२०८२ बैशाख २२ सोमबार
LATEST NEWS
२०८२ बैशाख २२ सोमबार

आशाको सञ्चार गराउनु मिडियाको दायित्व : काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा आशाको सञ्चार गराउने र देखाउने प्रमुख दायित्व मिडिया जगतकै रहेकोले त्यसतर्फ केन्द्रित हुन सबैलाई आग्रह गरेका छन्।

सृजनात्मक पत्रकारिताको बढावा हुन नसक्दा समाजमा गाली संस्कृती र नकरात्मकता छाएकोले त्यसलाई हटाउन सञ्चारकर्मीको विशेष भूमिका हुने उनको धारणा थियो।

राष्ट्रिय समाचार समिति (रासस)ले आफ्नो ६४औं वार्षिकोत्सवका अवसरमा प्रकासन गरेको फोटो किताब आइतवार राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले काउन्सिल अध्यक्ष बस्नेतलाई हस्तान्तरण गरेका थिए।

उक्त क्रममा अध्यक्ष बस्नेतले लोकतान्त्रिक गणतन्त्र स्थापनापछि भएका उल्लेख्य उपलब्धीलाई तस्वीर मार्फत जनमानसमा ल्याउन यो पुस्तक महत्वपूर्ण दस्तावेज हुने भन्दै राससको सरहाना गरे।

त्यसक्रममा कार्यकारी अध्यक्ष झाले गणतन्त्र स्थापनापछि नेपालमा केही पनि भएन भन्ने गलत भाष्य चिर्न तथ्यसहित पुस्तक प्रकासन गरिएको बताए।

‘वास्तवमा यो अवधिमा धेरै काम भएको छ। तर, मिडियाले भएका काम बाहिर ल्याउन सकिरहेको छैन। नराम्रो र हुँदै नभएको कुरा खोतल्नु मात्र पत्रकारिता होइन’, अध्यक्ष झाले भने।

राससले यसअघि हाम्रो संस्कृति, हाम्रो सम्पदा र समृद्धिका लागि पूर्वाधार शीर्षकहरुमा तस्वीर प्रर्दशनी गरेको थियो। तिनै तस्वीरहरुको संग्रहको रुपमा ‘रासस फोटो किताब : गणतन्त्रको १६ वर्ष’ प्रकाशन भएको हो।


सामाग्री श्रोत :

आशाको सञ्चार गराउनु मिडियाको दायित्व : काउन्सिल अध्यक्ष बस्नेत

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट