काठमाडौं। सुनको मुल्यमा सामान्य बृद्धि भएको छ। साताको तेस्रो दिन, मंगलबार सुनको मूल्यमा ५ सय रूपैयाँले सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ । हिजो तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
तर, चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मूल्य तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार हुनेछ।
सामाग्री श्रोत :
