगै हुथीले हवाई नाकाबन्दीको चेतावनी दिएको हो । 

आइतबार इजरायलको बेन गुरियन विमानस्थलनजिकै भएको क्षेप्यास्त्र आक्रमणको गरिएको थियो । त्यसको जिम्मेवारी इरान-समर्थित हुथीले लिएको छ । हुथी विद्रोहीहरूले गाजामा प्यालेस्टिनीसँग ऐक्यबद्धता जनाउँदै काम गरिरहेको बताएका छन् ।

Ncell 2
Ncell 2

आइतबारको आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बदला लिने बताएका थिए । यमनबाट हुने धेरैजसो आक्रमण इजरायलको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीद्वारा रोकिएका छन् । यद्यपि गत वर्ष तेल अभिभमा ड्रोन आक्रमण गरिएको थियो । आइतबारको क्षेप्यास्त्र आक्रमण मार्चदेखिको शृंखलाको एक हो ।

shivam cement
shivam cement

हुथी सेना र व्यावसायिक ढुवानी सञ्चालकहरू बीच सम्पर्क गर्न गत वर्ष स्थापित निकाय हुथीको मानवीय सञ्चालन समन्वय केन्द्रले इजरायली विमानस्थललाई लक्षित गरिने चेतावनी जारी गर्दै बेन गुरियन विमानस्थल मुख्य लक्ष्य हुने बताएको छ ।

विज्ञप्तिमा अन्तर्राष्ट्रिय हवाई यातायात संघ र राष्ट्रसंघको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनलाई पठाइएको इमेल संलग्न गरिएको छ । हुथी सेनाले ‘विमान र यात्रुको सुरक्षा सुनिश्चित गर्न उक्त घोषणा गम्भीरतापूर्वक लिन र आपराधिक इजरायली शत्रुको विमानस्थलमा हुने सबै उडानहरू रद्द गर्न सबै अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आह्वान गरेको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?