काठमाडौं – नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले श्रमिक आयोग बनाउनुपर्नेमा जोड दिएका छन्।

बिहीवार ललितपुरमा नेपाल ट्रेड युनियन कांग्रेसले १ सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले श्रमिकहरूकै अथक प्रयासका कारण विभिन्न समयका आन्दोलनहरू सफल भएको बताउँदै श्रमिकको समस्या समाधान गर्न श्रम आयोग गठन गर्नुपर्ने कुरामा नेपाली कांग्रेस गम्भीर रहेको बताए।
उनले होटलमा कार्यरत श्रमिकहरूले १० प्रतिशतको कुरा गरेको उल्लेख गर्दै कानून बनाएर यसलाई अगाडि बढाउन सर्वोच्च अदालतले समेत आदेश दिइसकेको भन्दै नेपाली कांग्रेसले कानून बनाउन अघि बढ्ने प्रतिवद्धता जनाए। अहिले दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच व्यापार युद्ध चल्दा विश्वको परिस्थिति नाजुक भएकाले त्यसको असर नेपाललाई पनि पर्ने बताए।

सांसद कोइरालाले श्रमिकहरूले नलडेको भए २००७ सालको क्रान्ति र ०४६ र ०६२३/०६३ को आन्दोलन सफल हुन नसक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ