काठमाडौँ –साताको पहिलो दिन (आइतबार) सुनको मूल्य बढेको छ । शुक्रबार सम्म प्रतितोला एक लाख ८३ हजार पाँच सय रुपैयाँ पुगेको सुन आज ६ सय रुपैयाँले बढेको हो । आज सुन एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै चाँदीको मूल्य भने केहि घटेको छ । यस अघि चाँदी एक हजार ९३० रुपैयाँमा नै कारोबार भइरहेको थियो भने आज २० रुपैयाँले घटेर एक हजार ९ सय १० रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
