२०८२ बैशाख १९ शुक्रबार
२०८२ बैशाख १९ शुक्रबार

कक्षा १२ को परीक्षा तोकिएको समयमै हुन्छ, आधिकारिक जानकारीका लागि वेबसाइट हेर्नू: राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तोकिएको समयमै हुने स्पष्ट पारेको छ । सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलिएपछि बोर्डले निर्धारित तालिकामै परीक्षा सञ्चालन हुने र आधिकारिक सूचनाका लागि आफ्नो वेबसाइट हेर्न अनुरोध गरेको छ । 

सामाजिक सञ्जालमा अनधिकृत रूपमा लोगो र नाम दुरुपयोग गरी भ्रम फैलिएकोमा बोर्डले आपत्ति जनाएको छ । बोर्डले आफ्नो कुनै आधिकारिक फेसबुक पेज नरहेको स्पष्ट पार्दै आधिकारिक सूचना वेबसाइटबाट मात्र सार्वजनिक गर्दै आएको जनाएको छ ।

 

“आगामी दिनमा समेत सो (वेबसाइट) मार्फत आधिकारिक सूचना प्रवाह गरिने हुँदा बोर्डको सूचना प्राप्त गर्न अन्य स्रोतबाट प्रवाह हुने सूचनामा भर नपरी बोर्डको आधिकारिक वेबसाइटमार्फत प्रवाह हुने सूचनाबाट मात्र जानकारी लिनु हुन समेत अनुरोध छ,” बोर्डले भनेको छ ।

यसअघि वैशाख ११ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण वैशाख २१ देखि जेठ २ गतेसम्मका लागि सारिएको थियो । उक्त तालिका पनि स्थगित भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलिएपछि बोर्डले सूचना जारी गर्दै नझुक्किन सचेत गराएको हो ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८२ १७:५२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट