२०८२ भाद्र २६ बिहीबार
२०८२ भाद्र २६ बिहीबार

रौतहट सुधार केन्द्रमा अमानवीय कुटपिट, भिडिओ कम्तीमा ७ महिना पुरानो

काठमाडौँ । रौतहटको एक सुधार केन्द्रमा एक पुरुषलाई निर्घात कुटपिट गरिएको भिडिओ सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा भाइरल भएको २० देखि ४० सेकेन्डको उक्त भिडिओमा चार जना मिलेर एक व्यक्तिलाई भुईँमा लडाएर कुटिरहेको देखिन्छ । दुई जनाले पीडितको हात, एक जनाले खुट्टा समातेका छन् भने अर्का एक व्यक्तिले सेतो छडीले पैतालामा निर्ममतापूर्वक प्रहार गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक कुमार रायका अनुसार यो भिडिओ गौर नगरपालिका-४ मा अवस्थित राइजिङ नेपाल सुधार केन्द्रको हो । यद्यपि, उक्त घटना कम्तीमा सात-आठ महिना पुरानो भएको उनले जानकारी दिए ।

डीएसपी रायले टेकपानासँग भने, “भिडिओ सात आठ-महिना पुरानो हो । अहिले आएर पोस्ट भएको रहेछ ।”

कुटपिटमा संलग्न व्यक्तिहरू सुधार केन्द्रकै कर्मचारी र अन्य बिरामीहरू हुनसक्ने प्रहरीको आशंका छ । डीएसपी रायले यस घटनाको थप अनुसन्धानका लागि सुधार केन्द्रका सञ्चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जानकारी दिए । कुटाइ खाने व्यक्तिलाई पनि सम्पर्क गरी घटनाबारे जानकारी लिइने उनले बताए ।

डीएसपी रायका अनुसार कुटपिटमा परेका व्यक्ति करिब ६ महिनाअघि नै सुधार केन्द्रबाट डिस्चार्ज भई सामान्य जीवनयापन गरिरहेका छन् । प्रहरीले भिडिओमा देखिएका कुटपिटमा संलग्न व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई नियन्त्रणमा लिने प्रयास जारी राखेको छ ।

यो घटनाले सुधार केन्द्रभित्रको अवस्था र त्यहाँ रहेका व्यक्तिहरूको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ १६:४६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट