२०८२ बैशाख २२ सोमबार
LATEST NEWS
२०८२ बैशाख २२ सोमबार

च्याटबाटै व्यावसायिक कारोबार गर्न मिल्ने एप ल्याउँदै हाम्रो पे

काठमाडौँ । डीजी नेपाल फिनटेक च्यालेन्ज अन्तर्गत हाम्रो पेले प्रयोगकर्ताले अन्तरक्रिया वा कुराकानीमार्फत नै कारोबार गर्न सक्ने एपको परीक्षण सुरु गरेको छ।

स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोपरेशनको सहयोगमा सञ्चालित उक्त कार्यक्रम नेपाली फिनटेक कम्पनीहरूलाई प्रविधि प्रयोगमार्फत समाजमा सकारात्मक प्रभाव पार्ने समाधानको परीक्षण गर्न प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।

हाम्रो पेले विकास गरिरहेको एपले प्रयोगकर्तालाई सामान्य संवाद शैलीमा निर्देशन दिएर आर्थिक कारोबार गर्न सक्ने सुविधा दिनेछ। यसबाट डिजिटल कारोबारलाई अझ सहज र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ।

हाम्रो पेका अनुसार, “कुराकानीबाट कारोबार सम्भव हुने यो एपले विशेषगरी डिजिटल साक्षरतामा सीमितता भएका समुदायलाई लक्षित गरेर तयार पारिएको हो।” एआईमा आधारित यो एपमार्फत प्रयोगकर्ताले वित्तीय साक्षरताको अध्ययन, कारोबारका लागि सरोकारवालसँग सिधा सम्पर्क तथा भुक्तानी समेत गर्न सक्ने बताइएको छ ।  

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८२ ८:३६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट