
काठमाडौँ – नेपाल शिक्षक महासंघले आन्दोलन र सरकारसँगको वार्तालाई सँगसँगै अघि बढाउने निर्णय गरेको छ।
मंगलबार बसेको महासंघको विस्तृत बैठकले आन्दोलनसँगै वार्तालाई समेत अगाडि बढाउने निर्णय गरेको हो।
सरकारसँगको वार्ताका लागि महासंघले विभिन्न सर्तहरु राखेको छ। यसअघि आफुहरुलाई वार्ताभन्दा विद्यालय शिक्षा ऐन चाहिएको भन्दै वार्तामा बस्न अस्वीकार गर्दै आएका थिए।
शिक्षामन्त्रीसँग पटक पटक गरेको छलफललाई महासंघले आधिकारिक रुपम वार्तामा मानेको थिएन। महासंघले आधिकारक रुपमा निर्णय गर्दै महासंघले अघि सारेका ९ बुँदे प्रस्तावमा सहमति हुने आधारसहित वार्तामा बस्ने निर्णय गरेको हो।
एकीकतृ अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले आन्दोलनसँगसँगै सरकारसँग वार्तामा समेत बस्ने निर्णय भएको बताए।
क्याबिनेटले गर्ने निर्णय, ऐन आउने सुनिश्चतता, हामीसँग भएका सहमति र शिक्षा उपसमितिमा विद्यालय शिक्षा ऐनको अन्तरवस्तुले आन्दोलनको स्वरुप निर्धारण गर्नेछ,’ अध्यक्ष अधिकारीले भने।
उक्त निर्णयपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महासचिव तुला बहादुर थापा, सहअध्यक्ष सानुमाया पराजुली लगायतका शिक्षक नेताहरु सिंहदरबार गएका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग वार्ता गर्नका लागि सिंहदरबार गएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत लगानीमा प्रलोभन देखाई ठगी गरेको आरोपमा एक व्यक्ति प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका-७ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका-२६ ठमेल बसोबास गर्दै आएका ४१ वर्षीय दिपेन्द्र सिंह रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आरोपी सिंहले आफू अमेरिकाबाट फर्किएको पूर्व प्रहरी भएको र हाल यार्सागुम्बा खरिद-बिक्री गर्ने व्यवसाय गरिरहेको भन्दै फेसबुकमार्फत विभिन्न व्यक्तिलाई प्रलोभनमा पार्थे । उनले पटक-पटक गरी ३६ लाख दुई हजार १६६ रुपैयाँ ठगी गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।
प्रहरीका अनुसार सिंहविरुद्ध यसअघि पनि विभिन्न ठगीसम्बन्धी मुद्दा दर्ता रहेका छन् । यसअन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ३० लाख रुपैयाँ बराबरको बैंकिङ कसुरको मुद्दा, जिल्ला प्रहरी कार्यालय बाँकेमा नेपाल प्रहरीमा भर्ती गराइदिने भन्दै १० लाख बराबरको ठगी मुद्दा र इलाका प्रहरी कार्यालय बुटवलमा नेपाली सेनामा भर्ती गराइदिने भन्दै चार लाख ठगीसम्बन्धी मुद्दा दर्ता रहेका छन् ।
पक्राउ परेका सिंहलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।
समाचारमा ठगी रकम ३६ लाख रुपैयाँ बढी हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.
पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ १९:१९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं। सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन टुंगिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त र महासंघका पदाधिकारीबीच मंगलबार भएको वार्ता अनिर्णित टुंगिएको हो।
वार्तामा गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णुप्रसाद पौडेल समेत सहभागी भएका थिए। महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी थियो।
सरकार र आन्दोलनरत शिक्षक महासंघबीच सोमबार भएको वार्ता सकारात्मक रहेको र त्यसै आधारमा मंगलबार पुनः वार्ता भएको थियो। शिक्षक संगठनहरूले विभिन्न माग राखी चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन्।
सामाग्री श्रोत :
काठमाडौं– राउटे समुदायका एकजना मुखिया सूर्य नारायण शाहीको ४९ वर्षको उमेरमा निधन भएको छ । बराहताल गाउँपालिका–८ स्थित सोत खोलामा बस्दै आएका शाहीको गए राति साढे ९ बजे निधन भएको हो ।
राउटे समुदायसँग लामो समयदेखि काम गर्दै आएका जोडी शिक्षक दुर्गा खत्रीका अनुसार अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको आशंका गरिएको छ ।
अहिले उनी बिरामी थिएनन्, तर केही दिनयता अत्यधिक र लगातार मदिरा सेवन गरेका थिए,’ खत्रीले भनिन्,’तीन दिनअघि मात्रै एक पेटी मदिरा ल्याएर सबैले पिएको सुनिएको छ ।’
शाही सन् २०७२ को जेठ महिनामा मुखिया बनेका थिए। उनी राउटे समुदायको रास्कोटी गोत्रका प्रतिनिधि थिए । राउटेको परम्परागत सामाजिक संरचनाअनुसार तीनवटा गोत्र छन् र प्रत्येक गोत्रबाट एक जना मुखिया चयन गरिन्छ ।
हाल राउटे समुदाय दुई समूहमा विभाजित भएर सुर्खेतको दुई स्थानमा बसोबास गर्दै आएका छन्। एक समूह सूर्य नारायणको नेतृत्वमा सोत खोलामा बस्दै आएको थियो भने अर्को समूह दुईजना अन्य मुखियासहित वीरेन्द्रनगर–१३ स्थित करेखोलामा छ ।
मुखिया शाहीको निधनसँगै राउटे समुदायमा ठूलो क्षति पुगेको छ। हाल राउटे समुदायको संख्या घटेर १३५ मा झरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । डिजिटल सूचना बोर्डहरू ह्याक हुने क्रम बढेपछि नेपाल प्रहरीले सम्बन्धित कार्यालयलाई बलियो पासवर्ड राख्न अनुरोध गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले डिफल्ट युजरनेम र पासवर्ड प्रयोग नगर्न तथा कमजोर पासवर्ड नराख्न सुझाव दिएको हो ।
“सूचना प्रवाहका लागि जडान गरिएका डिजिटल बोर्डहरू ह्याक हुने क्रम बढ्दो छ । यसको मुख्य कारण डिफल्ट युजरनेम र पासवर्ड वा कमजोर पासवर्ड प्रयोग गर्नु हो । त्यसैले यस्ता पासवर्डहरूलाई समय समयमा परिवर्तन गरी बलियो पासवर्ड राखी सुरक्षित रहनुहुन अनुरोध गर्दछौं,” सूचनामा भनिएको छ ।
हालको समयमा डिजिटल बोर्ड ह्याक गरेर अश्लील शब्द, प्रेमसम्बन्धी सन्देश तथा राजनीतिज्ञहरूलाई गालीगलौज गर्ने प्रवृत्ति बढ्दो छ । सामान्य मोबाइल एपमार्फत पनि डिजिटल बोर्डको पहुँच लिन सकिने भएकाले यस्ता गतिविधिहरू बढेका छन् ।
सम्बन्धित समाचार: सामान्य एपबाटै ह्याक हुन्छ डिजिटल बोर्ड, जोगिन के गर्ने ?
पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ २०:५६
सामाग्री श्रोत :
टेक पाना
तानसेन। पाल्पा तानसेनको श्रीनगर वन क्षेत्रमा डढेलो लागेको छ।
मंगलबार बेलुकीदेखि सुरु भएको डढेलो श्रीनगर क्षेत्रको ५० हेक्टर बढी क्षेत्रमा फैलिएको प्रहरीले जनाएको छ।
स्थानीय, प्रहरी र सेनाको टोलीले डढेलो निभाउने प्रयास गरिरहेका छन्।
सामाग्री श्रोत :
अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडालाई गाभ्ने र क्यानडाको अर्थतन्त्रको प्राणको रूपमा रहेको द्विपक्षीय व्यापारलाई अस्तव्यस्त बनाउने कर वृद्धिका विषयमा उनले बारम्बार सार्वजनिक धारणा राख्दै आएका छन् ।सोमबार सम्पन्न निर्वाचनमा प्रधानमन्त्री मार्क कार्नीको लिबरल पार्टीले संघीय निर्वाचनमा जित हात पारेको छ ।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । आउँदो १२ जुन २०२५ अर्थात् २९ जेठ २०८२ का दिन राजधानीस्थित होटेल याक एन्ड यतिमा प्रविधि केन्द्रित ओडू बिजनेस शो हुने भएको छ । साना तथा मझौला (एसएमई) उद्यम तथा व्यवसायहरूलाई लक्षित गर्दै यस्तो इभेन्ट आयोजना गर्न लागिएको हो ।
निःशुल्क रूपमा सहभागी हुन सकिने उक्त कार्यक्रममा लाइभ स्टेज डेमो, लोकल पार्टनरको इन्साइट्स, १-अन-१ कन्सल्टेसन, इन्टर्याक्टिभ ओडू बुथ आदि रहने आयोजकले जनाएको छ । ईआरपी सफ्टवेयर प्रदायक कम्पनी ओडूको आयोजनामा हुने यो कार्यक्रम दिउँसो १ः३० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।
यो कार्यक्रम सहभागीहरूका लागि ओडूका मुख्य फिचर, ओडू १८ अपडेटबारे जानकारी पाउनुका साथै प्रविधि प्रेमीहरूसँग नेटवर्किङको अवसर समेत हुनेछ । म्यानुफ्याक्चरिङ, अकाउन्टिङ, इन्भेन्टरी म्यानेजमेन्ट, सेल्स/सीआरएम र ईकमर्स लगायतका विषय वस्तु यसमा समेटिने बताइएको छ । कार्यक्रमको विषयमा थप जानकारी लिन वा सहभागी हुन चाहनु हुन्छ भने यहाँ क्लिक गर्न सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ २१:१६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा तीनै वटा तह मिलेर काम गर्न प्रस्ताव गरेका छन्।
स्वास्थ्य समन्वय समितिको तेश्रो बैठकको अध्यक्षता गर्दै मन्त्री पौडेलले तीन तहले छरिएर काम गर्दा नतिजा निस्क्न गाह्रो भएको बताए।
‘हामीले एक अर्काले फरक फरक ढंगले काम गरेर नतिजा दिन गाह्रो छ,’ उनले भने, ‘बजेट नदोहोरिने गरी अहिलेका स्वास्थ्य समस्या समाधान गर्न मिलेर काम गरौं।’
मन्त्री पौडेलले तह, प्रदेश तथा संघ अन्र्तगतका अस्पतालहरुमा भने जति जनशक्ति र श्रोत साधन पुर्याउन नसकिएको भन्दै एक अर्काका अस्पतालमा तीनै तहले सहकार्य गर्ने हो भने अहिलेकै जनशक्ति र श्रोत साधनबाट समेत अधिकतम नतिजा दिन सकिने बताए। ‘अस्पतालमा तीनै तह मिलेर लगानी गरौं,’ उनले भने, ‘यो अहिलेको उत्तम आवश्यकता हो।’
मन्त्री पौडेलले विशिष्टिकृत उपचार सेवा हरेक प्रदेशमा पुर्याउन प्रयास गरिरहेको उल्लेख गर्दै यसमा प्रदेश सरकार र स्थानीय तहबाट पनि साथ अपेक्षा गरेको बताए।’
‘हामीले क्यान्सर उपचार सेवा धेरै प्रदेशमा विस्तार भएको तथा मुटु उपचार र प्रत्यारोपण सेवासमेत विस्तार गरिरहेका छौं,’ मन्त्री पौडेलले भने, ‘जलन उपचार पनि सातै प्रदेशमा पुर्याउने योजना छ। यसमा प्रदेशबाट समेत साथ मिलेमा प्रभावकारी सेवा दिन सकिन्छ भन्ने विश्वास छ।’
मन्त्री पौडेलले उपचारात्मक सेवा सुधार सँगै रोग लाग्न नदिनका लागि निरोधात्मक पद्दतीमा काम गर्ने प्रयास संघ सरकारले गरिरहेको भन्दै यसमा प्रदेश र स्थानीय तहबाट सहयोग अपेक्षा गरिएको बताए।
‘अब नसर्ने रोगको निःशुल्क स्कृनिङ गर्न पालिकालाई २ लाख दिंदैछौं,’ उनले भने, ‘प्रदेश र पालिकाले पनि सहयोग गरौं। सबै मिलेर नसर्ने रोग कम गर्न व्यापक सहकार्य गरौं।’
मन्त्री पौडेलले सबै तहमा बीमालाई व्यवस्थित गर्न सहकार्य आवश्यक रहेको भन्दै यसका लागि समेत सहकार्यको प्रस्ताव गरे। बैठकमा विभिन्न प्रदेशका स्वास्थ्य मन्त्री, नगरपालिका तथा गाउँपालिका महासंघका प्रतिनिधि तथा ललितपुर महानगर प्रमुख, बीमा बोर्डका कार्यकारी निर्देशकसँगै मन्त्रालयका अधिकारीहरु सहभागी थिए।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। सरकारले नेपाल प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा ६ जनालाई बढुवा गरेको छ। सोमबार बसको मन्त्रिपरिषद् बैठकले ६ जना प्रहरी नायब महानिरीक्ष (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको हो।
सरकारले प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरु चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसीलाई एआईजीमा बढुवा गरेको हो।
सामाग्री श्रोत :